रसिया विश्वकपमा चल्ला लियोनेल मेसीको जादु ?

रसिया विश्वकपमा चल्ला लियोनेल मेसीको जादु ?

काठमाडौँ: लियोनल मेसी अर्जेन्टिनी टोलीका मुख्य खेलाडी हुन् । मेसी फुटबलले पाएको पछिल्लो पुस्ताका सर्वोत्कृष्ट खेलाडी हुन् । मेसीकै उत्कृष्ट प्रदर्शनका कारण पनि अर्जेन्टिना रुस विश्वकपमा छनोट भएको हो । 

गत वर्ष दक्षिण अमेरिकी क्षेत्रको विश्वकप छनोटको अन्तिम खेलमा इक्वेडरविरुद्ध मेसीले नै जादुमयी प्रदर्शन गरेपछि अर्जेन्टिना कपमा छनोट भएको थियो । छनोट पक्का गर्न कुनै पनि अवस्थामा जित आवश्यक रहेको उक्त खेलमा मेसीले नै तीन गोल गर्दै टोलीलाई ३–१ को जितसहित विश्वकप सहभागिता पक्का गराएका थिए ।

रुस विश्वकपमा पनि अर्जेन्टिनाको यात्रा मेसीमाथि नै निर्भर रहनेछ । उनकै प्रदर्शनमा अर्जेन्टिनाले विश्वकपमा तय गर्ने यात्राको निर्धारण हुनेछ । अर्जेन्टिनी सिनियर राष्ट्रिय टोलीका लागि एक सय २३ खेल खेलेका मेसीले ६१ गोल गरेका छन् । यद्यपि उनको यो गोल हालसम्म उनलाई सिनियर राष्ट्रिय टोलीबाट उपाधि दिलाउन भने पर्याप्त बन्न सकेको छैन ।

पछिल्लो १२ वर्षयता अर्जेन्टिनी सिनियर राष्ट्रिय टोलीबाट खेल्दै आएका उनी उपाधिविहीन छन् । राष्ट्रिय टोलीबाट निरन्तरको असफलतापछि गत वर्ष सन्न्यास लिएर पनि फेरि राष्ट्रिय टोलीमा फर्किएका ३० वर्षीय मेसीका लागि रुस विश्वकप अन्तिम अवसर पनि मानिएको छ । 

त्यसैले उनी सिनियर राष्ट्रिय टोलीबाट विश्वकप उपाधिसहित बिदाइ हुने योजनामा छन् । खेलकौशल र अनुशासनमा विश्वका फुटबलप्रेमीको मन जितेका मेसीको खेल वास्तवमै हेर्न लायकको हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.