इतिहास बोकेको ब्रान्ड ‘जिप’
काठमाडौं ः जिप भन्नेबित्तिकै सामान्य रूपमा पहाड चढ्ने, जंगल सफारी गर्ने वा सहरमा गुड्ने धेरै ग्राउन्ड क्लियरेन्स भएका कुनै पनि चारपांग्रे गाडीको याद आउन सक्छ। तर त्यसो होइन। जिप नै एउटा छुट्टै ब्रान्ड हो। यो सुन्दा कतिपयलाई अचम्म पनि लाग्न सक्छ। तर यो यथार्त हो। यो ब्रान्डले लामो समयदेखि कार निर्माण गर्दै आएको छ। यसका उत्पादन विश्व अटो बजारमै प्रशिद्ध मानिन्छन्। विश्व प्रशिद्ध अमेरिकी अटोमोबाइल ब्रान्ड ‘जिप’ नेपाली बजारमा भित्रिने तयारीमा छ। यो ब्रान्डलाई कुन कम्पनी अथवा घरानाले नेपाल भिœयाउन लागेको हो त्यसबारे औपचारिक घोषणा भइसकेको छैन। तर, विश्वकै लोकप्रिय एसयूभी ब्रान्डको आगमनले नेपाली अटो बजारमा नयाँ आयाम सुरु हुने अनुमान गर्न सकिन्छ।
विश्व अटो बजारमा यो ब्रान्ड र यसका उत्पादन दोस्रो विश्वयुद्धसँग जोडिएको छ। दोस्रो विश्वयुद्धकै क्रममा जिप प्रयोग गर्न थालिएको थियो। इतिहासविदले दोस्रो विश्वयुद्धको प्रतिकका रूपमा कुनै सैन्य उपकरणसँगै ‘जिप’ पनि पर्दै आएको छ। यसको महत्व र ब्रान्ड नै फरक छ। सन् १९४१ मा पहिलो पटक जिपको उत्पादन सुरु भएको थियो भने सन् विश्वयुद्ध सकिँदा नसकिँदै अमेरिकी कम्पनीले करिब ६ लाख ५० हजार थान जिप उत्पादन गरिसकेका थिए। युद्धका बेला हरेक दिन करिब पाँच सय थान जिप उत्पादन भएका थिए। त्यो बेला हरेक जिपको मूल्य ६ सय ५० डलर थियो। यो मूल्य त्यो समयका लागि पनि ठूलो थिएन्। त्यो बेला एउटा सब–मेसिनगनको मूल्य दुई सय डलर थियो।
दुई हजार पाउन्डको फोर ह्विल ड्राइभ त्यो समयका लागि घोडासरि नै थियो। युद्धमा घोडाको सट्टा जिप नै प्रयोग भयो। गठबन्धन सेनाले युद्ध गरेका हरेक स्थानमा जिपको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिँदै आएको छ। घाइतेलाई स्वास्थ्य केन्द्रसम्म ल्याउनेदेखि दक्षिण अफ्रिकामा भएका सशस्त्र गस्ती, रुसी युद्ध मैदानमा तोप बोक्ने काममा जिपको प्रयोग भएको थियो। त्यसैले त आज पनि अमेरिकामा जिपलाई देशभक्त ब्रान्डका रूपमा लिइन्छ।
सन् १९३० को दशकको उत्तराद्र्धमा युद्धको अनुमान गरिएसँगै यसको सुरु भएको थियो। त्यतिबेला अमेरिकाले मोटरसाइकल र घोडाको सट्टा सबै भौगोलिक क्षेत्रमा गुड्ने साधनको डिजाइन उपलब्ध गराउन आवेदन माग ग¥यो। आवेदकमध्ये बान्टम कार कम्पनीले जिपको डिजाइन बनाउने अनुमति पायो। उक्त कम्पनीले पहिलो जिप सन् १९४० को २३ सेप्टेम्बरमा तयार पारेको थियो। तर बान्टमले मागअनुसारको आपूर्ति गर्न नसक्ने भएपछि २६०० वटा जिपको सम्झौता रद्द भयो। त्यसपछि विलिस–ओभरल्यान्डले यसको जिम्मा पायो र ‘एमए’ नामको प्रोटोटाइप जिप तयार भयो। चाँडै नै ‘एमए’ ‘द एमबी’ मा परिणत भयो र सन् १९४१ को जुलाईमा सेनालाई हस्तान्तरण गरियो।
‘द एमबी’ मा परिणत भएपछि यो पूर्णरूपमा ‘सिभिलियन जिप’ अर्थात ‘नागरिक जिप’ रूपमा परिणत भयो। सैन्य जिपलाई ‘सीजे–२ए’ मा परिणत गरेसँगै सर्वसाधारणका लागि जिपका विभिन्न भर्जन निर्माण भएका थिए। पछि ‘सीजे’ लाई पनि ¥यांगलरले प्रतिस्थापन गरिदियो जुन आज पनि सबैभन्दा बढी रुचाइने एसयूभीमा पर्छ। यसरी सुरुवात भएको जिपले आज मानिसको मनमस्तिस्कमा गहिरो छाप छाडिसकेको छ। अहिले मानिसले पहाड चढ्न वा जंगल सफारी गर्न वा सहरमा गुड्न अग्लो ग्राउन्ड क्लियरेन्स भएका कुनै पनि ब्रान्डका चारपांग्रेलाई ‘जिप’ भनेर बझ्छन्। अस्तित्वमा आएको ७७ वर्षपछि पनि ‘जिप’ शब्दको उत्पत्ति कसरी भयो भन्ने विवादमै छ।
कसरी रहन गयो ‘जिप’ ?
