नेकपाको पहिलो बैठक बालुवाटारमा सुरु

नेकपाको पहिलो बैठक बालुवाटारमा सुरु

काठमाडौं : नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पहिलो बैठक बालुवाटारमा सुरु भएको छ। नेकपाको पहिलो बैठकमा पार्टी सञ्चालन विधि र प्रक्रियाका विषयमा छलफल जारी छ । पहिलो बैठकलाई नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने छन्।

निर्वाचन आयोगले नेकपाका केन्द्रीय सदस्यलाई दल दर्ताका निम्ति विवरण मागेकाले आजको बैठकमा सबै सदस्यलाई अनिर्वार्य नागरिकता लिएर उपस्थित भनिएको थियो । सबै केन्द्रीय सदस्यको विवरण प्राप्त भए शुक्रबार नै निर्वाचन आयोगमा बुझाउने तयारी छ । सँगै पहिलो बैठकमा सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितका लागि अनुरोध गरिएको थियो । पहिलो बैठक भएकाले परिचयको कार्यक्रम समेत रहेको छ ।

बैठकले अन्य केही महत्वपूर्ण निर्णय गरे पनि स्थायी समितिको निर्णय भने गर्ने छैन । तत्कालीन माओवादीले आफ्नो कोटामा परेका १९ सदस्यको संख्या टुंगो लगाउन नसक्दा स्थायी समितिले पूर्णता नपाउने एक केन्द्रीय सदस्यले जानकारी दिए । 

एमाले र माओवादी मिलेर जेठ ३ गते घोषणा भएको नेकपाका नौ सदस्य सचिवालय छ। नेकपाले ४५ सदस्यीय स्थायी समिति बनाएको छ भने ४४१ केन्द्रीय सदस्यले छन्। दुई महिनाभित्र देशभर पार्टी एकता गर्ने तयारीमा नेताहरु छुटिरहेका छन्।  बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको पहिलो बैठकले तल्लो तहसम्म पार्टी एकता कसरी गर्ने भन्ने विषयमा ठोस निर्णय गर्ने बताइएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.