दार्चुला जिल्ला अस्पतालमा औषधी अभाव

दार्चुला जिल्ला अस्पतालमा औषधी अभाव

दार्चुला : जिल्ला अस्पताल दार्चुलामा लामो समयदेखि औषधी अभाव भएको छ। औषधी अभाव हुँदा चेकजाँच गर्न आएका बिरामीले रित्तो हात फर्किनु पर्ने बाध्यता आएको छ। 

जिल्ला अस्पताल दार्चुलामा दैनिक कम्तीमा ६०÷७० जना बिरामी आउने गरेका छन्।तर औषधी अभावमा रित्तै हात फर्किनु परेको मालिकार्जुन गाउँपालीका वार्ड न २ का स्थानीय मोहन सिंह धामीले बताए। 'अस्पतालमा औषधी अभाव भएपछि नीजि मेडिकलबाट चर्को मुल्यमा औषधि किन्नुपर्छ' उनले भने।

सरकारले जिल्ला अस्पताललाई ७० प्रकारका औषधि निशुल्क वितरणको जिम्मेवारी दिएको छ। तर सिटामोलबाहेक अन्य औषधि निजी मेडिकलबाट किन्नुपर्ने बाध्यता रहेको अर्का विरामी सुरेन्द्र सिंहले बताए। यो सीजनमा यहाँका अधिकांश मानिस यार्सागुम्बा संकलनका लागि लेकतिर जाने हुँदा लेक लाग्दा प्रयोग गरिने औषधी, प्रेसर, दादमा प्रयोग हुने क्रिमको निकै अभाव रहेको उनले बताए।

 
निशुल्क रूपमा उपलब्ध हुने ड्रेसिङका लागि एनएस औषधी पनि इमर्जेन्सी कक्षमै छैन। जिल्ला अस्पतालमा गर्मीको मौसममा आवश्यक पर्ने औषधी र अरु सामान्य समयमा चाहिने अति आवश्यक औषधी अभाव छ। 

महाकाली नगरपालीका वार्ड न ७ की लक्ष्मी जोशीले अस्पतालमा औषधी नपाएपछि मेडिकलबाट महंगोमा औषधी किनेको बताइन। 'महँगो औषधी किन्ने रकम छैन, निशुल्क पाइने औषधी पनि चर्को मुल्यमा मेडिकलबाट किनेर प्रयोग गर्नुपर्ने बाध्यता छ' उनले भनिन्। जिल्ला अस्पतालमा उपचारका लागि आउने हरेक बिरामी औषधि नपाउँदा दिक्क भएर फर्किने गरेका छन्।

जिल्ला अस्पतालमा टाउको दुख्दा नी सिटामोल, ज्वरो आउँदा सिटामोल दिएर पठाउने गरेको विरामीले बताएका छन्। 'अस्पतालले दिएको बिरामी पुर्जा लिएर मेडिकलमा औषधी खरिद गर्न जाँदा पुर्जामा लेखिएका केही औषधी अस्पतालमै हुनुपर्छ भनेर फर्काउँउने गरेको मालिकार्जुन गाउँपालीका ३ की साहाना धामीले गुनासो गरिन्। 

स्लाइन, भाइरल ज्वरोको औषधी, एन्टिबायोटिक, विभिन्न प्रकारका इन्जेक्सन, दुखाइ कम गर्ने र श्वासप्रश्वासमा प्रयोग हुने औषधीको अभाव छ। कलमिलोसन, डाइजिन ट्याब्लेट, फस्फोमाइड, एसिटाजोलामाइड लगायत दर्जनौं प्रकारका औषधि अस्पतालमा अभाव रहेको औषधी वितरण कक्षका कर्मचारी गोपालसिंह साउदले बताए
 
'विगतका वर्षमा जिल्ला अस्पतालमा औषधी खरिदका लागि एक करोड हाराहारी बजेट आउँथ्यो। मन्त्रालय र विभागलाई जिल्ला अस्पतालमा औषधि अभाव हुन सक्ने भन्दै चालु आर्थिक वर्षको सुरुवातमै अस्पतालले जानकारी गराइसकेको हो। तर जिल्ला अस्पतालमा आउने बजेट स्थानीय तहहरूमा पठाइसकेको खबर आएपछि औषधीको समस्या नै हुने गरेको छ' दार्चुला जिल्ला अस्पताल विकास समितिका अध्यक्ष हरकसिंह विष्टले भने।

जिल्ला अस्पतालमा जिल्लाका सबै ठाउँका बिरामी उपचारका लागि आउने भन्दै अस्पतालले जिल्ला समन्वय समितिमार्फत सबै स्थानीय तहलाई जानकारी गराएको भएपनि कसैले पनि चासो नलिएको अस्पतालको भनाई छ। 

जिल्ला अस्पताल रहेको महाकाली नगरपालिकालाई ९३ प्रकारका औषधि खरिदका लागि एक करोड १३ लाख ४२ हजार बजेट माग गरिएकोमा अहिले सम्म १३ लाखको मात्रै औषधी आएको विकास समितिका अध्यक्ष विष्टले बताए। 'सवा करोडको माग गरिएको छ, १३ लाखको औषधी आएपछि अभाव त हुने नै भयो नी' उनले भने।

महाकाली नगरपालिकाले भने औषधी खरिदका लागि १३ लाख मात्रै बजेट आएकाले त्यो बराबरको औषधी जिल्ला अस्पताललाई खरिद गरेर दिई सकिएको जनाएको छ। माथिबाटै बजेट नआएमा अब केही गर्न नसकिने महाकाली नगरपालिकाका मेयर हंसराज भट्टले बताए। 

तर जिल्ला अस्पताल प्रशासनले भने औषधीको खासै अभाव नरहेको जनाएको छ। जिल्ला अस्पतालका प्रमुख रविरञ्जन शाहले  सिकिस्त बिरामीका लागि औषधी जगेडा राखेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.