बीएमडब्लूले पहिलो स्वचालित गाडी बनाउने
काठमाडौं : चीनले सांघाईमा जर्मन लक्जरी ब्रान्ड बीएमडब्लूलाई सेल्फ ड्राइभिङ कार टेस्टिङ (स्वचालित गाडी परीक्षण)का लागि अनुमति प्रदान गरेको छ। यसरी यो कम्पनी चीनको सडकमा अटोनोमस भेहिकल टेस्ट गर्ने पहिलो अटोमोबाइल कम्पनी हुनेछ। गत सोमबार सांघाईको कमिसन अफ इकोनोमी एन्ड इन्फर्मेसन टेक्नोलोजीले बीएमडब्लू सेभेन सिरिजको सिडान्सलाई दुईवटा लाइसेन्स दिएको थियो।
कमिसनका अनुसार नगरपालिकाले मार्चदेखि परीक्षण अनुमति दिन थालेको थियो। लोकल स्टेट अटोमेकर एसएआईसी र चाइनिज इलेक्ट्रिक भेहिकल स्टार्टअप एनआईओले बिनाकुनै घटना ६ हजार किमीभन्दा बढी लग इन गरेको थियो।
यद्यपि, लाइसेन्स दिए पनि सांघाईको सबै भीडभाड भएका सडकमा पहुँच दिएको छैन। चीनको एक स्टेट न्युज एजेन्सीका अनुसार कम्पनीसँग माथि र तल गाडी चलाउन साढे पाँच किमी बाटोमा अनुमति दिइएको छ। अटोनोमस कार मार्केट चीनमा लोकल अपस्टार्ट्स अनुसार बढी छ। प्राविधिक तथा विदेशी अटोमोबाइल कम्पनी भविष्यका लागि अद्भूत किसिमका गाडी उत्पादन गर्ने तयारीमा छन्।
इन्टरनेट फर्म अलिबाबाले तीन÷चार वर्षभित्रमा देशका सबै सडकमा अटोनोमस भेहिकल सञ्चालनमा आउने प्रक्षेपण गरेको छ। दुवै कम्पनीले यो क्षेत्रमा लगानी गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।