मणिपाल अस्पताल ठप्प

मणिपाल अस्पताल ठप्प

पोखरा ः फार्मेसीमा काम गर्ने ५ जनालाई व्यवस्थापनले बर्खास्त गरेको विरोधमा कर्मचारी आन्दोलित हुँदा मणिपाल शिक्षण अस्पतालमा इमर्जेन्सीबाहेकको सेवा ३ दिनदेखि ठप्प छ। दैनिक ९ सयभन्दा बढी बिरामी उपचारका लागि मणिपाल आउँछन्। आफ्नै औषधी सप्लायर्स कम्पनी बनाई अस्पताललाई औषधी बिक्री गरेको भन्दै फार्मेसीमा कार्यरत रमेश बोहरा, नीलकण्ठ भट्टराई, टेकबहादुर विक र अल्पना ठाकुरलाई अस्पताल प्रशासनले बर्खास्त गरेको छ। उनीहरूको पुनर्वहालीलगायत माग कर्मचारीले राखेका छन्। यसअघि नै अरु अस्पतालका अन्य कर्मचारी सुविधा र तलब वृद्धिलगायत माग राखी आन्दोलनमा थिए। तर अस्पतालको सेवा ठप्प थिएन।

ती कर्मचारीले भने औषधी सप्लाई गर्ने कम्पनीबारे अस्पताल प्रशासनलाई पहिल्यै अवगत हुँदाहुँदै अहिले आएर बर्खास्त गर्नुलाई नाजायज भनेका छन्। ‘औषधी किन्न सिफारिस गर्ने र अर्डर गर्ने हामी होइनौं, त्यसलाई अस्पताल प्रमुखकै संयोजकत्वको समिति छ’, फार्मेसीबाट बर्खास्तीमा परेका टेकबहादुर विकले अन्नपूर्णसँग भने, ‘हामीले अस्पतालको फार्मेसीको प्रतिस्पर्धी कम्पनी खोलेका पनि छैनौं।’ प्रतिस्पर्धी औषधी पसल खोल्न नपाइने नियम आफूहरूले मानिरहेको विकले बताए। ‘औषधी आपूर्ति गर्ने कम्पनीमा हाम्रो लगानी थियो भन्ने व्यवस्थापनलाई पेस गरेका कम्पनीका कागजातबाट उहिल्यै थाहा थियो’, उनले भने, ‘अहिले गैरकानुनी तवरले हामीलाई निकालिएको छ। अन्याय भएको छ।’ आफ्नै सप्लायर्स कम्पनी छ भन्नेबारे कर्मचारीले थाहा नै नदिएको मणिपाल शिक्षण अस्पतालका डाइरेक्टर विजयसिंहले बताए। फार्मेसीमा औषधीको मूल्य बढी भएको विषयमा प्रशासनमा गुनासो आएपछि छानबिनको क्रममा ४ जना कर्मचारी दोषी देखिएपछि निस्कासन गरेको अस्पतालका मानव संसाधन प्रमुख भानु भारद्वाजले सुनाए।

 कर्मचारीले भने औषधी सप्लाई गर्ने कम्पनीबारे अस्पताल प्रशासनलाई पहिल्यै अवगत हुँदाहुँदै अहिले आएर बर्खास्त गर्नुलाई नाजायज भनेका छन्।

आन्दोलनरत कर्मचारीले भने अस्पताल प्रशासनले प्रतिशोध साँध्न विभिन्न समयमा अस्पतालका कर्मचारीको हकहितका लागि आन्दोलनको नेतृत्व गरेका रमेश बोहरालगायत कर्मचारीलाई निश्कासन गरेको बताएका छन्। बोहोराले आफू अस्पतालको कुनै कार्यकारी पदमा नरहेकाले कुनै हिनामिना नगरेको दाबी गरेका छन्। कर्मचारी विकले श्रम ऐनले गरेको व्यवस्थाविपरीत आफूहरुलाई हटाइएको सुनाए। उनले भने, ‘अस्पताललाई हाम्रै कम्पनीसँग औषधी किन्नुपर्ने बाध्यता पनि छैन। टेन्डर पनि गर्न सक्छ।’ कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले अस्पतालजस्तो अत्यावश्यक सेवा बन्द हुनु दुःखद रहेको बताउँदै छिटोभन्दा छिटो वार्ताबाट समस्या निकालेर सेवा सुचारु गर्न दुबै पक्षलाई निर्देश गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.