डडेल्धुरामा पेट्रोल चोरको बिगबिगी

डडेल्धुरामा पेट्रोल चोरको बिगबिगी

डडेल्धुरा : डडेल्धुरा सदरमुकाम क्षेत्रमा पछिल्लो समय पेट्रोल चोरको बिगबिगी बढेको छ।घर तथा सडक छेउमा राखिएका मोटरसाइकल तथा स्कुटरबाट रातको समयमा पेट्रोल चोरी गरी तोडफोड गरिदिने भएपछि स्थानीय हैरान भएका छन्।

जिल्ला सदरमुकामको कीर्तिपुर बजारमा पाँचवटा मोटरसाइकलमा तोडफोड गरी पेट्रोल चोरी भएको हप्तादिन नबित्दै अमरगढी ५ विद्युत् रोडमा तीनवटा मोटरसाइकलबाट पेट्रोल चोरी तोडफोड भएको छ।

यसैगरी बिहीबार राति अमरगढि ४ तल्लो खलंगामा पनि तीनवटा मोटरसाइकल र एउटा स्कुटरमा तोडफोड गरी पेट्रोल चोरी भएको छ।

रातिको समयमा हुने यस्ता घटनाले स्थानीय बासिन्दा त्रसित बनेका छन्। घरअगाडि राखिरहेका सवारी साधनमा दिनप्रतिदिन पेट्रोल चोरी हुनथालेपछि अन्य लुटपाटका घटना घट्न सक्ने भन्दै स्थानीय जिल्ला प्रशासन गुहारिरहेका छन्।

सुरक्षा व्यवस्थामा कडाई नहुनु, रातिको समयमा गस्ती टोली परिचालन नहुनुले अझै खतरा बढ्नसक्ने भन्दै लुटेराको खोजिगरी कारर्बाहीका लागि पीडितले जिल्ला प्रशासन कार्यालयमा बिहीबार निवेदन समेत दिएका छन्।

युवा बेरोजगार बढेसँगै जोडिएको विकृतिका घटनालाई न्यूनिकरण गर्न स्थानीय सरकाले युवा स्वरोजगारका कार्यक्रम संचालन गर्नुपर्ने स्थानीय बताउँछन्।जिल्लामा हिंसा र अन्य अपराधिक  घटनामा कमी आएपनि चोरीका घटनाले भने त्रास फैलाएको छ।
  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.