कर्णाली प्रिमियर लिग : उपाधिका लागि आर्मी र रूपन्देही भिड्दै

कर्णाली प्रिमियर लिग : उपाधिका लागि आर्मी र रूपन्देही भिड्दै

वीरेन्द्रनगर : वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग टीट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र रूपन्देही-११ बीच प्रतिस्पर्धा हुने भएको छ। शुक्रबार भएको सेमिफाइनल खेलमा जित हात पार्दै विभागीय टोली आर्मी र रूपन्देहीले शनिबार हुने फाइनलमा स्थान बनाएका हुन्।

शक्ति गौचनको कप्तानीमा रहेको रूपन्देही-११ ले शुक्रबार भएको पहिलो सेमिफाइनलमा मध्यपश्चिम क्रिकेट क्लबलाई २६ रनले पराजित गर्‍यो भने आर्मीले धनगढी क्रिकेट एकेडेमीलाई आठ विकेटले हरायो।

टस जितेर मध्यपश्चिमले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको रूपन्देहीले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ७२ रन जोड्यो। रूपन्देहीका लागि सन्दीप सुनारले ५० रन बनाए। यस्तै बसिर अहमदले ४६, शंकर रानाले ३५ र निश्चल चौधरीले २२ रनको योगदान दिए। मध्यपश्चिमका अमरसिंह रौटेलाले चार ओभरमा ३२ रन खर्चिंदै तीन विकेट लिए। यस्तै अविनाश बोहोराले दुई तथा वसन्त रेग्मी र सुनील सुनारले एकएक विकेट हात पारे।

एक सय ७३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको मध्यपश्चिमले निर्धारित २० ओभर खेल्दै एक सय ४६ रन मात्रै बनाउन सक्यो। उसका लागि सुवेन्दु पाण्डेले सर्वाधिक ४५ रनको योगदान दिए। यस्तै प्रनीत थापाले २०, सिद्धान्तराज शाहीले १९ र आकाश विष्टले १२ रन बनाए। रूपन्देहीका विकास श्रेष्ठ र सन्दीप सुनारले तीनतीन विकेट लिए। यस्तै विक्रम भुसालले दुई तथा शक्ति गौचन र कृष्ण कार्कीले एकएक विकेट हात पारे। खेलको म्यान अफ दी म्याच सन्दीप सुनार भए।

यसैगरी शुक्रबार नै भएको अर्को सेमिफाइनलमा आर्मीले धनगढीलाई आठ विकेटले पराजित गर्‍यो। टस जितेर पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा आठ विकेट गुमाएर एक सय ३१ रन जोड्यो। उसका लागि कप्तान भुवन कार्कीले सर्वाधिक ४४ रन बनाए। त्यस्तै सञ्जु धामीले २३, दीपेन्द्र थापाले २१ र रोमन बमले १६ रनको योगदान दिए। आर्मीका सागर पुन र चन्द्र साउदले दुईदुई तथा जितेन्द्र मुखिया, सुशन भारी र हरिकृष्ण झाले एकएक विकेट हात पारे।

एक सय ३२ रनको लक्ष्य आर्मीले १७ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्‍यो। आर्मीका लागि नरेश बुढाऐरले अविजित ६३ रन बनाए। यसैगरी राजु रिजालले २८, सागर पुनले १४ र अनिल मण्डलले १३ रन बनाए। धनगढीका भुवन कार्की र नारायण जोशीले एकएक विकेट लिए।

बन्धुविकास सहकारी संस्थाको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.