कुन देशको बल खेल्ने भनी उरुग्वे-अर्जेन्टिना विवाद परेपछि...

कुन देशको बल खेल्ने भनी उरुग्वे-अर्जेन्टिना विवाद परेपछि...

विश्वकप फुटबलमा यस्ता पनि घटना भएका छन्, जसले अहिलेका फुटबल समर्थकलाई आश्चर्यमा पार्ने गरेको छ । सन् १९३० मा आयोजना भएको पहिलो विश्वकप फुटबलको फाइनल खेलमा आयोजक उरुग्वे र अर्जेन्टिना भिडेका थिए । फाइनल खेलअघि उपाधिका लागि भिडेका दुई टोलीबीच कुन बल खेल्ने भन्ने विषयमा ठूलै विवाद भएको थियो ।

अर्जेन्टिनाले आफ्नो देशको बलले फाइनल खेलाउनुपर्ने माग गर्‍यो । त्यसपछि उरुग्वेले पनि आफ्नो देशको बलले फाइनल खेलाउनुपर्ने माग अघि सार्‍यो । विवाद बढ्दै गएपछि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले दुवै टोलीलाई रिझाउने गरी एउटा तरिका निकाल्यो, फाइनलमा दुवै देशको बलले खेलाउने । तर कसरी ? पहिलो हाफमा एउटा देशको र दोस्रो हाफमा अर्को देशको बलले विश्वकपको फाइनल खेलाउने ।

त्यसमा दुवै देशले सहमति जनाए । त्यसपछि नयाँ विवाद आयो, कसको बलले पहिलो हाफको खेल खेलाउने ? त्यसको समाधान टसबाट निकाल्ने निर्णय भयो । टस गर्दा अर्जेन्टिनाको बलले पहिलो हाफ खेलाउने तय भयो । संयोग पनि गतिलै पर्‍यो, दुवै हाफको खेलमा जुन देशको बलले खेलाइयो त्यही देशले अग्रता बनायो । अर्थात्, पहिलो हाफमा अर्जेन्टिनाको बलले खेल्दा अर्जेन्टिना र दोस्रो हाफमा उरुग्वेको बलले खेल्दा उरुग्वेले नै अग्रता कायम गर्‍यो ।

पहिलो हाफमा अर्जेन्टिना २-१ र दोस्रो हाफमा उरुग्वे ३-० ले अगाडि रह्यो रह्यो । समग्रमा भने ४-२ को जितसहित उरुग्वे पहिलो विश्वकप फुटबलको विजेता बन्यो । पहिलो विश्वकपको फाइनलमा दुई देशको प्रतिनिधित्व गर्ने गरी फरक बलले खेलाइए पनि अहिले भने यो नियम परिवर्तन गरिएको छ । पछिल्ला विश्वकपमा जुनसुकै देशमा बनेको भए पनि आयोजकले तय गरेको बलले नै खेल्नुपर्ने नियम छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.