नेकपाले बोलायो केन्द्रीय समिति बैठक

नेकपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं ः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय समितिको पहिलो बैठक बोलाएको छ। एमाले–माओवादी एकतापछि नेकपाले मंगलबार केन्द्रीय समितिलाई पूर्णता दिएपछि केन्द्रीय समितिको बैठक बोलाएको हो। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार दिउँसो ४ बजे बस्ने केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए। ‘यो पहिलो बैठक हो, सामान्य परिचय गर्ने, निर्वाचन आयोगको प्रक्रियाका लागि हस्ताक्षर सहितका कागजात संकलन गर्ने र दुई अध्यक्षको सम्बोधन हुनेलगायत एजेन्डा छन्’, नेता श्रेष्ठले भने।

केन्द्रीय सदस्यलाई अनिवार्य रूपमा नागरिकतासहित बैठकमा उपस्थित हुन सूचना जारी गरिएको छ। आयोगले केन्द्रीय सदस्यको नागरिकतासहितको विवरण बुझाउन ताकेता गरेपछि उनीहरूलाई नागरिकतासहित आउन सूचना गरिएको पनि श्रेष्ठले बताए। नेकपाले पार्टी एकताकै दिन ३ जेठमा दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो।

पहिलो बैठक र नेताहरूबीच आपसी अन्तरघुलनसमेत नभएकाले पहिलो पटक भने पूर्ववत् पार्टी नेताहरूकै सम्पर्क सूत्रका आधारमा केन्द्रीय सदस्यलाई बैठकको खबर गरिएको छ। केन्द्रीय समितिमा पूर्ववत् एमालेका तर्फबाट २ सय ४१ र माओवादी केन्द्रका तर्फबाट २ सय जना सदस्य छन्। ६ जनालाई भने स्थायी आमन्त्रित सदस्यका रूपमा बैठकमा बोलाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.