‘छिमेकीको प्रगतिबाट फाइदा लिऊँ’

‘छिमेकीको प्रगतिबाट फाइदा लिऊँ’

काठमाडौं  : नेकपाका नेता तथा सांसद योगेश भट्टराईले नेपालले छिमेकी मुलुकको प्रगतिबाट फाइदा लिनुपर्नेमा जोड दिएका छन्। शुक्रबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै भट्टराईले संविधान निर्माणसँगै जनतामा विकास र समृद्धिको भोक जागेको दाबी गरे।

‘नेपाली राष्ट्रवाद कुर्सीेअनुसार बदलिदैन, अवस्था र स्थिति अनुसार फेरिदैंन भन्ने मानक स्थापित गर्नुपर्छ’, भट्टराईले भने, ‘जंगी महत्वाकांक्षासहित तीव्र गतिमा दौडिरहेका हाम्रा छिमेकी मित्र राष्ट्रहरूको प्रगतिबाट फाइदा लिंदै भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्नु हाम्रो साझा संकल्प हो।’ उनले प्रमुख विपक्षी कांग्रेसलाई आफ्नै मनको बाघले लखेटिरहेको र अन्योल, अनिश्चय र दुविधाको सिकार बनिरहेको टिप्पणी गरे।

‘बासी र पुराना प्रश्नमा अल्मल्याएर सत्ता पक्षलाई अल्छी नबनाउन म प्रतिपक्षका मित्रहरूलाई अनुरोध गर्दछु,’ भट्टराईले भने, ‘यो सरकार जिउँदो मान्छेको जिउँदो सरकार हो, धेरै सपना देख्नु अस्वभाविक होइन।’ छलफलमा सहभागी हुँदै नेकपा सांसद सुवास नेम्वाङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महारानी बनाउन लागिएको भन्ने कांग्रेस सांसदको आरोपप्रति आपत्ति जनाउँदै उक्त शब्द रेकर्डबाट हटाउन माग गरेका छन्।

राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम सम्बोधनका क्रममा सभामुख र राष्ट्रियसभा अध्यक्षप्रति आदरार्थी शब्द प्रयोग नगरेको भन्दै कांग्रेसले आपत्ति जनाइरहेको छ। कांग्रेसका तर्फबाट १७ जना सांसदले संशोधन दर्ता गराउँदै राष्ट्रपति ‘महारानी’का रूपमा संसदमा प्रस्तुत भएको आरोप लगाएका छन्।

जवाफमा सभामुख महराले त्यस शब्दप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। ‘सरकारले नीति तथा कार्यक्रममार्फत सपना देख्नु नराम्रो हो र ? ’, नेम्वाङले भने, ‘म पनि आजकाल काठमाडौं–लुम्बिनी, काठमाडौं–पोखरा, काठमाडौ–वीरगञ्जमात्र होइन, दिल्ली हुँदै युरोप, बेइजिङ पुगेको सपना देख्न थालेको छु।’ नेम्वाङले पानी जहाज चढेको सपना पनि देख्न थालेको बताए। ‘मैले कोशी हुँदै गंगा, हिन्द महासागर पुगेको सपना पनि देख्न थालेको छु’, उनले भने।

समयमै उपस्थित हुन सरकारलाई रुलिङ

काठमाडौं। सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभा बैठकमा तोकिएको समयभित्र उपस्थित हुन सरकारलाई निर्देशन दिएका छन्। प्रतिनिधिसभा बैठक शुक्रबार बिहान १० बजे बोलाइएको थियो। तर कोही पनि मन्त्री उपस्थित नहुँदा पौने घण्टा ढिलो गरी बैठक सुरु भएको थियो।सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सरकारकै उपस्थिति नहुने र महत्व कम हुन थालेपछि सभामुख महराले रुलिङ गरेका हुन्। त्यसअघि सभामुख महराले वनमन्त्री शक्तिबहादुर बस्नेत संसद भवनमा पुग्नेबित्तिकै बैठक प्रारम्भ गरेका थिए। ‘संसदमा सरकारको उपस्थिति ढिलो भएको छ, यसतर्फ म ध्यानाकर्षण गराउन चाहन्छु। मन्त्रीलगायत सबैको उपस्थिति समयमै होस्,’ महराले रुलिङ्ग गरे।

सरकारको उपस्थितिबिना संसद बैठक नबस्ने प्रचलन छ। वर्तमान सरकारमा २३ जना मन्त्री भए पनि अधिकांश मन्त्री संसदमा उपस्थित हुँदैनन्। यस्तै सभामुख महराले सांसदहरूलाई पनि नियमित रूपमा संसदमा उपस्थित हुन रुलिङ गरेका छन्। नीति तथा कार्यक्रमाथि छलफल चलिरहँदा संसदका अधिकांश कुर्सी खाली हुन थालेपछि महराले सांसदहरूलाई पनि बैठकमा उपस्थित हुन निर्देशन दिएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.