कुर्सी खाली भएपछि सभामुखले भने : सासदज्यू अबदेखि समयमै आउनु
काठमाडौं : सभामुख कृष्णबहादुर महराले संघीय संसद्, प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसदहरुको उपस्थितिका बारेमा सदनको ध्यानाकर्षण गराएका छन् ।
सरकारको नीति तथा कार्यक्रम माथिको जारी छलफलमा उनले केही पत्रपत्रिकाले नीति तथा कार्यक्रममाथिको छलफलमा उपस्थितिका विषयमा कुरा उठाएका हुँदा यसतर्फ सांसदको ध्यानाकर्षण गराएका हुन् ।
सभामुख महराले संघीय संसद्, प्रतिनिधिसभाको बैठकमा सरकारको प्रतिनिधि समयमा नै उपस्थित हुन पनि ध्यानाकर्षण गराउँदै निर्धारित समयमा बैठक सुरु गर्न सरकारको उपस्थिति खड्किएको बताए ।