कर्णाली प्रिमियर लिग : सेमिफाइनल समीकरण पूरा

कर्णाली प्रिमियर लिग : सेमिफाइनल समीकरण पूरा

सुर्खेत : कर्णाली प्रिमियर लिग टीट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा सूमह ‘ए’ बाट रुपन्देही-११ विजेता र त्रिभुवन आर्मी क्लब उपविजेताका रुपमा सेमिफाइनल प्रवेश गरेका छन् । यस्तैसमूह ‘बी’ बाट धनगढी क्रिकेट एकेडेमी विजेता र मध्यपश्चिम क्रिकेट क्लब उपविजेताका रुपमा अन्तिम चारमा स्थान बनाए ।

रुपन्देही, धनगढी र मध्यपश्चिम यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका थिए भने त्रिभुवन आर्मी क्लबले बिहीबार भेरीगंगा क्रिकेट क्लबलाई आठ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

टस जितेर ब्याटिङ गरेको भेरीगंगा क्रिकेट क्लबले १२ ओभरमा घटाइएको खेलमा चार विकेट गुमाएर ६३ रन मात्र बनाउन सक्यो । उसका लागि तिलक थापाले सर्वाधिक २० रन बनाए । आर्मीका जितेन्द्र मुखिया, चन्द्र साउद, सागर पुन र साहब आलमले एकएक विकेट हात पारे । ६४ रनको सामान्य लक्ष्य आर्मीले ७.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्‍यो । आर्मीका लागि सागर पुन र इन्द्रकमल मानन्धरले समान १७ तथा राजु रिजाल र भीम सार्कीले समान १२ रन बनाए । भेरीगंगाका जनादेश चुनाराले दुई विकेट लिए ।

शुक्रबार रुपन्देही-११ र मध्यपश्चिम क्रिकेट क्लब तथा धनगढी क्रिकेट क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले तीन लाख नगद र उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.