सरकारका सय दिनमा बाबुरामको टिप्पणी : अपेक्षा डिस्टिङ्सन, प्राप्तांक पास !

सरकारका सय दिनमा बाबुरामको टिप्पणी : अपेक्षा डिस्टिङ्सन, प्राप्तांक पास !

काठमाडौं : केपी शर्मा ओली नेतृत्वको सरकारका सय दिन पूरा भएको अवसरमा पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति, नेपालका संयोजक बाबुराम सरकारले लक्ष्य ठूलो लिएको तर काम गर्न नसकेको टिप्पणी गरेका  छन्। धेरै अपेक्षा भए पनि कम मात्र उपलब्धि भएको उनको भनाइ छ। 

भट्टराईले सरकारले स्थुल कुरा धेरै गरेर सूक्ष्म डेलिभरी कम गरेको र एकल कार्य धेरै गरेर सामूहिक कार्य कममात्र गरेको बताएका छन्। अपेक्षा महान् छलाङको भए पनि व्यवहारमा सरकारले निरन्तरता मात्र दिएको भन्दै बाबुरामले डिस्टिङ्सनको अपेक्षा नतिजामा पासमा मात्र परिणत भएको उल्लेख गरेका छन्। 
 

शुक्रबार साँझ बाबुरामले ट्विट गर्दै सरकारका सय दिनको टिप्प्णी गरेका हुन्। ‘सरकारको सय दिन !  धेरै अपेक्षा, कम उपलब्धि! स्थूल कुरा धेरै, सूक्ष्म डेलिभरी कम ! एकल कार्य धेरै, सामूहिक कार्य कम!’, बाबुरामले ट्विटरमा लेखेका छन्, ‘अपेक्षा महान् छलाङ, व्यवहारमा निरन्तरता! अपेक्षा डिस्टिङ्सन, प्राप्तांक पास ! बजेटसम्म शंकाको लाभ !! 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.