आत्मघाती गोलपछि हत्या
सन् १९९४ को विश्वकप अमेरिकामा आयोजना भएको थियो । उक्त विश्वकपमा कोलम्बिया समूह ‘ए’ मा परेको थियो । जुुन २२ तारिखमा कोलम्बिया र अमेरिकाबीचको खेल थियो । खेलको ३५औं मिनेटमा अमेरिकी मिडफिल्डर जोन हार्केसले गरेको प्रहार कोलम्बियन डिफेन्डर आन्द्रेस स्कोबरसँग ठोक्किएर आत्मघाती गोलमा परिणत हुुन पुुग्यो ।
उक्त खेलमा कोलम्बिया अमेरिकासँग २-१ गोलले पराजित भयो। प्रारम्भिक चरणको तीनमध्ये एक खेलमा मात्र जित हात पारेको कोलम्बिया विश्वकपको पहिलो चरणबाटै बाहिरिन पुुग्यो । अमेरिकाविरुद्धको खेल जितेको भए कोलम्बिया नकआउट चरणमा पुुग्ने थियो । त्यसपछि कोलम्बियन टोलीसँगै स्कोबर पनि स्वदेश फर्किए । तर, हारको जिम्मेवार स्कोबरको आत्मघाती गोल भएको आरोप लगाउँदै हुुल्याहा समर्थकले जुुलाई २ तारिखका दिन बिहान ३ बजे एक रात्रि क्लबको पार्किङमा गोेली ठोकेर उनको हत्या गरे।
स्कोबरमाथि गोली चलाउँदा हत्याराले ‘गोल, गोल’ भनी चिच्याएको थियो । स्कोबरको हत्याको संसारभर व्यापक आलोचना भयो । उनको हत्याले विश्वभर कोलम्बियाको इमेजमा दाग लगायो । पछि उनको हत्यारालाई पक्राउ गरी ४३ वर्षको जेल सजाय ताकियो । हत्या हुुँदा उनी केवल २७ वर्षका थिए । उनको अन्त्येष्टिमा एक लाख २० हजार व्यक्ति सहभागी भए । उनी आफ्नो समयका निकै अनुुशासित र भद्र खेलाडीमा गनिन्थे ।