प्रधानमन्त्रीले भने : जथाभावी शुल्क लिएर नाफा मात्रै नखोज्नू

प्रधानमन्त्रीले भने : जथाभावी शुल्क लिएर नाफा मात्रै नखोज्नू

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा क्षेत्रबाट लगानीअनुसार राम्रो प्रतिफल आउन नसकेको बताए । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)ले आयोजना गरेको ‘पाँचौँ कान्तिपुर हिसान शैक्षिक मेला’को बिहीबार उद्घाटन गर्दै उनले व्यवस्थापकीय कमजोरी र गुणस्तरीय शिक्षामा ध्यान दिन नसक्दा शिक्षा क्षेत्रमा धेरै लगानी भए पनि राम्रो प्रतिफल प्राप्त हुन नसकेको बताए । 

उनले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउँदै गुणस्तरीय शिक्षाका लागि कोहीसँग पनि सरकारले सम्झौता नगर्ने दृढता व्यक्त गरे । मुलुकलाई चाहिने जनशक्ति उत्पादन हुने खालको र जीवनोपयोगी शिक्षा दिन सरकार कटिबद्ध रहेको पनि उनले  उल्लेख गरे ।

 ‘अहिले हामी देश विकास गर्न कस्ता जनशक्ति चाहिन्छ भनेर छलफल गरिरहेका छौँ, उनले भने ‘अब हामी मुलुकलाई चाहिने जनशक्ति मात्र उत्पादन गर्छ। ती जनशक्तिले आमाबुबाका साथै मुलुकको सपना पूरा गर्नेछन् ।’ 

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सरकारी, सामुदायिक र निजी क्षेत्र मिलेर नेपालको शिक्षा क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको धारणा व्यक्त गरे । उनले अबको दुई वर्षभित्र विद्यालय नजाने बालबालिका मात्र निरक्षर रहने बताए। 

‘निजी शैक्षिक संस्थाको शिक्षामा योगदान छ भन्दैमा उनीहरुले जथाभावी शुल्क लिन पाउँदैन,’ उनले भने ,‘निजी शिक्षण संस्था नोक्सानमा जानुस् भनेर भनेको होइन । धेरै नाफा नखोज्नुस् भनेको हुँ ।’ प्रधानमन्त्री ओलीले सरकार लोकप्रियता हासिल गर्न नभई लोकप्रिय काम गर्न बनेको पनि स्पष्ट गरे। 

कार्यक्रममा हिसानका अध्यक्ष रमेश सिलवालले सरकारसँग निजी क्षेत्र मिलेर काम गर्न तयार रहेको बताए । उनले विद्यार्थीलाई अध्ययनका लागि बाध्यतामाबाहेक विदेश जान नपर्ने वातावरण बनाउन आफूहरु लागिपरेको र स्वदेशमै गुणस्तरीय शिक्षा दिइरहेको जानकारी गराए । 

स्वदेशमै विदेशमा पाइने शिक्षा पाइन्छ भन्ने सन्देश दिन शैक्षिक मेला आयोजना गरिएको मेला संयोजक लोकबहादुर भण्डारीले जानकारी दिए। 

निःशुल्क प्रवेशको व्यवस्था गरिएको यस मेलामा १५० भन्दा बढी कलेजको सहभागिता रहेको छ । प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा तीन दिनसम्म सञ्चालन हुने यस मेलामा करीब दुई लाख विद्यार्थी तथा अभिभावकले अवलोकन गर्ने अनुमान गरिएको छ । रासस
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.