सांसदले कर्णले देखे 'रेल चढेर काठमाडौं आएको' सपना

सांसदले कर्णले देखे 'रेल चढेर काठमाडौं आएको' सपना

काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालका नेता एवं सांसद लक्ष्मणलाल कर्णले सपनाको खेती नगर्न सरकारलाई सुझाव दिएका छन्। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद कर्णले सपना बाँड्ने काम छोडेर काममा केन्द्रित हुन सरकारलाई आग्रह गरे।

नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने क्रममा कर्णले सपनाका कुरा सुन्दा सुन्दा आफूले साँच्चै सपना देखेको बताए। 'सपनाको कुरा सुन्दा सुन्दा मैले वीरगञ्जबाट रेल चढेर काठमाडौं आएको सपना देखेँ। सात घण्टाको यात्रा तीन घण्टामा पूरा भयो, आराम पनि भयो', उनले व्यंग्य गरे, 'म जस्तै सारा नेपाली अहिले यस्तै सपना देखिरहेका छन्।'


२१ औँ शताब्दीका मार्क्सले के भन्छन् भन्नेमा ध्यान दिउँ : बाबुराम


सपना बाँड्ने काम धेरै भएको भन्दै उनले 'जे काम गर्नु छ त्यही गर्न' सरकारलाई सुझाव दिए। संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि धेरै नेपालीले रगत बगाएको चर्चा गर्दै कर्णले सरकारले सहिद र घाइतेहरूलाई बिर्सिएको आरोप लगाए। 'हामीले भुल्यौँ कि घाइते र सहिद परावरको स्थिति के छ। नीति तथा कार्यक्रममा उनीहरूको परिवारलाई राहत र भरणपोषण गर्नेबारे हामीले कुनै चर्चा गरेका छैनौँ।'

शान्ति विना विकास नुहने कुरा सरकारले पटक पटक दोहोर्‍याए पनि विगतमा देशमा अशान्ति हुनुको कारण भने बिर्सिन खोजिएको उनले बताए। 'मधेसी, जनताति, थारु, दलितहरू आफ्नो अधिकार मागिरहेका छन्। अन्तरिम संविधानमा प्राप्त अधिकार पनि खोसियो भनिरहेका छन्', उनले भने, 'तर यो नीति कार्यक्रममा संविधान संशोधनको कुनै पनि कुरा छैन। संविधान संशोधनबिना देशमा शान्ति आउँदैन।'

सरकारको नीति तथा कार्यक्रममा सबै विषयलाई प्राथमिकताको सूचिमा राखिएको प्रति पनि उनले आपत्ति जनाए। 'सबै विषय प्राथमिकता दिन सकिन्न। कहाँबाट र कसरी समृद्धि ल्याउने हो भन्नेमा प्रष्ट हुनुपर्छ', उनले भने, 'अब बजेट आउँदैछ । त्यसमा एउटा मूल प्राथकिता तय गर्नुस्। त्यसपछिका दोस्रो र तेस्रो प्राथमिकता तय गर्नुस्।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.