इन्ट्रिगेटेड वन स्टप सर्भिस : उद्योगका फाइल चाङ अब कम्प्युटरमा

इन्ट्रिगेटेड वन स्टप सर्भिस : उद्योगका फाइल चाङ अब कम्प्युटरमा

काठमाडौं : लगानीकर्ताले नयाँ उद्योग दर्ताका लागि फाइल बोकेर उद्योग विभाग र लगानी बोर्डको कार्यालय धाउनुपर्ने सास्तीबाट मुक्ति पाउने भएका छन्। सरकारले आगामी आर्थिक वर्षदेखि अनलाइन प्रविधिबाट उद्योग दर्ता गर्ने एकद्वार प्रणाली लागू गर्ने तयारी थालेको छ।

लगानीकर्ताको भीडभाड हुने साना तथा घरेलु उद्योग विभाग, उद्योग विभाग र लगानी बोर्डको कार्यालयमा लगानी प्रोत्साहन गर्न अनलाइनमार्फत उद्योग दर्ता गर्ने व्यवस्थाको तयारी थालेको बोर्डका शाखा अधिकृत रत्नेश शशिले जानकारी दिए। ‘कर्मचारीले ढिलासुस्ती गर्ने, घुस माग्नेलगायत सेवाग्राहीको गुनासोलाई सम्बोधन गर्न नयाँ व्यवस्था लागू गर्न लागिएको हो’, उनले भने।

कम्प्युटर प्रणालीमा आधारित ‘इन्ट्रिगेटेड वन स्टप सर्भिस’ नामको यो सफ्टवेयरमार्फत देशभरका साना, लघु, घरेलु, ठूला तथा विदेशी लगानीका सबै उद्योग दर्ता एउटै पोर्टलबाट गर्न सकिने शशिले जानकारी दिए। यसमा लगानीकर्ताले आफ्नै कार्यक्षेत्रबाट पनि उद्योग दर्ता गर्न सक्छन्। इन्ट्रिगेटेड वन स्टप सर्भिस संयन्त्रमा नेपालको सरकारी बैंक, श्रम, वातावरणलगायत तालुकदार मन्त्रालयको समेत उपस्थिति हुने हुँदा पहिले एक महिनामा हुने काम यो प्रणाली लागू भएपछि सेवाग्राहीले एक सातामै सम्पन्न गराउन सक्छन्।

हाल बोर्डले एकीकृत ढंगले सबैखाले उद्योगका दर्ता प्रक्रिया अघि बढाउन यस्तो सफ्टवेयर विकासका लागि काम गरिरहेको छ। यसले औद्योगिक निकायको सेवा प्रक्रियालाई छिटो छरितो बनाउनुका साथै व्यवसाय गर्दै गरेको (डुइङ बिजनेस) मा पनि उल्लेखनिय प्रगति गर्न मद्दत पु¥याउने शशिले बताए। उनले भने,‘सेवा प्रणाली सजिलो भएपछि लगानीकर्ताको मनोबल बढ्छ।’

उद्योगको विवरण अनलाइनमै सुरक्षित हुने भएपछि फाइल खोज्नुपर्ने र थुपार्नुपर्ने झन्झट पनि अन्त्य हुनेछ। नयाँ उद्योग दर्ता गर्नुपरे अनलाइन लगअन गरेर फारम भर्नुपर्ने हुन्छ। फारम भर्दा अनलाइनबाट प्राप्त रसिदमा उल्लेख गरेको कागजत्र पूरा गरेपछि तत्काल काम हुने शशिले बताए।

यसले उद्योगको अभिलेख दुरुस्त पार्नुका साथै फाइल तथा ढड्डा खोज्नुपर्ने समस्याको निवारण गर्नेछ। अहिले साना, लघु, घरेलु उद्योग विभाग र लगानी बोर्डको छुट्टाछुट्टै अभिलेख राख्ने गरिएको छ। सुरुवातमा परीक्षणका लागि विदेशी लगानीकर्ताबाट यो प्रोजेक्टको ‘पाइलटिङ’ गरिनेछ।

विदेशी लगानीकर्तालाई भिसा स्वीकृत गर्न एक महिना लामो समय पर्खनुपर्ने बाध्यता छ। अहिले श्रम स्वीकृतिका लागि फाइल बोकेर श्रम मन्त्रालयमा आवेदन दिनुपर्छ। स्वीकृत लिइसकेपछि गृहमन्त्रालयले त्यसलाई आधिकारिकता प्रदान गर्नेछ। यसका लागि सेवाग्राहीले करिब एक महिना धाएपछि मात्रै भिसा पाउने गरेका छन्।

यो प्रणाली लागू भएपछि तीन दिनभित्र भिसा प्रक्रिया सम्पन्न गर्न सकिनेछ। यसमा लगानीकर्ताले आफ्नो खाता बनाउन पाउँछन्। त्यो खाताको सहयोगमा अनलाइनबाटै भिसा स्वीकृत तथा उद्योग दर्ताका लागि आवेदन दिन पाउनेछन्।

यसअघि उद्योग विभागले अनलाइनबाटै उद्योग दर्ता थलिसकेको छ भने कम्पनी रजिस्ट्रारको कार्यालय पनि स्वचालित प्रणालीमा गइसकेको छ। यद्यपि, घरेलु तथा साना उद्योग विभागमा अझ ढड्डा पल्टाएर हेर्नेुपर्ने बाध्यता छ।

यो सेवा उपलब्ध हुँदा सेवाग्राहीलाई सहयोग पुग्ने र कागजरहितको अबधारणा अनुसार काम अगागी बढिरहेको शशिले जानकारी दिए। ‘उद्योगको सम्पुर्ण काम पेपरलेस हुन्छ’, उनले भने, ‘डिजिटल सिग्नेचरसहित सम्पूर्ण काम अनलाइनमार्फत हुन्छ।’

अनलाइनबाट आवेदन दिने सेवा सुरुमा विदेशी लगानीका कम्पनीलाई दिइने शशिले जानकारी दिए। उनले भने, ‘विशेष गरी विदेशी लगानीकर्तालाई आकर्षित गरी देशमा लगानी वृद्धि गर्नुपर्छ।’

००बक्स००

प्रधानमन्त्रीको निगरानीमा दर्ता प्रक्रिया

उद्योगको दर्ता प्रक्रिया सुरुदेखि अन्त्यसम्मको सबै प्रक्रिया पारदर्शी रूपमा प्रधानमन्त्रीको प्रत्यक्ष निगरानीमा हुने शशिले जानकारी दिए। यसमा प्रयोगकर्तादेखि प्रधानमन्त्रीसम्मलाई दर्ता प्रक्रिया हेर्ने अधिकार रहने उनले बताए। उनले भने, ‘यसमा दर्ता प्रक्रियामा हुने ढिलासुस्तीको अन्त्य गर्नेछ। कुन फाइल कुन निकायको कुन शाखामा अड्केको छ भनेर हेर्न सकिनेछ।’ फाइल अघि बढेपिच्छे प्रयोगकर्ताले नोटिफिकेसनमार्फत जानकारी प्राप्त गर्ने शशिले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.