गुटबन्दीका कारण राजपा दल नेता चुनिएन

गुटबन्दीका कारण राजपा दल नेता चुनिएन

काठमाडौं : प्रतिनिधिसभा निर्वाचन सकिएको ६ महिना पुग्दा पनि राष्ट्रिय जनता पार्टी नेपालले संसदीय दल नेता चुन्न सकेको छैन। पार्टी अध्यक्ष महन्थ ठाकुर र अध्यक्षमण्डलका नेता राजेन्द्र महतोको नेतृत्वमा रहेका दुई गुटबीचको शक्तिसंघर्षका कारण संसदीय दल नेता चुन्न नसकिएको राजपा सांसदको भनाइ छ।

अध्यक्ष ठाकुरका साथमा नेता अनिलकुमार झा र महेन्द्रराय यादव छन्। अध्यक्षमण्डलका नेता महतोको साथमा भने नेता शरत्सिंह भण्डारी छन्। ठाकुरसँग आठ र महतोसँग नौ जना प्रतिनिधिसभा सदस्य छन्। ठाकुर र महतो पक्षका सांसद एकअर्को गुटलाई आरोप–प्रत्यारोप लगाउँदै संसदीय दल प्रक्रियासम्म राजपा जान नसकेको गुनासो गरिरहेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राजपाका नेतासँगको भेटमा पार्टीले पाएको जनविश्वासलाई अघि बढाउन केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्न र पार्टीलाई एकीकृत रूपमै अघि बढाउन सुझाएको पार्टीका एक नेताले बताए। ‘मोदीको सुझावका आधारमा राजपा अघि बढ्न नसक्नु दुर्भाग्य हो’, ती नेताले भने।

अध्यक्षमण्डलको १४ गते बस्ने बैठकले संसदीय दलको नियमावली पारित गरेपछि २५ गते बस्ने राजनीतिक समिति बैठकले दल नेता चयनको तिथि तोक्न सक्ने विश्वासमा सांसद् छन्। दल नेता चयनका विषयमा ठाकुर र महतोबीच नेपाल कम्युनिस्ट पार्टीलाई हेर्ने दृष्टिकोणमा समेत मतभिन्नता रहेको स्रोत बताउँछ। कांग्रेस उपसभापति विमलेन्द्र निधिलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी महतो नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको निकट रहन चाहन्छन्। कांग्रेसको वर्तमान नेतृत्वसँग असन्तुष्ट ठाकुर भने लोकतन्त्रको रक्षामा दृढ रहेको स्रोत बताउँछ।


ठाकुर र महतो पक्षका सांसद एकअर्को गुटलाई आरोप–प्रत्यारोप लगाउँदै संसदीय दल प्रक्रियासम्म राजपा जान नसकेको गुनासो छ।

अध्यक्ष ठाकुर र अध्यक्षमण्डलका नेता महेन्द्रराय यादव स्वास्थ्यका कारण बाहिर भएकाले पनि दल नेता चयन हुन नसकेको बताइएको छ। यता राजपाकी सांसद चन्दा चौधरीले भने जेठ २५ मा बस्ने राजनीतिक समिति बैठकले दल नेता चयन गर्ने दाबी गरिन्। ‘नेताद्वय ठाकुर र यादव बिमारी भएकाले दल नेता चयन गर्न नसकिएको हो’, उनले भनिन्, ‘तर पार्टीमा दल नेता चयनको विषयलाई लिएर कुनै विवाद छैन।’ पार्टी महामन्त्री केशव झाले पनि २५ गते बस्ने राजनीतिक समिति बैठकले दल नेता चयन प्रक्रिया अघि बढाउने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.