पुर्खा खोज्दै प्रचण्ड काभ्रेमा

पुर्खा खोज्दै प्रचण्ड काभ्रेमा

बनेपा : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताले जनसंगठन भित्र विवाद भएको भन्ने गलत  भ्रम नराख्न सबैलाई आग्रह गरेका छन्। पार्टी एकीकरणसँगै देश समृद्धिको पथमा अगाडि बढिसकेकाले विवाद भन्दा पनि पार्टी एकताले देशभर भिन्नै उत्साह पैदा भएको उनको भनाइ छ।

बिहीबार काभ्रेको बनेपा नगरपालिका ३ नालामा निर्मित दाहाल बन्धु अध्यायन प्रतिष्ठानको केन्द्रीय कार्यालय उद्घाटन तथा वशांवली विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संगठनभित्र विवाद भन्दा पनि देश समृद्धिको बाटोमा अगाडि बढेको बताए।

‘मुलुकको एकता नै हाम्रो शक्ति हो। सबै जातजातीको एकता बाट नै मुलुकको समृद्धि हासिल गर्न सक्छौँ’, प्रचण्डले भने।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले प्रदेश नम्बर ३ को स्थायी राजधानीेको चर्चा बनेपाका लागि धेरै ठाउँबाट भएपनि यसको निर्णय कुनै व्यक्ति, पार्टीले भन्दा पनि प्रदेशसभाले गर्ने बताए। ‘राजधानी बारेमा विभिन्न ठाउँको चर्चा रहेपनि मैले बोल्नु भन्दा पनि प्रदेश सभाले के निर्णय गर्छ।  त्यो नै उचित हुन्छ,’  उनले भने।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘दाहाल बन्धुको मात्र एकतामा म लागेर हुँदैन। सिंगो राष्ट्र एकताबद्ध गर्ने काममा लागेको छु।’  सँगै सहिद भीमसेन दाहालको नाममा बन्न लागेको सडकको उद्घाटन गर्दै प्रचण्डले सडकको स्तर उन्नतिका लागि पहल गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रममा प्रदेश सांसद बसुन्धरा हुमागाईले प्रदेश ३ को राजधानी १३ जिल्लालाई पायक पर्ने गरी राजधानी काभ्रेमा ल्याउन प्रचण्डसँग आग्रह गरे। कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक व्याञ्जू, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, नेपाली कांगे्रसका प्रतिनिधि योगराज दाहाल, दाहाल बन्धु प्रतिष्ठानका अध्यक्ष यज्ञ दाहाल लगायतले मन्तव्य राखेका थिए।
  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.