नेकपाको पहिलो बैठकमा भ्रष्टाचारविरुद्ध ओली र प्रचण्ड आक्रमक

नेकपाको पहिलो बैठकमा भ्रष्टाचारविरुद्ध ओली र प्रचण्ड आक्रमक

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष निर्देशन दिएका छन्। 

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओली र प्रचण्डले विशेष निर्देशन दिएका हुन्। संघीय, प्रादेशिक र स्थानीय सरकार सञ्चालन गर्दा भ्रष्टाचार हुन नदिन दुई अध्यक्षले जोड दिएका हुन्। ‘सुशासनलाई प्राथमिकतामा राखेर समृद्धिको लक्ष्य हासिल गर्नुपर्छ’, अध्यक्षको निर्देशनबारे जानकारी दिँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘हाम्रो मुख्य कार्यसूची संघीय, प्रादेशिक र स्थानीय सरकार सञ्चालन गर्दा भष्टाचार नगर्ने, हुन नदिने र भएमा तत्काल कारबाही गर्ने हाे । हामी सबै त्यही बाटाेमा अघि बढ्नुपर्छ ।’ 

सुशासन नभएमा देश समृद्ध हुनै नसक्ने भन्दै दुर्इ अध्यक्षले सबै केन्द्रीय सदस्यलाई सुशासनमा आफ्नो तहबाटै काम गर्न आग्रह गरे। दुई अध्यक्षको निर्देशनमा केन्द्रित भएको पहिलो बैठकले केन्द्रीय सदस्यको हस्ताक्षरसहितको विवरण तयार पारेको छ। बिहीबारको बैठकको प्रमुख कार्यसूची  नै केन्द्रीय सदस्यको हस्ताक्षरसहितको विवरण तयार पार्ने थियाे ।

‘म आफू पनि भष्टाचार गर्दिन भनेर घोषणा गरेको छु, अरुले गर्ने भष्टाचारलाई पनि सहदिन भनेको छु’ प्रधनमन्त्री ओलीले बैठकलाई सम्बोधन गदै भने, ‘वितरणलाई समुचित र न्यायपूर्ण ढंगल व्यवस्थित गर्ने गरी काम गर्न तीनवटै सरकारमा रहेका साथीलाई निर्देशन दिन्छु। त्यही अनुसार परिचालन गराउन तपाईहरुले पनि भूमिका खेल्न आग्रह गर्छु।’

एमाले–माओवादी एकतापछि निर्माण भएको नेकपाको प्रतिनिधिसभामा १७४, राष्ट्रिय सभामा ४२ जना संसाद छन्। त्यस्तै प्रदेश २ बाहेक ६ ओटै प्रदेशमा नेकपाकै सरकार छ भने स्थानीय तहका ७५३ मध्ये ४ सय तहमा नेकपाका प्रमुख तथा अध्यक्ष छन्। ‘अहिले केन्द्रदेखि स्थानीय तहका सरकारसम्म नेकपाको अवस्था भनेको सबैभन्दा ठूलो उपलब्धी हो, यसलाई जोगाउने नजोगाउने, हाम्रै काममा निर्भर हुन्छ,’ बैठकमा ओलीले भने।

अर्का अध्यक्ष प्रचण्डले कम्युनिस्ट सत्ताको उन्मादमा रमाउदा बिग्रेका विश्वमा धेरै उदाहरण रहेकाले नमात्तिकन जनताका अपेक्षा अनुसारका जनप्रिय काममा लाग्न निर्देशन दिए। ‘कम्युनिस्टहरु बिग्रने, भ्रष्ट हुने र आलोचित हुने काम भएका छन्। कयौं बलिादानबाट प्राप्त उपलब्धि सत्तामा पुगेर मातिदा ढलेका छन्, विघटन भएका छन्’, प्रचण्डको भनाइ उद्धृत गर्दै केन्द्रीय सदस्य युवराज चौलागाईले भने, ‘हामी अहिले तीनवटै सरकारमा सुविधाजनक बहुमतमा छौं, यो जनमतलाई बचाइराख्नु हामो चुनौती हो, यसलाई बचाउने दिशामा केन्द्रित हुनुहोस्।’ 

प्रचण्डले शान्तिपूर्ण र सशस्त्र संर्घष दुवैको प्रयोग गरेर अहिले नेपालमा कम्युनिस्टह शक्तिशाली अवस्थाा आएको बताउँदै यसलाई मनन गरेर आग्रह–पूर्वग्रह नराखी पार्टी काममा खटिन नेतालाई आग्रह पनि गरे। ओलीले पनि सबै नेता कार्यकर्तालाई योग्यता क्षमताका आधारमा जिम्मेवारी दिइने भएकाले आ–आफनो जिम्मेवारी अनुसारको काममा लाग्न आग्रह गरे।

बैठकपछि पार्टी प्रवक्ता श्रेष्ठले अध्यक्षदयले पार्टी एकतालाई सुदृढ गर्न र पार्टीले दिने जिम्मेवारीलाई कार्यान्वयनमा लैजान नेतालाई आह्वान गरेको बताए। ‘पार्टी केन्द्रीय समितिको अनौपचारिक बैठक बसेको हो, निर्वाचन आयोगमा केन्द्रीय समितिको सदस्यको नागरिकता, हस्ताक्षर सहितको विवरण बुझाउनु पर्ने भएकाले बैठक त्यसैका लागि आह्वान गरिएको थियो,’ श्रेष्ठले भने, ‘बैठकमा अध्यक्षद्दयले नेतालाई समाजिक न्यायसहितको समृद्धि हासिल गर्ने दिशातिर केन्द्रित हुन निर्देशन दिइएको छ।

बैठकमा अध्यक्षद्वय प्रचण्ड र ओलीकले ३ जेठमा केन्द्रीय सदस्यको शपथ नखाएका केन्द्रीय सदस्यलाई शपथ ग्रहण गराए।सँगै, निर्वाचन आयोगले तयार पारेको दल दर्ताको विवरण अनुसार नै केन्द्रीय नेतालाई हस्ताक्षर गराउने र नेताको नागकिरताको प्रतिलिपी संकलन गर्ने काम पनि भएको छ।

पार्टी एकता गर्न विधान अनुसारको नियमावली बनाउन गठित कार्यदलले आफनो प्रतिवेदन बुझाएपछि केन्द्रीय समितिको अर्काे बैठक ब्यवस्थित रुपमा बोलाउने प्रतिबद्धता दुवै अध्यक्षले जनाएका छन्। 
 

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.