एकल मातृत्वको पक्षमा

एकल मातृत्वको पक्षमा

दुुई वर्षअघि मात्रै करिब चालीस हाराहारीकी उसले भनेकी थिई, ‘अब म बच्चा पाउन चाहन्छुु। तिमीहरूले सहयोग गर्नुुपर्छ।’

एउटी अविवाहित युुवतीले यसो भनिरहँदा म आश्चर्यचकित भएकी थिएँ। बच्चा पाउने सपना विवाहित नारीको भागमा मात्र छ भन्ने समाजमा हुुर्किएकी म एउटी अविवाहित नारीको आमा सपनासँग निकै दिन झनझनाएँ। यसबीच केही समय बितेर गयो; उसको आमा सपना तुुहियो या गर्भाधान गर्दैछे, उसै भन्न सक्दिनँ।

आज फेरि एक कानुुन व्यवसायी मित्र यही र यस्तै बहस गरिरहिछे मसँग। उसँगको संवादले मलाई केही पुुराना दिनमा लगिदिन्छ। ‘विवाह हुुँदा सानै थिएँ, विवाह के हो ? श्रीमान्, घरपरिवारलाई राम्ररी नबुुझ्दै सन्तान जन्मिए। तिनकै स्याहारमा समय बितिरहेकै समयमा श्रीमान्को वियोग सहनुु पर्‍यो। सम्पूर्ण जिम्मेवारी र व्यवहार सम्हालेर यहाँसम्म आइपुुग्दा अब त छोराछोरी पनि हुुर्किए, ठूला भए। मलाई यतिखेर सुुत्केरी भएर बस्न मन छ; फेरि आमा हुुन मन छ...।’

असाध्यै खुुम्चिएर सुुनाउँछे मेरी दिदी यो अंश वार्ताको। कोही एकल महिलाको सुुत्केरी हुुने चाहनाले उसलाई सर्वांग गलाएको थियो। र केही वर्षअघि म आफैं पनि यसरी नै गलेकी थिएँ, जब अर्की एकल र दुुई छोरीकी आमाले आफूलाई अझै छोरो पाउन मन भएको र बच्चालाई यसरी हुुर्काउँथेँ कि भन्दै आफ्नो आमा सपना सुुनाइरहँदा।

‘जेठो छोरो जन्मिएपछि मात्रै मेरो बूढासँग दोहोरो बात भएको’ भनेर मेरी फुुपू सुुनाइरहनुुहुुन्छ। छोराछोरी जन्मिएको वर्षौंपछि बोलचाल हुुने, श्रीमान्को अनुुहार हेर्नै वर्षौं लागेको बताउने हजुुरआमा, आमा, फुुपू, काकी, ठूलीआमाहरू अझै छन्। तिनका अनुुभवलाई दन्त्यकथाजस्तो मान्दो हो आजको पुुस्ता। यी दन्त्यकथाजस्तो जीवन बाँचेका आमा पुुस्ताले जे जति र जस्तो जीवन बाँच्यो, जे भयो/घट्यो त्यो भोग्यो र समय बित्यो अथवा बिताएर आज हामी छोरी/नातिनी पुुस्तासम्म आइपुुग्यो। आफूले भोगेको जीवनमा उनीहरूले आफ्नो रहर कति बाँचे ? बारम्बार प्रश्न गर्छ मन।

छोरीबुुहारीले भोक लाग्यो भन्नसमेत छुुट नभएको समयले हाम्रा हजुुरआमा/आमाहरूका के कति इच्छाको सम्बोधन गर्‍यो होला ? सोचमग्न बन्छुु। अहिले त म ‘आमा सपना’ले रन्थनिएकी छुु, एकल/अविवाहित आमा सपनाले।

विवाहयोग्य अथवा प्रजननयोग्य उमेर नहुुँदै विवाह गरेका अधिकांश नारीहरू सन्तानको रहर नहुुँदै आमा बने। विवाहको केही वर्षसम्म सन्तान नभएका नारी या पुुरुषमा सन्तानको तीव्र चाह नदेखिएको होइन। तर, अविवाहित/एकल महिला या पुुरुष सन्तानको चाह गर्दा हुुन् कि नगर्दा हुुन् भन्ने विषयतिर भने समाज पूरै चुुपचाप बसिदिएको छ। र, चुुपचाप बसेरै भनिरहेछ, सन्तान चाहन्छौ भने विवाह गर। अझ तेस्रोलिंगीहरूलाई सन्तानको चाह हुुँदो हो कि नहुुँदो हो ! उनीहरूले सन्तान चाहे, के उपाय हुुन सक्ला ? यसतर्फ त सायदै कसैको ध्यान गएको होला।