चारपांग्रे साना गाडीको ‘ओरिजिनल’ नाम ‘जिप’ थिएन। खासमा बजारमा आएको एक दशकपछि मात्र ‘जिप’ले आफ्नो नाम पाएको थियो। त्यस बेलासम्म यो ब्रान्ड लोकप्रिय भइसकेको थियो।
पर्ल हार्बरमा हमला भएको १० महिनापछि अमेरिकी युद्ध विभागले पहिलो पटक जिप अँगालेको थियो। त्यो बेला यसको नाम ‘विलिस–ओभरल्यान्ड मोडेल एमबी’ थियो। यसको उत्पादन अमेरिकाको टोलेडोस्थित विलिस नाइटले गथ्र्याे जुन अहिले बन्द छ। त्यसपछि फोर्डसँगको सम्झौतापछि यसको मोडेल जीपीडब्लू भयो। सेनाले यसलाई ‘ट्रक, १÷४ टन, ४÷४’ भन्ने गर्थे।
सुरुका ‘प्रोटोटाइप’ माडेलका नाम थुप्रै थिए। जस्तो कि ‘बान्टम’, ‘पिग्मी’ र ‘क्वाड’। सन् १९४१ को १९ फेब्रुअरीमा द वासिंगटन डेली न्युजमा छापिएको बक्स आकारको गाडीलाई पहिलो पटक ‘जिप’ भनेर उच्चारण गरिएको थियो। क्यापिटल बिल्डिङ अगाडि कंग्रेस सदस्यलाई यो गाडीको क्षमता प्रदर्शन गर्न आयोजित एक समारोहमा भ¥याङबाट झरिरहेको देखाइएको थियो। त्यो बेलाका पत्रकार क्याथरिन हिलाइयरले यो परीक्षणकालीन गाडीलाई ‘जिप’ भनेर सम्बोधन गरेकी थिइन्।
‘जिप’ नै किन ?
