सिन्डिकेट हटाउने रुपनारायणको यातायातबाट श्रम मन्त्रालयमा सरुवा

सिन्डिकेट हटाउने रुपनारायणको यातायातबाट श्रम मन्त्रालयमा सरुवा

काठमाडौँ: सार्वजनिक यातायातमा रहेको सिन्डिकेट हटाउन निर्णायक भूमिका खेलेका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई सरुवा गरेर श्रम मन्त्रालयमा पुर्‍याइएको छ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभागबाट मन्त्रालय तानेपछि त्यहाँ जान नमानेका भट्टराईलाई सरुवा गरेर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पुर्‍याइएको हो ।

सहसचिव भट्टराईले यातायात क्षेत्रको सिन्डिकेट हटाउन मुख्य भूमिका खेलेपछि व्यवसायीको दबाबमा परेर मन्त्री महासेठले उनलाई मन्त्रालयमा तानेका थिए ।

यातायात क्षेत्रकै कामका लागि भट्टराईलाई मन्त्रालयमा तानिएको जबाफ महासेठले दिएका थिए । तर भट्टराईले आफू कुनै हालतमा मन्त्रालय नजाने अडान लिएर बिदामा बसेपछि उनलाई अर्कै मन्त्रालयमा सरुवा गरिएको हो ।

केपी ओली नेतृत्वको सरकारमा हाल श्रममन्त्री गोकर्ण विस्ट रहेका छन् । विस्टले पनि वैदेशिक रोजगारीको क्षेत्रमा रहेका सिन्डिकेटसहितका विकृति हटाउने अभियान चलाइरहेका छन् ।

सम्बन्धित समाचार : सिन्डिकेट हटाउने रुपनारायणलाई कारबाही ! मन्त्रालय तानियो


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.