एकताले जनसंगठनभित्र विवाद छैन :  दाहाल

एकताले जनसंगठनभित्र विवाद छैन :  दाहाल

 बनेपा : नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताले जनसंगठनभित्र विवाद भएको भन्ने गलत भ्रम नराख्न आग्रह गरेका छन् । पार्टी एकीकरणसँगसँगै देश समृद्धिको पथमा अगाडि बढिसकेकाले विवाद भन्दा पनि पार्टी एकताले देशभर भिन्नै उत्साह पैदा भएको बताए ।

काभ्रेको बनेपा नगरपालिका–३ नालामा बिहीबार निर्मित दाहाल बन्धु अध्ययन प्रतिष्ठानको केन्द्रीय कार्यालय उद्घाटन तथा वंशावली ग्रन्थको विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले संगठनभित्र विवादभन्दा पनि देश समृद्धिको बाटोमा हिँडिसकेकाले सबै क्षेत्र वर्ग जात जातिको एकता गर्ने अभियानमा लागेको बताए । ‘वाम एकतासँगै मुलुक समृद्धिको बाटोमा हिँडिसकेकाले सबै क्षेत्र वर्ग जातजाति, धर्मावलम्बीको एकता र साथबाट अब मुलुक समृद्धि र विकास गर्छौं’, उनले थपे, ‘अब हरेक वर्ग र क्षेत्रबाट यो महाभियानलाई साथसहयोग गर्नसमेत म आग्रह गर्छु, मुलुकको एकता नै हाम्रो शक्ति हो ।’ सबै जातजातिको एकताबाटै मुलुकको समृद्धि हासिल गर्न सकिने उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले प्रदेश ३ को स्थायी राजधानीको चर्चा बनेपाका लागि धेरै ठाउँबाट प्रस्ताव भए पनि यसको निर्णय कुनै व्यक्ति, पार्टीलेभन्दा पनि प्रदेशसभाले गर्ने बताए । ‘राजधानीबारे विभिन्न ठाउँको प्रस्ताव चर्चा चले पनि मैले बोल्नुभन्दा पनि प्रदेशसभाले के निर्णय गर्छ त्यो नै उचित हुन्छ’, कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले भने । अध्यक्ष दाहालले सहिद भीमसेन दाहालको नाममा बन्न लागेको सडक स्तरोन्नतिका लागि सहयोग र पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा प्रदेश सांसद बसुन्धरा हुमागाईंले प्रदेश ३ को राजधानी १३ जिल्लालाई पायक पर्ने भएकाले अध्यक्ष दाहाललाई काभे्र राजधानी ल्याउन आग्रह गरेका थिए । कार्यक्रममा धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्यान्जु, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, कांगे्रस प्रतिनिधि योगराज दाहाल, दाहाल बन्धु प्रतिष्ठानका अध्यक्ष यज्ञ दाहाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.