सपना र विपनाको दसगजा
‘थैलीबाट सरर्र उसका सपनाहरू खन्याएँ, धेरै भएजस्तो लाग्थ्यो, पुुगनपुुग एक मुुट्ठी मात्रै रहेछ।’ कविताजस्तो लाग्ने यो लाइन सुुमन सौरभको लघुुकथासंग्रह ‘स्वप्निस्तान’को हो। ‘स्वप्निस्तान’ एउटा यस्तो स्वप्नलोक हो, जहाँ कथाकार मनलाग्दो ढंगले सुुटुुक्क प्रवेश गर्छन्, वास्तविक लोकको जीवनजगत्का विसंगत, कुुरूप, विद्रुुप पक्षमाथि घातक प्रहार गर्छन् अनि लुुसुुक्क बाहिर निस्कन्छन्। त्यसपछि स्वप्नलोकबाट आफैंले गरेको प्रहारले घाइते दुुनियाँको अवलोकन गर्छन्। उनी आफ्ना लघुुकथामा कहिले सपनाबाट ब्यूँझेर विपनामा प्रवेश गर्छन् त कहिले विपनाबाट ब्यूँझेर सपनामा। ‘सपनामा निक्कै फुुर्सदिलो थिएँ। उनी लेख्छन्, ‘अत्यधिक अल्छिले हाई गर्दै विपनातिर घुुम्न जान मन लाग्यो’, (पृ. ६१)
सुुमन ‘स्वप्निस्तान’को काल्पनिक भूमिबाट विपनाको व्यंग्यका मिसाइल वास्तविक भूमितर्फ प्रहार गर्छन्। त्यो प्रहार विपनाको इहलोकका वास्तविक ईश्वर र पाखण्डी भगवान (पृ. ४९, १३, ९७), गरिबी, द्वन्द्व र आतंक (१५, १०१, १०३), प्रेमका बहुुरंगी रूप (पृ. ६७, ८७), तथाकथित मानव सभ्यताको कुुरूप अनुुहार (पृ. ७२) मा गएर विस्फोट हुुन्छन्। त्यसपछि पाठकहरू सपना र विपनामा आलोपालो विचरण गर्छन्। लेखकीय अभिव्यक्ति–वैचिœयको नशामा रनभुुल्ल पर्छन्। तर्क वा सिद्धान्तलाई हुुबहुु स्वीकार नगरी, कुुनै पनि सर्भे नगरिकन बन्द कोठामा घोत्लिएर लेखिएका कथाले सपनाको आधिकारिकता, तार्किता वा सुुसम्बद्धता खोज्दैनन्।
उनका कथाको स्वप्नलोकमा सहिद र जिउँदा मान्छे संयुुक्त रूपमा प्लेकार्ड बोकेर सहिदको सपना साकार पार्न जुुलुुस निकाल्छन्, जुुलुुसमा पुुलिस हस्तक्षेप हुुन्छ र सहिदहरू पुुनः सहिद हुुन्छन्। सहिदका सपना पानीका फोकाझैं बिलाउँदै गएको विपनाको संसारमाथि स्वप्नलोकबाट प्रहार गरिएको यो व्यंग्यास्त्र चानचुुने छैन।
सुुमनको ‘म’ पात्र सपनामा सुुतेर सपनालाई सपनामै छाड्छ र सपनाभित्रैको विपनामा यात्रा गर्न निस्कन्छ र पहिले आफैं सुुतेको कोठामा पुुगेर तकिया काखीमा राखी निर्धक्कसँग घुुरिरहेको आफैंलाई हेर्छ। सपनाभित्रको विपनाबाट निस्केर अनेकौं घरभित्र पसी रेकी गर्ने उनको कथा कुुनै जादुुगरले देखाउने जादुुभन्दा कम छैनन्। सपनाभित्रको विपनाबाट निस्केर लोकविचरण गर्ने कथकारको कला अप्रतिम छ।
राजतन्त्रको अवसानपश्चात् राजाप्रतिको मोहभंग भएको कथ्य देखाउन प्रयोग गरिएको सपनाको तथ्य (पृ. ७७), सपनामा विचरण गर्ने र सपनामा देखिएका सीमान्तकृत पात्रकै अनुुरोधमा विपनामा फर्केर कथा लेख्ने अनि सपनामा फर्केर ती पात्रसँग कुुराकानी गर्ने प्रसंग (पृ. ८२), सपनामा एक्लै हिँडिरहेका बेला आफ्नै छायाले आफैंलाई लुुटेको घटना (पृ. ८४), नैतिकताका पाठ पढ्दा पढ्दा अजीर्ण हुुने तर समाजमा जताततै अनैतिकताको बिगबिगी भएको सन्दर्भ (पृ. ९२), ‘तीनमहिने सपना तालिम’ लिएर सपनामा घरबेटीकी छोरीसँग जिस्किएर विपनाको धीत मारेको प्रसंग (पृ. ९४)। यी सबै स्वप्निस्तानका एक से एक चामत्कारिक प्रस्तुुति हुुन्।