नेपालको संविधान २०७२ को धारा ३८ मा व्यवस्था गरिएको महिलाको प्रजननसम्बन्धी हक प्रचलनमा ल्याउन बन्दै गरेको विधेयकमा प्रस्ताव गरिएको सन्तान जन्माउन विवाह गर्नैपर्ने व्यवस्थालाई हटाउने गरी ल्याइएको मस्यौदामाथि छलफल जारी छ। समय कानेखुुसी गर्दै छ, यसबारे। केही समयमा पक्कै यो कानेखुुसीले आवाज पाउनेछ र मेरी साथी निर्धक्क आमा बन्नेछे।

सन्तानको पितृत्वको खोजी गर्ने राज्यले यस्ता थुुप्रै पाठेघरहरूप्रति अन्याय गरिरहेको छ। दसवर्षे युुद्धले एक्ल्याएका महिलाका रित्ता कोखहरूले एक साथ नारा लगाए के गर्दाे हो राज्य ? जन्मजात लिएर आएको यो गर्भाशयले उसको ‘बिजनेस’ पाउनुु उसको नैसर्गिक अधिकार हो। सन्तानोत्पादन गर्न पुुरुष अपरिहार्य छ। तर म एक्लै पनि सन्तान पाउन र हुुर्काउन सक्षम छुु। म मेरो सन्तानलाई मेरै परिचय दिएर समाजमा स्थापित गर्छुु। 

मैले गर्भाशययुुक्त नारी शरीर लिएर जन्मिएपछि आफ्नै इच्छाले आमा बन्न पाउनुु मेरो मौलिक अधिकार हो। यसमा राज्य तिमी पितृत्वको खोजी नगर। आमा हुुनुु नितान्त महिलाको हक हो भन्ने बुुझिदेऊ। यो प्रकृतिप्रदत्त शरीर मातृत्वको सुुखानुुभव गर्न चाहन्छ। विवाह गरेर कोही पुुरुषसँग जीवन जिउनुु, नजिउनुु व्यक्तिको नितान्त निजी कुुरा हो। तर म मेरो प्रजननयोग्य उमेरमै आमा बन्न चाहन्छुु भन्ने नारीहरूले बिस्तारै यसबारे खुुलेरै बोल्ने छन् भन्ने कुुरामा म विश्वस्त छुु।

अविवाहित/एकल महिला या पुुरुष सन्तानको चाह गर्दा हुुन् कि नगर्दा हुुन् भन्ने विषयतिर समाज पूरै चुुपचाप बसिदिएको छ। र, चुुपचाप बसेरै भनिरहेछ, सन्तान चाहन्छौ भने विवाह गर।

२०६२ मा सप्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुुद्दामा आजीवन काराबासको सजाय पाएका दम्पती सुुरजा मरिक डोम (३७) र निजकी पत्नी छोटनीदेवी मरिक डोम (३०)को उक्त मुुद्दा सर्वोच्च अदालतसम्म आइपुुग्दा सुुरु फैसला सदर भयो। फौजदारी अपराधमा आजीवन काराबास (२० वर्ष) सकिँदा प्रजननयोग्य उमेर बितिसक्ने भएको हुुँदा आफ्नो वंश परम्परा धान्न सन्तान जन्माउने अधिकार कुुण्ठित बनाइनुु नहुुने दाबी गर्दै सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन पर्‍यो।

नेपालको अन्तरिम संविधान २०६३ को धारा २० (२) मा प्रत्येक महिलालाई प्रजनन स्वास्थ्य तथा प्रजननसम्बन्धी हक हुुनेछ भन्ने व्यवस्था गरिएको र सोही हकको प्रचलनका लागि परेको उक्त रिट निवेदनको सुुनुुवाइ गर्दै सर्वोच्च अदालतले २०६७ चैत २८ मा निवेदक दम्पतीका पक्षमा फैसला गरेको देखिन्छ। त्यसैले उपयुुक्त फैसला नेपाली महिलाको कोखको सम्मानमा महŒवपूर्ण मोडको रूपमा रहने निश्चित छ।

