चट्टयाङ लागेर १३ घाइते, २ को अवस्था गम्भीर

चट्टयाङ लागेर १३ घाइते, २ को अवस्था गम्भीर

डडेल्धुरा : डडेल्धुरामा चट्टयाङ लागेर १३ जना घाइते भएका छन्। जिल्लाको भित्री मदेश क्षेत्रमा पर्ने परशुराम नगरपालिका-६ छेलाका दुई घरमा बिहीबार साँझ ६ बजेतिर चट्टयाङ्ग पर्दा उनीहरु घाइते भएका हुन्।

पानी र हावाहुरीसँगै आएको चट्टयाङ लाग्दा छेला गाउँकी ३३ वर्षीया रेग्मादेवी बोहरा, ४५ वर्षीय कर्णबहादुर धामी, २७ वर्षीया हरिनादेवी दमाई, १९ वर्षीया ललिता धामी, ४५ वर्षीया बेलादेवी धामी, २५ वर्षीया मायादेवी धामी १२ वर्षीया सविना धामी र ७० वर्षीया वृद्धा धौलीदेवी धामी घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

घाइते छजनाको अवस्था समान्य रहेको भए पनि बेलादेवी धामी र मायादेवी धामीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए। घाइते दुवैजनालाई एम्बुलेन्सबाट जोगबुडा अस्पतालमा ल्याइएको उनले बताए।

यस्तै परशुराम नगरपालिका ७ सादनीमा चट्टयाङ लागेर ५ जना घाइते भएका छन्। घाइते हुनेमा १४ वर्षीय धनराज भट्ट, ५० वर्षीया रत्नादेवी भट्ट, १३ वर्षीय हरिश भट्ट, ४५ वर्षीय जनकराज भट्ट र १७ वर्षीया लक्ष्मी भट्ट रहेको प्रहरी नायव उपरीक्षक जोशीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.