अवैध असुली गर्ने तीन पक्राउ

अवैध असुली गर्ने तीन पक्राउ

दमौली : तनहुँ प्रहरीले असुली गरिरहेको अवस्थामा तीन युवालाई पक्राउ गरेको छ । व्यास नगरपालिका वडा नं. १ भादगाँउ छाब्दी दोभानस्थित केशवटार दमौली बुद्धसिंह मार्गमा बालुवा लिएर आई रहेको ना ६ त १३२६ नं. को ट्क्याटरलाई रोकेर धम्क्याउँदै रकम असुली गर्ने स्थानीय एलोन थापा र अतित गुरुङलाई नियन्त्रणमा लिएको छ ।

चालक र हेल्परलाई धम्क्याई नियमानुसार कर तिरेको नगदी रसिद हुँदा हुँदै थप पाँच सय जबरजस्ती मागेको अवस्थामा पक्राउ उनीहरुविरुद्ध सार्वजनिक अपराध मुद्दा दर्ता गरेको छ ।

असुलीमा सुवास परियार, रुपेश थापा र यम थापाको समेत मिलिमतो संलग्न रहेको खुलेकाले उनीहरुविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले बताएका छन् ।

यसैगरी निषेधित क्षेत्रमा बालुवा लोड गरेको आरोपमा भिमाद नगरपालिका वडा नं. ५ पाटन दबलुङस्थित सेती नदी क्षेत्रबाट ग १ त ४४४६ र ग १ त २११४ नं. को ट्याक्टरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुवै ट्याक्टरलाई आवश्यक कार्वाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय तनहुँमा पठाइएको प्रहरीले जनएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.