प्रेम : न बेजोड, न बकवास
सबुु सुुवेदीको नयाँ उपन्यास मञ्जूषा प्रकाशित छ। किताबमा केन्द्रित भएर उनीसँग जया ओझाले गरेको कुुराकानी :
नारीलाई जुुनसुुकै क्षेत्रमा प्रवेश गर्न गाह्रो छ भन्छन्। तपाईंको मञ्जूषा उपन्यास भर्खर आएको छ। लेखनमा तपाईंको अनुुभव कस्तो रह्यो ?
हो, मुुख्य कुुरा त नारीहरूले पनि लेख्छन् भन्ने कुुरालाई त्यति सहजताका साथ विश्वास गरिँदैन। खासगरी फिल्म लेखनमा नारीलाई विश्वास नगरेका थुुप्रै अनुुभव छन् मसँग। टेलिभिजन हेर्दा, रेडियो सुुन्दा र पढ्ने पुुस्तकहरू नै मेरा प्रेरणाका स्रोत बने।
मञ्जूषाको उद्देश्य के हो ? पाठकले मञ्जूषा किन पढ्ने ?
प्रेम जीवन हो। जीवनका लागि प्रेम अपरिहार्य छ। समाजमा यही प्रेम सफल रहोस् भन्ने उद्देश्य मञ्जूषाको हो। केटीहरूले कसैलाई माया गर्छुु भन्न पनि डराउनुुपर्छ। यो कुुराले मलाई सधैं चिमोटिरहन्थ्यो। त्यसैले मञ्जूषामार्फत मैले खुुलेर प्रेम गर्छुु भन्ने महिला पात्रलाई जन्माएँ। घरपरिवार र जिम्मेवारी बोकेकी साहसी केटीको कथा हो मञ्जूषा। अरूको सपना पूरा गराएर आफ्नो विपना अधुुरै राख्ने उदार र क्षमाको मर्म बताउने कथा हो मञ्जूषा।
प्रेम एकजनासँग मात्र हुुन्छ भन्छन्। तर, मञ्जूषाले छ/छजनासँग प्रेम गरेकी छन्। के यो साँच्चै प्रेम नै थियो त ?
मेरो अध्ययनले प्रेम जीवनमा एकपटक र एकजनासँग मात्र हुुन्छ भन्ने कुुरालाई गलत साबित गर्छ। प्रत्येक मान्छेको फरकफरक समयमा फरकफरक मान्छेसँग फरकफरक तरिकाले प्रेम हुुन्छ। न त्यसमा पहिलो प्रेम बेजोड हुुन्छ, न अन्तिम प्रेम बकवास हुुन्छ। सबै प्रेमहरू बस् प्रेम मात्र हुुन्छन्।
तपाईंको उपन्यासमा सेक्स प्रसंग छताछुुल्ल छ। अविवाहित मान्छे, यस्ता कुुरा लेख्दा भावी जीवनमा असर पर्छ कि भनेर डर/संकोच केही लागेन ?
लेखकले लेख्छ। पाठकले अनुुभूति गर्छ। लेखेजति सबै कुुरा लेखकले भोगेको हुुन्न र उसका जीवनमा ती घटना लागू पनि हुुन्नन्। लेखकले संवेदना र प्रेरणा समाजलाई दिन्छ। मैले लेखेका पात्रका स्वभाव र चरित्र समाजका हुुन्, मेरा घटना त होइनन्। मलाई के डर र संकोच लाग्नुु ? प्रेम र सेक्स समानान्तर चल्ने विषय हुुन्।
उपन्यास प्रकाशन गर्न कत्तिको सहज भयो ?
उपन्यास लेख्न मलाई जुुन कष्ट भयो, प्रकाशनका लागि मैले त्यति दुुःख भोग्नुु परेन। पहिलोपटक पाण्डुुलिपि लिएर शिखा बुुक्समा पुुगेकी थिएँ। निराश भएर फर्किनुु परेन। सही र पुुस्तक मर्मज्ञ प्रकाशक भेटियो भने दुुःख भोग्नुु पर्दो रहेनछ।
आगामी लेखनयात्रालाई के कसरी अगाडि बढाउने सोच राख्नुुभएको छ ?
आख्यान र चलचित्र दुुवै विधामा रहेर लेखनयात्रालाई अगाडि बढाउने सोचमा छुु।
लेखेरै बाँच्न सकिन्छ ?
अरूका बारेमा भन्न सक्दिनँ। मेरो कुुरा गर्ने हो भने लेखेरै बाँचेकी छुु। साहित्यिभन्दा चलचित्रको कथा लेखनले भरथेग गरेको छ।