ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका- ३ स्थित भित्री सडकमा बिहीबार राति ट्रकले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ। 

ना ७ ख ७०१९  नम्बरको ट्रकले ठक्कर दिँदा बुढीगंगा गाउँपालिका-४ बस्ने अन्दाजी ४५ वर्षीय नोनीदेवी चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय नेमुवाले जनाएको छ। ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। 

त्यस्तै मोरङकै कानेपोखरी गाउँपालिका-२ खानटोलमा बिहीबार राति ११ बजे को ३२ प ८९८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीनजना घाइते भएका छन्।

घाइते हुनेमा चालक कानेपोखरी ३ बस्ने २८ वर्षीय उत्सव चौधरी, पछाडि सवार ३० वर्षीय दुर्गा राजवंशी र सपन धिमाल रहेका छन्।घाइते तीनैजनाको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.