विश्वकप खेलाइने अट्क्रिटी रंगशालाबारे जान्नुहोस्

विश्वकप खेलाइने अट्क्रिटी रंगशालाबारे जान्नुहोस्

आगामी विश्वकपका पाँचवटा खेल खेलाइने अट्क्रिटी रंगशाला रुसको राजधानी मस्कोमा रहेको छ। ४५ हजार तीन सय ६० दर्शक क्षमताको यो रंगशालालाई स्पार्टक रंगशाला पनि भनिन्छ। यो रंगशालालाई रुसको चर्चित ‘ए’ डिभिडन क्लब स्पार्टक मस्कोले घरेलु मैदानको रूपमा प्रयोग गर्दै आएको छ। यो रंगशाला परिसरमा फुटबलसँगै अन्य थुप्रै खेलका पूर्वाधार पनि रहेका छन्।

सन् २०१४ को सेप्टेम्बर ५ तारिखदेखि यो रंगशाला खुला गरिएको हो। सन् २००७ मै निर्माण सुरु गरिए पनि यो रंगशाला निर्माणमा विभिन्न कारणले ढिलाइ भएको थियो।

यो रंगशालामा सन् २०१४ को सेप्टेम्बर ५ मा स्पार्टक मस्को र रेड स्टार बेलग्रेडबीच पहिलो खेल खेलिएको थियो। उक्त खेल १—१ गोलको बराबरीमा सकिएको थियो। यो रंगशालामा गोल गर्ने पहिलो खेलाडी स्पार्टक मस्कोका दिमित्री कोमबारोभ हुन्।

यो रंगशालामा सन् २०१७ मा फिफा कन्फिडरेसन्स कपको लिग चरणका तीनवटा र तेस्रो स्थानका लागि खेल खेलाइएको थियो।

आगामी विश्वकपको लिग चरणमा यो रंगशालामा अर्जेन्टिना र आइसल्यान्ड (जुन १६), पोल्यान्ड र सेनेगल (जुन १९), बेल्जियम र ट्युनिसिया (जुन २३) तथा सर्बिया र ब्राजिल (जुन २७) खेल खेलाइनेछ। यसैगरी जुलाई ३ तारिखमा अन्तिम १६ टोलीबीचको भिडन्तको एक खेल पनि यही रंगशालामा खेलाइनेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.