उनका कथाको स्वप्नलोकमा सहिद र जिउँदा मान्छे संयुुक्त रूपमा प्लेकार्ड बोकेर सहिदको सपना साकार पार्न जुुलुुस निकाल्छन्। जुुलुुसमा पुुलिसको हस्तक्षेप हुुन्छ र सहिदहरू पुुनः सहिद हुुन्छन्।
सुुमनको लघुुकथामा राजनीति र ईश्वरीय अस्तित्वप्रतिको व्यंग्य पनि घनीभूत छ। ‘लुुटपाट’ कथामा सपनामा समानता, स्वतन्त्रता, आत्मसम्मान, सुुरक्षा, आत्मविश्वासजस्ता (रंगीचंगी, चम्किला, नरम र संगीतमय) पोकाहरू बेच्न राखिएका हुुन्छन्। तर, ती महँगा चीज किन्न नसक्ने बाबुुले पसलेलाई च्याप्प पछाडिबाट अँठ्याउँछ र छोरीलाई भन्छ, ‘सामान लिएर भाग छोरी, यस्ता सामान हत्पती पाइँदैन लुुटेरै भए पनि लिनुुपर्छ’ (पृ. ९६)।
‘साक्षात्कार’ कथामा आफूलाई संसारको सृष्टिकर्ता र ईश्वर ठान्ने व्यक्ति (ईश्वर) लाई थर्काइरहेको एक भ्रामक, अस्पष्ट र अँध्यारो चरित्रको व्यक्ति (सैतान)ले सर्वव्यापी र सबैको जन्मदाता तथा भगवान्को पनि जन्मदाता हुुँ भन्छ। यो प्रसंगद्वारा समाजमा सैतानी प्रवृत्तिका अगाडि ईश्वरीय अस्तित्वसमेत निरीह बनेको कथ्यलाई घनीभूत तुुल्याइएको छ। साथै ‘जुुठो रक्सी’ कथामा स्वप्नकै अन्तहीन आकाशमा उनी स्वच्छन्द उडान भर्छन् र भन्छन्, ‘अचम्म लाग्यो यत्रो आकाशे यात्रामा कतै पनि परीहरू भेटिएनन्, कतै पनि भगवान्को अड्डा देखिएन।’ यसरी उनी ईश्वरीय अस्तित्वमाथि प्रश्न गर्छन्।
उनका कथामा एउटाले सिर्जना गरेको कला अर्कैले चोरेर अर्कैलाई दिएको प्रसंग छ। त्यो पदक जसले लियो उसले चोरेको होइन बरु जसले दियो उसले चोरेको हो। जतिसुुकै राम्रो काम गरे पनि अपजस र खोट मात्रै लगाउने हाकिमप्रति उनको यस्तो प्रहार छ, ‘तारान्तुुलाको जस्तो झुुसैझुुस उम्रेको पाखुुरा, काली माकुुरीको जस्तो पुुटुुस्स उठेको भुुँडी, बिच्छीको जस्ता खुुट्टा, बारुलोको पुुच्छरजस्तो तीखो बोली ! बल्ल चिनियो सपनामा तारान्तुुलाको अनुुहारमा मिसिएको, चिनेचिनेजस्तो अनुुहार ठ्याक्कै यही हाकिमको थियो’ (पृ. १८)।
सुुमनका कथामा द्वन्द्व र आतंकमा पिल्सिएको भोको बालक राज्य, आफन्त र सबैतिरबाट उपेक्षित भएपछि एउटा भाग्यविधाता (? ) फेला पर्छ जसले उसलाई भौतिक सम्पन्नता दिन्छ। तर, त्यो भाग्यविधाताले बालकलाई आरडीएक्स विस्फोट गराउन मानव बमका रूपमा प्रयोग गर्छ, ‘उसको हात ज्याकेटको खल्तीमा थियो र हातमा रिमोट कन्ट्रोल पनि थियो। पत्याउनुुस्, त्यो गम्म परेको ज्याकेटभित्र कम्मरमा रिमोट कन्ट्रोल थिच्यो कि पड्किने विस्फोटक आरडीएक्स को भारी पनि थियो’ (पृ. १६)। गरिबी, अभाव र दरिद्रताको मर्मान्तक पीडा भएको यस सन्दर्भले मान्छे आतंकको फन्दामा कसरी पस्छ भन्ने रहस्य खोतल्दै द्वन्द्वको स्रोत र रूपको पर्दाफास गरेको छ।
कथाको भाषा वक्रतामय छ। ‘आँसुुको व्याकरण’, ‘विरहको इकोध्वनि’, ‘मेरो चेतनाको स्विच अफ भयो’, ‘अस्तित्वमा रक्तस्राव भयो’, ‘सुुन्निएका नसाहरूमा एक हूल चिन्ताले पिङ खेलेझैं रन्केर उधुुम’जस्ता भाषागत सौन्दर्य कथाका उल्लेख्य पक्ष हुुन्। उनले कथामा व्यक्ति, राजनीति, प्रेमजस्ता समाज र जीवनका अनेकौं विकृत विसंगत अड्डामाथि सपनाको दसगजा पारिबाट प्रहार गरेका छन्। केही कथामा व्यंग्यबिनाको हास्य (ह्युुमर) केवल मनोरञ्जन मात्र बनेको छ।