२९८ यात्रुसहितको मलेसियन जहाज रूसी मिसाइलले खसालेको खुलासा

२९८ यात्रुसहितको मलेसियन जहाज रूसी मिसाइलले खसालेको खुलासा

युट्रेक्ट: युक्रेनमा मलेसियन विमान एमएच १७ लार्इ खसाल्ने मिसाइल रूसी सेनाको भएको खुलेको छ। अन्तर्राष्ट्रिय एजेन्सीको संयुक्त जाँचपछि बिहीबार पहिलो पटक यो दाबी गरिएको हो । 

डच जाँचकर्ता विलबर्ट पोलिसनले एक पत्रकार सम्मेलनमा रूसको कर्स्कस्थित ५३ औँ ब्रिगेडबाट यो मिसाइल हानिएको थियो । १७ जुलाई २०१४ मा एम्सटर्डमबाट क्वालालम्पुर गइरहेका बेला एमचएच-१७ मा विस्फोट भएको थियो । यसको भग्नवाशेष उत्तरी युक्रेनमा भेटिएको थियो । विमानमा बसेका २९८ यात्रु र चालक दलका सदस्य सबैजना यो घटनामा मारिएका थिए ।

जाँचकर्ताले पहिले रूसको बक मिसाइल प्रणालीलार्इ युक्रेनको मस्को समर्थित विद्रोहीले किनेको बताइएको थियो । जसलार्इ युक्रेनकै विद्रोहीले प्रहार गरेको जिकिर गरिएको थियो । त्यो बेला जाँचकर्ताले मिसाइल हान्ने कसैको पनि नाम लिएका थिएनन् । 

अब जाँचकर्ताहरूले रूसी सेनाले नै मिसाइल हानेको बलियो आधार फोटो र भिडियोमार्फत बनाइएको मिसाइलको रूटलार्इ मानेका छन् । यो मिसाइल रूसको कर्स्कबाट युक्रेनको सीमानजिकै गएको थियो । 

जाँचकर्ताहरूले विमानले त्यसदिन १.२० बजे ट्राफिक कन्ट्रोलबाट सम्पर्क गुमाएको बताएका छन् । जुन बेला त्यो घटना भएको थियो, त्यो बेला रूस-युक्रेनको सीमाभन्दा करिब ५० किलोमिटर पर जहाज उडिरहेको थियो ।

 मस्को लगातार यस हमला संलग्नतालार्इ अस्वीकार गर्दैछ । उसले यसको आरोप युक्रेनमाथि थोपर्दै आएको छ । नेदरल्यान्ड्सको तर्फबाट भएको यस जाँचलार्इ १०० मानिसमाथि केन्द्रित गरिएको थियो जसमाथि यस हमलामा सीधै संलग्न रहेको शंका थियो । तर जाँकर्ताहरूले कहिले पनि मिडियामा सीधै कसैको नाम लिएका थिएनन् । 

मुख्य जाँचकर्ता फ्रेड वेस्टरबेकका अनुसार अनुसन्धान अन्तिम चरणमा पुगेको छ । अब केही काम मात्रै पुरा हुन बाँकी छ । 'पछिल्लो साल हामीले धेरै प्रमाण बटुलेका छौँ । तर अहिले पनि हामी आरोप लगाउन तयार छैनौँ ।'

डच अधिकारीका अनुसार एमएच १७ मामिलामा गिरफ्तार गरिएका अभियुक्तहरूमाथिको मुद्दा नेदरल्यान्ड्समै चल्नेछ । १७ जुलाई २०१४ मा भएको यस घटनामा २९८ यात्री र चालक दलका सबै सदस्य मारिएका थिए । यसमा ३८ अस्ट्रेलिया, ४३ मलेसिया र १९३ डच यात्री सवार थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.