स्थानीय तहमा खानेपानी समस्या

स्थानीय तहमा खानेपानी समस्या

बैतडी : बैतडीका धेरै स्थानमा खानेपानी समस्या भएको छ। मैलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा खानेपानी हाहाकार भएको हो। परम्परागत पानीका मुहान सुक्दै जान थालेपछि खानेपानी अभाव भएको हो।

मेलौली नगरपालिका काँडा बजारकी सीता चन्दले गाउँमा सबैभन्दा बढी दुःख खानेपानीकै रहेको बताइन्। ‘हामीले मतदान गर्ने बेला सबैलाई खानेपानी समस्या समाधान गर्नुपर्छ भनेका थियौं तर जितेर गएका कसैले पनि हाम्रा दुःख देखेनन्’, स्थानीयका समस्या र विकास निर्माण कामको अनुगमन क्रममा मेलौली पुगेका जिल्ला समन्वय समितिका पदाधिकारीलाई उनले भनिन्।

‘तपाईंहरू पनि गाउँमा पुग्नुभएको छ। हाम्रो खानेपानी समस्या समाधान गरिदिनुप¥यो’, जिल्ला समन्वय समिति प्रमुख सिद्धराज भट्टसँग उनले भनिन्, ‘खानेपानीका लागि हामी महिलाले राति अनिदो बस्नुपर्ने बाध्यता छ। यसको समाधानका लागि पहल गरिदिनुप¥यो।’

सीताका कुरा नसकिँदै मेलौलीकै गौरी पार्कीले पनि सोही समस्या दोहो¥याइन्। उनले भनिन्, ‘हामीले खानेपानीका लागि कहिलेसम्म भांैतारिनुपर्ने हो ? मेलौलीका मात्रै नभएर शिवनाथ गाउँपालिकाका पनि उच्च क्षेत्रमा खानेपानी अभाव छ। खानेपानीकै लागि दुई घण्टा पैदल दूरीको कुवामा जानुपर्ने बाध्यता रहेको शिवनाथ गाउँपालिका सुल्लेखानका हरिश कलौनीले बताए। उनले भने, ‘हामीलाई गाउँमा खानेपानीको निकै समस्या छ। खानेपानीकै लागि भौतारिनु परिरहेको छ।’

शिवनाथजस्तै पञ्चेश्वर गाउँपालिकाको कुलाउ पनि खानेपानीको निकै समस्या छ। ‘खानेपानीकै समस्याका कारण होटलमा आएका ग्राहकलाई फर्काउनुपर्ने बाध्यता छ। खानेपानीका लागि एक घण्टाको दूरीमा रहेको कुवामा जानुपर्छ। त्यहाँ पनि पर्याप्त पानी छैन’, व्यवसायी नरीदत्त भट्टले भने, ‘खानेपानी समस्या पहिलादेखिकै हो। तर, पछिल्लो समय यो बल्झिँदै गएको छ।’

गाउँ नजिक खानेपानीको मुहान नहुँदा गाउँमा खानेपानी पु¥याउन असहज भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए। उनले भने, ‘कुलाउ बजारमा खानेपानी समस्या छ। गाउँमा पनि उस्तै समस्या छ। तर, नजिक मुहान नहुँदा खानेपानी ल्याउन सकिएको छैन। टाढाको मुहानको खोजीमा छौं।’

विभिन्न स्थानीय तहमा खानेपानीकै समस्या टड्कारो रूपमा आएको जिल्ला समन्वय समिति बैतडीका प्रमुख सिद्धराज भट्टले बताए। उनले भने, ‘हामी जति ठाउँमा गयौं। खानेपानीकै समस्या धेरै नागरिकले भनेका छन्। हामीले सम्बन्धित स्थानीय तहसँग समस्या समाधानका लागि पहल गर्न भनेका छौं।’

गाउँमा खानेपानी समस्या हुँदा बालबालिकाले टाढाबाट पानी बोकेर विद्यालय जानुपर्ने बाध्यता छ। ‘बिहान बालबालिकाले पानीको जोहो गरेर मात्रै विद्यालय जान पाउँछन्’, शिवनाथका कर्णसिंह धनाडीले भने, ‘हामीलाई खानेपानीकै समस्या छ।’

सुक्दै परम्परागत मुहान

पछिल्लो केही वर्षयता गाउँमा रहेका कुवा सुक्न थालेपछि पानीको हाहाकार भएको स्थानीयले बताएका छन्। ‘गाउँमै रहेका कुवाको पानीले सबै गाउँमा परिपूर्ति हुन्थ्यो। तर, कुवामै पानी सुकेपछि समस्या भएको छ’, शिवनाथ गाउँपालिका मडका कृष्णदत्त कलौनीले भने, ‘पानी अभावमा शौचालय प्रयोगमा समेत समस्या भएको छ।’

गाउँमा रहेको कुवामा पानी सुकेपछि बिहान ४ बजेदेखि लाइन लाग्नुपर्ने अवस्था आएको मेलौली नगरपालिकाकी गौरी पार्कीले बताइन्। ‘गाउँमा रहेका तीन कुवामध्ये एउटामा मात्रै अलि पानी छ। त्यसैले पानीका लागि बिहान ४ बजेदेखि लाइन लाग्नुपर्ने अवस्था छ’, उनले भनिन्, ‘चैतदेखि असारसम्म पानीको जोहो गर्न साह्रै सकस हुन्छ।’

खानेपानी सरसफाइ डिभिजन कार्यालयका अनुसार ८५ प्रतिशत नागरिकको खानेपानीमा पहुँच छ। तर, गाउँमा रहेका अधिकांश खानेपानी योजना जीर्ण भएपछि खानेपानी समस्या भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका दीपक केसीले बताए।

जथाभावी जंगल फँडानी हुनु, गाउँ–गाउँमा डोजर प्रयोग गरी सडक खन्नुलगायत कारण खानेपानीका मुहान सुक्दै गएका छन्।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.