विश्वकप रोचकः चोरी भएको ट्रफी जब कुकुरले भेट्टायो

विश्वकप रोचकः चोरी भएको ट्रफी जब कुकुरले भेट्टायो

काठमाडौँः विश्वकप फुटबल सुरु गर्ने विश्व फुटबल महासंघ (फिफा)का अध्यक्ष जुल्स रिमेटको नामबाट उक्त ट्रफीको नामकरण गरिएको थियो । 

चोरी भएको आठ दिनपछि मार्च २७ मा एकजना व्यक्ति आफ्नो कुकुरसँग मर्निङ वाकमा निस्किएको बेला सोही कुकुरले उक्त ट्रफी झाडीमा फालिएको अवस्थामा फेला पारेको थियो । 

ट्रफी फेला पारेको खुसीमा ‘पिकल्स’ नाम गरेको उक्त कुकुरलाई फिफाले जीवनभरका लागि खाने कुरा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको थियो । कुकुरका मालिक डेभ कोर्बेटलाई पनि ६ हजार पाउन्ड पुरस्कार प्रदान गरिएको थियो ।

यसैगरी तीनपटक विश्वकप जितेपछि सन् १९७० मा ब्राजिलले विश्वकप ट्रफी आफूसँगै रियोे दी जेनेरियो लग्यो । पछि सन् १९८३ मा रियोस्थित ब्राजिलियन फुटबल महासंघको कार्यालयबाटै विश्वकप ट्रफी फेरि चोरी भयो । तर, यसपटक चोरी भएको ट्रफी भने भेट्टाउन सकिएन ।

सन् १९६६ को विश्वकप इङ्ल्यान्डमा आयोजना हुँदै थियो । विश्वकप सुरु हुनुभन्दा चार महिनाअघि प्रदर्शनका लागि विश्वकप ट्रफी इङ्ल्यान्ड लगिएको थियो । 

वेस्टमिन्स्टर सेन्ट्रल हलमा कडा सुरक्षाबीच प्रदर्शनमा राखिएको विश्वकप ट्रफी आश्चर्यजनक तरिकाले चोरी भयो । पछि चोरले ट्रफी फिर्ता गर्न १५ हजार पाउन्ड माग गर्‍यो । उक्त जुल्स रिमेट ट्रफी खोज्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.