मन्त्रीहरूले पाउन थाले तलब

मन्त्रीहरूले पाउन थाले तलब

 प्रदेश सरकारले खोल्यो सञ्चित कोष


 पोखरा ः प्रदेश सरकारले प्रदेश सञ्चित कोषको खाता खोलेको छ। राष्ट्र बैंकको पोखरा शाखा कार्यालयमा सरकारले बुधबार सञ्चित खाता खोलेको हो। प्रदेश सरकारी ढुकुटीको सबै पैसा अब त्यही खातामा जम्मा हुनेछ। संघीय सरकारले यसअघि नै हरेक सरकारलाई पठाएको १ अर्ब २ करोड ५ लाख रुपैयाँ खर्च भएर बाँकी रकम पनि प्रदेश ४ सरकारले सञ्चित खातामा राखिसकेको छ।

कास्कीस्थित कोष तथा लेखा नियन्त्रयक कार्यालयले प्रदेश लेखा नियन्त्रक कार्यालयको जिम्मेवारी पाएको छ। उक्त कार्यालयका प्रमुख केशवराज ढकालका अनुसार सरकारको खर्च खाता भने राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको छ। कोषको खाता खोलिएको भोलिपल्टै बिहीबार भुक्तानी पनि सुरु भएको ढकालले सुनाए। उनले भने, ‘मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट भएको भुक्तान आदेश अनुसार २१ लाख रुपैयाँ सञ्चित कोषबाट झिक्न चेक काटिएको छ।’ उनकै भनाइमा मन्त्रीहरूको तलब र सुविधा भुक्तानीका लागि उक्त पैसा निकासा भएको हो। सञ्चित कोष खातामा ९५ करोड ६१ लाख रुपैयाँ थियो। अब २१ लाख घटेको छ। संघीय सरकारले पठाएको १ अर्ब २ करोडमध्येबाट ६ करोड रुपैयाँ यसअघि नै खर्च भइसकेको जानकारी कोलेनिकाका लेखापाल हरिप्रसाद रेग्मीले जानकारी दिए। बचत रकम मात्रै सञ्चित कोषमा जम्मा गरिएको हो।

प्रदेश सरकारले १९ वैशाखमा १ अर्ब २ करोड ५ लाख रुपैयाँको बजेट ल्याएको थियो। कोलेनिका प्रमुख ढकालका अनुसार बजेटको रातो किताबमा विनियोजित योजनाका शीर्षकअनुसारको रकम विभिन्न मन्त्रालयहरूमा अख्तियार गइसकेको हुँदा अब सञ्चित कोषबाट उनीहरूले रकम खर्च गर्न सक्ने छन्। मन्त्रालयहरूले आफूले खर्च गर्नुपर्ने रकमको भुक्तानी आदेश पठाएअनुसार कोलेनिकाले सञ्चित कोषबाट रकम उपलब्ध गराउने छ। केही पैसा भने प्रदेश सरकारको बजेट आउनुअघि नै पनि खर्च भएको थियो। प्रादेशिक संरचना तयार र मर्मतका लागि भएको खर्च लगायतलाई पनि बजेटमा समेटिएको थियो। अहिलेसम्म सबैभन्दा धेरै प्रदेश सभाले २ करोड २५ लाख रुपैयाँभन्दा बढी खर्चेको छ। सांसदहरूको तलब भत्तालगायत सुविधा र प्रदेश सभा भवन मर्मतसहितका शीर्षकमा प्रदेश सभाले खर्चको उक्त सभाका लेखापाल गोवद्र्धन गिरीले बताए। खर्च भएकोमध्ये प्रदेश सांसदको तलब र सुविधामा सबैभन्दा धेरै छ।

 राष्ट्र बैंकको पोखरा शाखा कार्यालयमा सरकारले बुधबार सञ्चित खाता खोलेको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले एभरेस्ट बैंकमा रहेको मन्त्रीहरूको खातामै तलब र सुुविधास्वरूपको रकम जम्मा गरिदिएको छ। उक्त कार्यालयका लेखापाल नवराज श्रेष्ठका अनुसार फागुन ४ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहित मन्त्री रामशरण बस्नेत, हरिबहादुर चुमान र लेखबहादुर थापामगरले सपथ लिएको हुँदा सोही दिनदेखि वैशाख मसान्तसम्मको उनीहरूको तलब र सुविधा बंैक खातामा पठाइएको छ। मन्त्री किरण गुरुङ, विकास लम्साल, नरदेवी पुन चैत १२ गते नियुक्त भएका हुन्। उनीहरूको तलब सोहीअनुसार पठाइएको जानकारी लेखापाल श्रेष्ठले दिए।

वैशाख मसान्तसम्मको पारि श्रमिक, इन्धन, सञ्चार र अतिथि सत्कारस्वरूप मन्त्रीहरूले पाउने रकम बैंकमा दाखिल भएको छ। मुख्यमन्त्री गुरुङलाई ३ लाख ७ हजार, गृहमन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत र कृषि मन्त्री लेखबहादुर थापालाई २ लाख ४१ हजार ४ सय रुपैयाँ उपलब्ध भएको छ। उनीहरू सबैले फागुन ४ मा सपथ लिएका थिए। अर्थमन्त्री किरण गुरुङ, सामाजिक विकास मन्त्री नरदेवी पुन, पर्यटन मन्त्री विकास लम्साललाई १ लाख ३२ हजार ९ सय रुपैयाँ उपलब्ध भएको छ। उनीहरू चैत १२ गते मन्त्री भएका थिए। उक्त रकम करकट्टिअघिको हो। प्रदेशसभाले मुख्यमन्त्रीलाई ६९ हजार ७ सय र मन्त्रीहरूलाई ५२ हजार रुपैयाँ मासिक तलब सुविधासहितको कानुन पारित गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.