‘जीपी’ बाट नै ‘जिप’ रहन गएको भन्ने भनाइ छ। ‘जीपी’ अंग्रेजी शब्द ‘जनरल पर्पस’ को छोटो रुप हो। विलिसका अध्यक्ष आफंैले पनि यस्तो भनेका थिए। तर ‘जीपीडब्लू’ मोडेल पहिलो पटक फोर्डले बनाएका कारण ‘जीपी’ ले ‘जनरल पर्पस’ लाई प्रतिबिम्बित नगर्ने तर्क पनि छ। ‘जी’ ले ‘गभर्नमेन्ट’ र ‘पी’ ले साढे ६ फिटको ह्विल बेसलाई संकेत गर्ने र ‘डब्लू’ ओरिजिनल निर्माता ‘विलिस’ लाई संकेत गर्ने पनि भनिन्छ।
सन् १९३६ मा कार्टुनिस्ट इसी सेगरले एउटा जादुगरी कुकुरलाई आफ्नो कार्टुनमा देखाउँथे जसको नाम ‘युगेन द जिप’ थियो। यो चारखुट्टे प्राणी थिम्बल थिएटरका चर्चित कार्टुन पात्र पापेएको पाल्तु कुकुर थियो। मानिसले यहीँ कुकुरको नामबाट आर्मीको स्काउट कारको नाम राखेका भन्ने पनि छन्। वास्तवमा सेगर आफैंले पनि ‘जिप’ शब्दको आविष्कार गरेका थिएनन्। यो शब्द अमेरिकी सेनामा सन् १९१४ तिरै चर्चामा थियो। पहिलो विश्वयुद्धमा प्रयोग हुने ट्रक वा कारलाई ‘जिप’ भनिन्थ्यो। तर किन त्यो शब्द प्रयोग गरियो ? त्यसको अहिलेसम्म यकिनसाथ भन्न सकिने अवस्था छैन। साथै, सन् १९३० को दशकका ट्रयाक्टर र सन् १९४१ अघिका बम्बर र युद्धपोतलाई पनि ‘जिप’ भनिन्थ्यो।
तर दोस्रो विश्वयुद्धमा विलिस ४÷४ को प्रयोगले ‘जिप’ शब्द बिलाएर गयो। अहिले जुनसुकै एसयूभीलाई ‘जिप’ भनिन्छ तर ‘जिप’ अमेरिकी ब्रान्ड हो जुन अफरोडका लागि संसारभर चर्चित छ। यी सबै गुण सन् १९४१ को एमबीबाट प्रभावित छन्। जिपको उत्पादन सुरु भएको ७७ वर्ष भइसकेको छ तर यसको क्रेज अझै उस्तै छ। जिपको स्वामित्व रहेको फियाट क्रिस्लर अटोमोबाइल्सले समयानुकूल मोडेलका जिप बजारमा ल्याएको छ। भर्खरै मात्र पनि उसले २०१८ मोडेलको जिप ¥यांगलर सार्वजनिक गरेको छ। यसले विश्व बजारमा ठूलो सफलता हात पारिसकेको छ।
अमेरिकामा सबैभन्दा बढी रुचाइएको अफरोड अटो ब्रान्ड जिपले गत वर्षदेखि भारतबाट पनि उत्पादन सुरु गरेको थियो। एक वर्षभन्दा कम अन्तरालमा भारतमा २० हजारभन्दा बढी थान कम्पास बिक्री भइसकेका छन्। जिप इन्डियाले यो वर्ष आफ्नो कम्प्याक्ट एसयूभी रेनेगेडलाई बजारमा ल्याउने अपेक्षा गरिएको छ। यी बाहेक ¥यांगलर र ग्रान्ड चेरोकी पनि जिपका चर्चित भेरियन्टमा पर्छन्। पछिल्लो उत्पादनमध्ये जिप कम्पास कम्पनीका लागि फड्को थियो। सन् २००७ को यो मोडेलको दोस्रो भर्जन सन् २०१६ मा ब्राजिल, लस एन्जल र इन्टरनेसनल अटो सोमा सार्वजनिक गरिएको थियो। जिप कम्पास र पेट्रियट दुवै डेमलरक्रिस्लर मित्सुबिसी जीएस प्लेटफर्ममा आधारित भएर निर्माण गरिएको हो। यी कार स्टाइलिङ र मार्केटिङका माध्यमबाट भिन्न छन्। पेट्रियट पारम्परिक रूपमा डिजाइन गरिएका फोर–डोर जिप वागनसँग मिल्दोजुल्दो छ भने कम्पास डज क्यालिबरसँग मेल खाने एसयूभी हो।
भारतमा कम्पास सन् २०१७ अप्रिलमा लन्च भएको थियो। एफसीए इन्डियाले भारतसँगै युके, अस्ट्रेलिया, जापान र थाइल्यान्डलगायत देशमा निर्यात गर्दै आएको छ। भारतमा बनेका कम्पासमा दुईवटा इन्जिन अप्सन छन्ः १.४ लिटरको मल्टिएयर पेट्रोल र २.० लिटरको मल्टिजेट डिजेल। जिप इन्डियामा सार्वजनिक भएयता २० हजारभन्दा बढी कम्पास बिक्री भइसेकका छन् भने सन् २०१८ को पहिलो तीन महिनामा ६ हजार भन्दा बढी कम्पास डेलिभरी गरिसकिएको उल्लेख छ। यसरी विश्व बजारमा पाएको सफलताकासँगै यो ब्रान्ड चाँडै नेपालमा पनि देखिनेछ। यसले नेपालमा पनि छोटो समयमा सफलता हात पार्नसक्ने अनुमान गर्न सकिन्छ। त्यसैले ‘वेलकम टू नेपाल, जिप’।