स्वयम्भूका दूत
पवित्र बुद्धभूमि स्वयम्भू। लाखौंलाख बौद्ध अनुयायीहरूको श्रद्धाको केन्द्र।उत्तरपश्चिम काठमाडौं कुनामा रहेको स्वयम्भू डाँडा वरपर मनग्गे ऐतिहासिक पुरातात्विक बुद्धका प्रतिमा, स्तूपा र मोनाष्ट्री छन्। जहाँ दिनहुँ हजारौं भक्तजन स्वयम्भूको चुचुरो चढ्छन्।
यो पवित्र बुद्ध भूमिमा बाँदरको चहलपहल छ। धेरै बाँदरहरू बुद्धको प्रतिमा अगाडि आलिंगनमा बाँधिएर प्रेमालाप गरिरहेका भेटिन्छन्। भक्तजनले चढाएको फलफूल र प्रसाद खाएर बाँच्ने यी बाँदरहरू देख्दा जंगली जीवन त्यागेको भान हुन्छ। स्वयम्भूका दूत यहाँका बाँदर सहरवासीसँग घुलमिल गर्छन्। आगन्तुकले दिएको खान्छन्। नदिए चोरेर खोसेर पनि खान्छन्।