घलेगाउँ र सिरुबारी उत्कृष्ट होमस्टे

घलेगाउँ र सिरुबारी उत्कृष्ट होमस्टे

बेसीसहर : सार्क राष्ट्रको नमूना लमजुङको घलेगाउँ र नेपालकै पहिलो होमस्टे गाउँ स्याङ्जाको सिरुबारीलाई उत्कृष्ट सामुदायिक होमस्टे घोषणा गर्दै पुरस्कृत गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत तारा गाउँ विकास समितिले घलेगाउँमा आयोजित होमस्टे (घरबास) महोत्सव तथा कार्याशाला कार्यक्रमको अवसरमा दुवै गाउँलाई पुरस्कृत गरेको हो।घलेगाउँलाई २०७४ र सिरुबारीलाई २०७३ सालको उत्कृष्ट सामुदायिक होमस्टे घोषणा गरिएको तारा गाउँ विकास समिति अध्यक्ष एवं कार्यकारी प्रमुख नारद लुइँटेलले बताए।

पर्यटन आगमनको संख्या, भ्रमण कार्यक्रमको व्यवस्थापन, उपलब्ध पर्यटकीय सेवा सुविधा, स्थानीय कला संस्कृतिको प्रवद्र्धन तथा गतिविधि, होमस्टे कार्यक्रममा समुदायको संलग्नतालाई आधार बनाएर छनौट गरिएको उनले बताए। प्रदेश नं. ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घले र पर्यटन विकास समिति सिरुबारीका प्रतिनिधि उर्मिला गुरुङलाई जनही १ लाख १ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरेका थिए।

२०५७ सालदेखि पर्यटन प्रवद्र्धनका कार्यक्रम गरी होमस्टे सञ्चालन थालेको घलेगाउँमा २ घर विक (दलित) सहित ३२ घरमा होमस्टे छन्। २०५४ सालबाट सिरुबारीमा होमस्टे सञ्चालन हुँदै आएको छ। सिरुबारीका १७ घरमा होमस्टे सञ्चालनमा छन्।

क्होलासोंथर गाउँपालिकाका अध्यक्ष समेत रहेका घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले लाहुरे बन्न भारत पुगेर पनि फर्केर गाउँको पर्यटन प्रवद्र्धनमा लागेको बताए। मुख्यमन्त्री गुरुङले प्रदेश नं. ४ का ३ सय गाउँमा होमस्टे सञ्चालनमा ल्याइने र यसबाट ५ हजार स्थानीयले स्वरोजगार हुनेगरी कार्यक्रम सञ्चालन गर्न लागेको बताए 

तारा गाउँ विकास समितिद्धारा घलेगाउँमा आयोजित होमस्टे (घरबास) महोत्सव तथा कार्याशाला गोष्ठीमा देशभरका ३७ जिल्लाका ९९ वटा होमस्टे सञ्चालक सहभागी भएको तारा गाउँ विकास समितीका शाखा अधिकृत लिलाप्रसाद तिमील्सीनाले जानकारी दिए। उनका अनुसार देशभरका होमस्टे प्रर्वद्धनका लागि होमस्टे (घरवास) महोत्सवको आयोजना गरिएको हो। मुलुक समृद्धिका लागि ग्रामिण पर्यटन महत्व रहेको भन्दै प्रवद्र्धनको लागि महोत्सव तथा कार्यशाला आयोजना गरिएको आयोजकले जनाएको छ। उक्त महोत्सव शुक्रबारसम्म चल्नेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.