भीजी अटोमोबाइल्सको बम्पर उपहारको विजेता घोषणा

भीजी अटोमोबाइल्सको बम्पर उपहारको विजेता घोषणा

काठमाडौं : भीजी अटोमोबाइल्सले लक्‍की ड्रको विजेता घोषणा गरेको छ।लक्की ड्रमार्फत हिराबहादुर गुरुङले बम्पर उपहारमा कार जितेका छन्।

 
नेपालका लागि सुजुकी दुई पांग्रे सवारी साधनको आधिकारिक वितरक भीजी अटो मोबाइल्स प्रालिले दसैं तिहारको अवसरमा 'सुजुकी दसैं-तिहार चक्‍कामा चक्‍का नगद पक्‍का' योजना ल्याएको थियो।

लक्‍की ड्रमार्फत् हिराबहादुर गुरुङले रेनो केडब्लुआइडी( Renault KWID) कार जितेका हुन्।टेकुस्थित सुजुकीको कार्यालयमा एक कार्यक्रमका बीच कम्पनीका डीजीएम धिरज भट्टराईले हिराबहादुरलाई कार हस्तान्तरण गरेका हुन्।कार हस्तान्तरण पछि उनले भविष्यमा यस्ता योजना ल्याउने बताए।

उक्त उपहार योजनाअन्तर्गत ग्राहकले सुजुकीको कुनै पनि मोटरसाइकलको खरिदमा ७ हजार, स्कुटरमा ९ हजार नगद छुट तत्काल प्राप्त गर्ने व्यवस्था थियो। साथै कम्पनीले स्क्रयाच कार्डमार्फत १ लाख सम्मको नगद छुट र बम्पर उपहारमा रेनो केडब्लुआइडी ( Renault KWID) कार जित्ने स्किम ल्याएको थियो।

देशभर रहेका आफ्ना सर्भिस सेन्टरबाट कम्पनीले उत्कृष्ट सर्भिस उपलब्ध गराउँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.