अन्तर्राष्ट्रिय फुुटबल स्ट्राइकर क्रिस्टियानो रोनाल्डो सेरोगेसीका माध्यमबाट विवाह नगरी नै तीन सन्तानका बाबुु बने। छिमेकी राष्ट्र भारतमा फिल्म निर्माता तथा निर्देशक करण जौहर केही समयअगाडि सेरोगेसीकै माध्यमबाट जुुम्ल्याहा बच्चाका बाबुु बने भने अभिनेता तुुषार कपुुर पनि एक बच्चाका बाबुु बनेका छन् र दुुवै अविवाहित हुुन्।

देवानीसंहिता २०७४ को धर्मपुुत्र वा धर्मपुुत्रीसम्बन्धी व्यवस्थाले १७२ (१) क, ख, ग, मा धर्मपुुत्र वा धर्मपुुत्री राख्न सकिने अवस्थाको उल्लेख गरेको छ। नेपाली कानुुनले धर्मपुुत्र वा धर्मपुुत्रीको व्यवस्था त गरेको छ। तर, तिमी शारीरिक रूपमा स्वस्थ र सक्षम छौ भने सन्तान उत्पादन गर्न तिमी स्वयं स्वतन्त्र छौ। साथै ती सन्तानलाई तिमी आफ्नै एकल मातृत्व वा पितृत्वमा हुुर्काउन सक्छौ भनेर बोलेको भने छैन।

अहिले बन्न लागेको विधेयकले महिलालाई प्रजनन अधिकारका नाममा एकल मातृत्वको वंश विरासत दिइने सुुरसार गरिरहँदा एकल पितृत्वको बारेमा भने यो मौन नै रहेको देखिन्छ।

पारिजातलाई पढिरहेछुु। उनको पहिलो कथा ‘मैले नजन्माएको छोरा’ छ, अगाडि। उनीभित्रको मातृत्वको तरलताले छोइन्छुु। उनीभित्र वात्सल्यको छटपटी छ। तर, लोग्ने नामको विम्बमा कोही पुुरुषको अनुुहार त के छायाँ पनि छैन। कथाभित्रै उनले गरेको निर्णय कठोर लाग्छ, जसले उनीभित्रको मातृत्वको घाँटी अँठ्याएको छ। त्यो कथा मात्रै कथा थिएन। होइन। पारिजात र पारिजातहरूका एकल आमा सपनाको निर्मम हत्याको स्वर हो। चिच्याहट पनि हो। पारिजातको महाप्रस्थानको पच्चीसौं वर्षमा छलफलमा आएको महिलाको प्रजनन हकसम्बन्धी विधेयकले भवितव्यवश एक्लै सन्तानको सम्पूर्ण अभिभारा बोक्ने आमाका अनुुहारमा उज्यालो त थपेको छ नै। साथै एक्लै सन्तानसँग यात्रामा निस्कन्छुु भन्ने भविष्यका आमाहरूमा पनि आत्मविश्वास थपेको छ।

शिक्षा र अवसरका ढोका खुुलेसँगै विवाहयोग्य उमेर भईकन पनि आफ्नो पढाइ, करिअर भन्दाभन्दै ढिलो विवाहमा समाज एक किसिमले अभ्यस्त हुुँदै गइरहेको छ। पूर्ण वयस्क व्यक्ति अब शारीरिक सम्बन्धको पनि चाहना राख्छ। समयसँगै बच्चाको पनि रहर गर्छ। त्यो मातृत्व/पितृत्वको रहर गर्छ। जसरी खुुलेर एउटी नारी वात्सल्य देखाउँछे, त्यति पुुरुष नगर्न सक्छ।

आफैंले जन्माएका सन्तानसँग खुुल्न नसकेका हाम्रो समाजका पुुरुषहरू जो अविवाहित वा एकल छन्, ती सन्तानप्रतिको लगाव वा स्नेह विरलै मात्रै देखाउँदा हुुन्। सामाजिक संरचनाले यस्तो अवस्थामा सबैभन्दा अन्याय त पुुरुषमाथि नै गरेजस्तो पनि लाग्छ। हरेक पुुरुषभित्र स्त्री गुुण हुुन्छ भनिरहँदा हामी पुुरुषभित्रको वात्सल्यतर्फ भने फर्किएकै छैनौं कि ? प्रजनन अधिकार महिलाका लागि खुुसी लिएर आइरहँदा सन्तानका निम्ति तिम्रा लागि चाहिँ पुुरुष विवाहभन्दा अर्को विकल्प छैन भनिएको हो ?

(लेखक अधिवक्ता हुुन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.