'राष्ट्रपतिलाई महारानी बनाउन लागेको शब्द मेट्नुहोस्'

'राष्ट्रपतिलाई महारानी बनाउन लागेको शब्द मेट्नुहोस्'

काठमाडौं :  पूर्व सभामुख सुवास नेम्वाङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महारानी बनाउन लागेको भन्ने एक सांसदको शब्दप्रति आपत्ति प्रकट गरेका छन् । उनले राष्ट्रपतिको भूमिका  संविधानमा नै स्पष्ट भएको भन्दै संसदको रेकर्डबाट उक्त शब्द मेटाउन सभामुखसँग अनुरोध गरेका छन् । ‘राष्ट्रपतिबारे विवाद छैन, यसपाली सर्वसम्मतरूपमा राषट्रपति चुनेका छाैं’ उनले भने ।

संसदमा सरकारले पेश गरेको नीति तथा कार्यक्रमको बचाऊ गर्दै नेम्वाङले निर्वाचनको घोषणापत्रको आधारमा नीति तथा कार्यक्रममा तयार गरिएको र बजेटमा उक्र कुरा आउने विश्वास दिलाए । उनले सरकारले पटक्कै दम्भ गगरेको जानकारी दिए । सरकारले कसरी काम गर्छ भन्ने कुरा निर्विवाध भएको भन्दै प्रतिपक्षले विरोधका लागि विरोध भन्दा पनि गुण र दोषका आधारमा प्रतिक्रिया दिन आग्रह गरे । ‘सरकारले  यातायातको सिन्डीकेट अन्त्य गरेको छ, सुनकान्ड कारवाही सशक्त बनाएको छ’ उनले भने ।  नेम्वाङले प्रतिपक्षसँग मिलेर काम गर्न चाहेको बताए ।  ‘प्रतिपक्ष राज्यको  अभिन्न अगं हो, यो  सरकारको वेटिङ पक्ष हो’ उनले भने ।  उनले प्रतिपक्षले उचित भूमिका निर्वाह गर्न आग्रह गरे । 

उनले नीति तथा कार्यक्रममा  विभेदकारी धारणा नभएको प्रष्ट पारेका छन् । ‘नीति तथा कार्यक्रममापथि साह्रै छलफल चल्यो, राम्रै भयो’ उनले भने ।  मध्यपहाडी लोकमार्ग पाँच वर्षभित्र सम्पन्न गर्ने र मदन भण्डारी राजमार्ग दुर्तगतिमा निर्माण गर्ने भन्ने कुरामा विरोध गर्नुृको तुक नभएको उनले बताए । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.