भक्तपुरमा प्रजिअ र प्रहरी उपरीक्षकलाई स्वागत

भक्तपुरमा प्रजिअ र प्रहरी उपरीक्षकलाई स्वागत

भक्तपुर : भक्तपुरमा हालै सरुवा भई आएका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठलाई स्थानीय उत्पादन र कृषि उपजले स्वागत तथा सम्मान गरेका छन्।

प्रजिअ भट्ट र प्रहरी उपरीक्षक श्रेष्ठलाई भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर पर्यटन विकास समिति, जिल्ला कृषि सहकारी संघ लि., नेवाः पत्रकार राष्ट्रिय दबु र सुरुवात सामुदायिक हेरचाह तथा पुनःस्थापना केन्द्रले संयुक्त रुपमा स्थानीय उत्पादन र कृषि उपजले स्वागत गरेका हुन्।

स्थानीय उत्पादनमा काष्ठकला, टाइचिन चिउरा, कालो धान, परम्परागत तानमा बुनेको खास्टोसहित कृषि उपजतर्फ अर्गानिक कुरिलो, ब्रो–काउली, गोलभेंडा, फर्सीलगायत समावेश गरी स्वागत गरिएको हो। उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी भट्टले भक्तपुरमा शान्ति सुरक्षा र अमनचयनको प्रत्याभूति गर्दै उद्योग व्यवसाय प्रवद्र्धन गर्न तथा कला–संस्कृति र सम्पदालाई बढावा दिने प्रतिबद्धता व्यक्त गरे।

यहाँका घरेलु तथा साना उद्योगी व्यवसायी, पर्यटन व्यवसायी, व्यवसायिक किसानहरुसँग सहकार्य गरेरै आफू अघि बढ्ने उनको भनाइ थियो। त्यस्तै प्रहरी उपरीक्षक श्रेष्ठले प्रहरी एक्लैको प्रयासमा शान्ति सुरक्षा कायम हुन नसक्ने बताउँदै सबै संघसंस्था र उद्योग, व्यवसायी र सञ्चारकर्मीहरुसँग सहकार्य गरिने दृढता व्यक्त गरे। उनले शान्ति सुरक्षा नभएको कारण कुनै पनि उद्योगी व्यवसायीहरुले आफ्नो उद्योग व्यवसाय बन्द गर्नुपर्ने तथा विस्थापित हुनुपर्ने अवस्था आउन नदिने वचन दिए।

कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष वीरेन्द्र जतीले विभिन्न समस्याले घरेलु तथा साना उद्योगी व्यवसायीहरु पेसाबाट विस्थापित हुनुपर्ने बाध्यता आइरहेको जानकारी दिँदै ती समस्या समाधान गर्नेतर्फ पहल गरिदिन प्रजिअसमक्ष आग्रह गरे।

उनले प्रजिअको अध्यक्षमा हुने उद्योग व्यवसायसम्बन्धी समितिहरुमा आफूहरुलाई पनि प्रतिनिधित्व गराउन माग गरे। त्यस्तै भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष रामसुन्दर भेलेले समितिले दिगो पर्यटन विकासको लागि काम गर्दै आएको जानकारी दिए। पछिल्लो समय भक्तपुरमा पर्यटन उद्योग फस्टाउँदै आएको उनको भनाइ थियो।

कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबु भक्तपुरका अध्यक्ष ईश्वरकाजी खाइजू, जिल्ला कृषि सहकारी संघ लि. भक्तपुरका अध्यक्ष उत्तम सापकोटा, सुरुवातका कार्य समिति सदस्य पन्नोश शर्माले भक्तपुरमा सरुवा भई आएका प्रजिअ भट्ट र प्रहरी उपरीक्षक श्रेष्ठको कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.