डीआरएन ब्रान्ड १९ औं वर्षमा
काठमाडौं : नेपालमा विभिन्न प्रकारका विद्युतीय सामग्री बिक्रीवितरण गर्दै आएको डीआरएन कम्पनीले स्थापनाको १९ औं वार्षिक उत्सव मनाएको छ । यस अवसरमा कम्पनीले बिहीबार पत्रकार सम्मेलन र आफ्ना सामानको प्रदर्शनी समेत गरेको छ ।
विभिन्न मोडलका रेडियो, मिनी क्यासेट प्लेयर, वाकमेन र भीसीडीबाट सुरु गरेको इलेक्ट्रोनिक्स सामान उत्पादनको यात्रा अहिले स्मार्ट कर्भ टीभीसम्म आइपुगेको पत्रकार सम्मेलनमा कम्पनीका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले जानकारी दिए । उनले नेपालमा चिनियाँलगायत विदेशी ब्रान्डको दबदबा रहेको समयमा उनीरूसँग प्रतिश्पर्धा गर्न यो नेपाली ब्रान्ड स्थापना गरिएको बताए ।
हाल डी आरएन ब्रान्डमा विभिन्न प्रकारका स्पिकर, मल्टिमिडिया स्पिकर, टेलिफोन सेट, इमर्जेन्सी लाइट, पंखा ,सस्एफएल तथा एलइडी लाइट, टर्च लाइट समेत उपलब्ध छन् । यस्तै निकट भविष्यमै डीआरएन ब्रान्डमा राइस कुकर ,भ्याकुम क्लिनर, रेफ्रिजिरेटर र हेलोजिन हिटर पनि बजारमा ल्याउने योजना कम्पनीको छ ।
कार्यक्रममा दिइएको जानकारीअनुसार डीआरएन ब्रान्डमा अन्तराष्ट्रिय बजारमा पनि ट्रेडमार्क दर्ता भइसकेको छ । पत्रकार सम्मेलनमा कम्पनीका निर्देशक रजनिश श्रेष्ठले विश्वक फुटबल २०१८ लाई लक्षित गरी कम्पनीले ३३, ३९, ४३ र ५५ इन्चको कर्भ टीभी समेत बजारमा ल्याएको छ । यस अवसरमा कम्पनीले विभिन्न छुट र उपहार योजना पनि ल्याएको छ ।