चार सेफ सम्मानित

चार सेफ सम्मानित

काठमाडौं : होटल,हस्पिटालिटी क्षेत्रमा करिब ५० वर्ष योगदान दिएका ४ जना वरिष्ठ सेफहरुलाई सम्मान गरिएको छ ।ललितपुरको सातदोबाटोमा रहेको कलेज अफ इन्टरनेशनल होटल मेनेजमेन्ट (आइएचएम)ले कलिनरी टुरिजमका क्षेत्रमा अनवरत योगदान पुर्‍याउने पहिलो पुस्ताका ४ जना वरिष्ठ सेफहरुलाई शुक्रबार एक बिशेष समारोहकाबीच सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा सन् १९९७ मा विश्वका उत्कृष्ठ  सेफहरुमा पर्न सफल सेफ गणेश श्रेष्ठ, सन १९९१ मा होटल हिमालयको एक्जुकेटिम सेफ तथा हाल प्राध्यापन पेशामा सक्रिय केदार सिलवाल, होटल मल्लमा ३० वर्ष सेवा गरी एक्जुकेटिभ सेफ रामकृष्ण पन्त तथा सेफ एसोसिएसनका सस्थापक तथा होटल शेर्पामा १७ वर्ष एक्जुकेटिभ रही हाल प्राध्यापन क्षेत्रमा क्रियाशिल सेफ पुष्प थापा मगर छन् ।

सन् ६० को दशकमा होटल लाइन प्रवेश गरी निरन्तर नेपालको होटल, हस्पीटालिटी र पर्यटनका क्षेत्रमा करिब ५० वर्ष निरन्तर कृयाशिल कलेजका सल्लाहकार एवम् नेपालको पहिलो एक्जुकेटिम सेफ गोबिन्द नरसिंह केसी र कलेजको फाउन्डर एवम् सिइओ सुराज प्रसाईले सयुक्त रुपमा सम्मान गरेका हुन्। 

सम्मानित हुने चारै जना सेफहरुले सोल्टी क्राउन प्लाजाबाट व्यावसायिक जिवन सुरु गर्दाताका  साथीहरुको पुर्नमिलन गराएकोमा आभार प्रकट गरे। कलिनरी टुरिजमको पहिलो पुस्ताको योगदानको कदर र नयाँ पुस्तासँग परिचित गराउने उद्देश्यले उनीहरुलाई सम्मान गरिएको आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.