कमल थापाको आरोपः केपी ओलीले 'कू' गर्छन्, सर्वसत्तावाद ल्याउँछन्

कमल थापाको आरोपः केपी ओलीले 'कू' गर्छन्, सर्वसत्तावाद ल्याउँछन्

काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधान र प्रजातन्त्रको आवरणमा वर्तमान् सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उन्मुख रहेको गम्भीर आरोप लगाएका छन् ।

बिहीबार राजधानीमा गरिएको साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले यस्तो आरोप लगाएका हुन् । उनले वर्तमान सरकार प्रतिपक्षी र विपक्षी दलहरु प्रति असहिष्णु हुनु सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्ने प्रमाण भएको जिकिर गरे ।

राष्ट्रियताको पक्षमा विगतमा लिएको अडान र केपी ओलीलाई जनताले मत दिएको बताउँदै उनले जनताको म्याण्डेटअनुसार शान्ति, स्थिरता र प्रजातन्त्र बलियो बनाउनेमा शंका पैदा भएको आरोप लगाए । 

‘भेनेजुएलामा ह्युगो चाभेजले, टर्कीमा एर्डोगानले र रसियामा पुटिनले पनि संविधान र प्रजातन्त्रको आवरणमा नै सर्वसत्तावाद व्यवस्था कायम गरेका हुन्’, साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले भने, ‘संविधान बमोजिम प्रजातान्त्रिक आवरणमा, यति गरिसकेपछि चुनाव जित्न पनि गाह्रो नहुने, मिडियाले पनि चुइँक्क पनि बोल्न सक्दैन्, व्यापारीहरुको हालत त्यही हुन्छ, यो सर्कल अब नेपालमा सुरु हुन लागेको छ ।’

१९६० वा ७० को दशकमा प्रजातन्त्रको समाप्ती सैनिक ‘कू’ बाट हुने गरे पनि अहिले सैनिक शासन वा ‘कू’ हुने खतरा विश्वमै कम हुँदै गएको अध्यक्ष थापाले स्मरण गराए । उनले थपे, ‘तर संविधान बमोजिम र प्रजातन्त्रकै परिधिभित्रै रहेर चुनाव जितेर सर्वसत्तावाद र अधिनायकवाद कायम गरिनु अहिलेको ट्रेण्ड रहेकोे छ ।’ 

थापाले अबको २ देखि ३ वर्षभित्रै वर्तमान सरकारले ९० प्रतिशत कर्मचारी, सुरक्षा निकाय, न्यायालय सबैमा आफ्नो प्रभाव जमाउने आशंका व्यक्त गरे । उनले भने, ‘अब हेर्दै जानुहोला, सरकारले अब मिडियामा आक्रमण गर्छ, नक्कली समस्या खडा गर्छ, मिडियापछि व्यापारीहरुलाई विभिन्न हत्कण्डा अपनाएर दुःख दिने काम सुरु गर्छ, सरकार न्यायालय, संवैधानिक निकाय, प्रशासनिक संयन्त्र लगायतका क्षेत्रहरुलाई पार्टीकरण गर्न उद्यत रहेको आशंका बढेर गएको छ ।’

संविधानलाई स्वागत नगरेको र नाकाबन्दी लगाएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको क्रममा स्वागत गर्नुसम्म ठिक भएपनि नागरिक अभिनन्दन गरिनु गलत भएको उनको भनाई छ । 

‘मोदीलाई स्वागत गर्नुपर्छ तर नागरिक अभिनन्दन गर्नुहुँदैन भनेर सायद पहिलो बोल्ने व्यक्ति मै हुँ, मोदीलाई नागरिक अभिनन्दन गरिनु अस्वभाविक र अनावाश्यक थियो र हो’, उनले भने । 

संविधान जारी गर्दा भारतले नेपालमाथि आर्थिक नाकाबन्दी लगाएकोले त्यो पीडा नेपालीहरुले अझैसम्म बिर्सन नसकेको अवस्थामा मोदीलाई अभिनन्दन गरिनु अनावश्यक रहेको उनले बताए । 

भारतले नेपालको संविधान अपूर्ण र समावेशी नभएको भनेर विश्वभरि नै योजनावद्ध रुपमा प्रचार अभियान चलाएको समेत उनले स्मरण गराए । उनले भने,‘मोदीले भारतले लगाएको आर्थिक नाकाबन्दीबारे दुःखसमेत व्यक्त गरेनन् ।’

सत्तामा पुगेपछि टिकिरहन बाहृय शक्तिको आर्शिवाद चाहिन्छ भन्ने विगतको आत्मसमर्पणवादी मानसिकता वर्तमान प्रधानमन्त्री केपी ओलीमा पनि देखिन थालेको त होइन ?’ भन्दै उनले प्रश्न समेत तेर्साए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.