पुुुुण्यभूमि पोखरा
पोखराको अर्थ पोखरी हो। अहिले पोखरा क्षेत्रमा पोखरीलाई ‘पोखरा’ भनिँदैन। तर, अघि कुुुुनैवेला यस इलाकामा पनि ‘पोखरी’लाई ‘पोखरा’ भनिँदो रहेछ भन्ने बुुुुझिन्छ। अहिले पोखराको आफ्नो छुुुुट्ट्रै अस्तित्व कायम भइसकेको छ तर अघि कास्कीसँग पोखराको अन्तरसम्बन्ध थियो। त्यसकारण त्यसवेला पोखरालाई केबल पोखरा मात्र नभनेर कास्की–पोखरा भनिन्थ्यो। अघि कश्यप ऋषिले तपस्या गरेको स्थान हुुुुँदा काश्यपीबाट कास्की शब्द बनेको विश्वास छ।
अहिले कास्कीकोट रहेको ठाउँलाई पुुुुराना कास्की भनिन्छ र त्यही कास्कीकोटलाई नै कश्यप ऋषिको आ श्रम मानिएको छ। कास्कीकोटबाट फेवाताल र माछापुुुुच्छ्रेसहित अन्नपूर्ण हिम श्रृङ्खलाको राम्रो दृश्याअवलोकन गर्न सकिन्छ। पोखरा उपत्यका माछापुुुुच्छ्रे हिमालको सुुुुदृष्टि परेको भूमि हो। जुुुुन हिमाललाई हामीहरू माछापुुुुच्छ्रे भन्दछौँ, त्यही हिमाललाई गण्डकीमाहात्म्यमा माछाको सिङ भनिएको छ र उक्त हिमालको दुुुुइटा चुुुुचुुुुरोलाई नर–नारायणको प्रतीक मानेको छ –
नगो मत्स्यगिरिर्नाम हिमवान् मत्स्य श्रृङ्गक।
त्यस्य शिर्षे स्थितौ देवौ नर–नारायणाभिधौ।।
नर र नारायण दुुुुईजना तपस्वी थिए। ती दुुुुई तपस्वी आफ्ना तपस्याका बलले देवतातुुुुल्य भए। भारतमा बदरिका श्रमको उत्तरतर्फको हिमालमा नर–नारायणले तपस्या गरेको गुुुुफा अहिले पनि नर–नारायणगुुुुफाको नामले प्रसिद्ध छ। बदरिका श्रमनेरको एउटा डाँडालाई नर र अर्को डाँडालाई नारायणको प्रतीक मानिन्छ। नेपालमा भने गण्डकीमाहात्म्यका रचयिता पं. काशीराम सूरीले माछापुुुुच्छ्रेको दुुुुइटा चुुुुचुुुुरोलाई नर–नारायणको रुपमा देखे।
भारतमा गङ्गा र यमुुुुनाबिचको भूमिलाई अन्तरवेदी मानिन्छ। हिमवत्खण्ड नेपालमा कालीगण्डकी र सेतीगण्डकीका बिचको भूमिलाई अन्तरवेदी मानिएको छ। गङ्गाको पानी सेतो र यमुुुुनाको पानी कालो छ। प्रयागमा गएर हेर्यो भने गङ्गा र यमुुुुनाको सेतो र कालो पानी छर्लङ्गैसँग छुुुुट्टिन्छ। भारतमा गङ्गा र यमुुुुनाको पानी सेतो र कालो छ तर नेपालमा भने पानी मात्र कालो र सेतो नभएर नदीको नाम नै काली र सेती छन्।
अघि प्रलयकालमा पोखरा उपत्यका एउटा ठूलो पोखरीको रुपमा रहेको बुुुुझिन्छ। अघि समुुुुद्र उत्तरतिर र हिमाल दखिनतिर थियो। समुुुुद्रको सतह पुुुुरिँदै गएपछि उत्तरतिरको भूभाग माथितिर उठ्यो र त्यहाँ हिउँ जम्यो। पानी जति सोहोरिएर दखिनतिर गई समुुुुद्रमा परिणत भयो। अहिले पोखराको बगरमा पृथ्वीनारायण क्याम्पस भएको ठाउँलाई भीमकाली पाटन भनिन्छ। त्यहाँ घर जत्रै ठूलो गोलो ढुुुुङ्गा छ। त्यस ढुुुुङ्गालाई भीमढुुुुङ्गा भनिन्छ। अघि भीमसेनले माछापुुुुछ्रेको टुुुुप्पाबाट ठेलो हानेको ढुुुुङ्गा भएको हुुुुनाले यस ढुुुुङ्गालाई भीमढुुुुङ्गा भनेको हो भन्ने कहावत छ। हाम्रा थुुुुप्रै कथाहरू छन्। ती कथाहरू कुुुुनै अलिखित छन् त कुुुुनै लिखित छन्। ती कथाहरूमा अन्तर्निहित विज्ञानलाई हामीले पहिल्याउन सक्नुुुुपर्छ। वास्तवमा भीमढुुुुङ्गा भनिने यो ठूलो ढुुुुङ्गा अघि प्रलयकालमा माछापुुुुच्छ्रेबाट गुुुुल्टिँदै गुुुुल्टिँदै आएर यहाँ आइपुुुुगेको हो।
पोखरामा भारतीय पेन्सन क्याम्प भन्दा अलिकति तलतिर काजीपोखरीनेर पनि यस्तै अलिकति सानो ढुुुुङ्गा छ। यो ढुुुुङ्गालाई भीमढुुुुङ्गाबाट उछिट्टिएको ढुुुुङ्गा मानिन्छ। वास्तवमा पोखरा उपत्यकामा भीमकालीपाटनको भीमढुुुुङ्गा र काजीपोखरीको ढुुुुङ्गा जत्रो ठूलो ढुुुुङ्गा अन्त पाइँदैन। अतः भीमढुुुुङ्गाको चोइटो उछिटिएको ढुुुुङ्गो भनेर मानिसले यी दुुुुई ढुुुुङ्गाको सम्बन्ध कायम गरिदिए। पोखराका ढुुुुङ्गाहरूको सन्दर्भमा साँधुुुुमुुुुखको हल्लने ढुुुुङ्गा पनि उल्लेखनीय छ। यहाँ एउटा ढुुुुङ्गामाथि अर्को ढुुुुङ्गा खप्टिएर रहेको छ। शितलदेवीमा एउटा कोत्रे ढुुुुङ्गालाई शितलादेवीको रुपमा पूजिएको छ। सिमलचौरको जाल्पाथानमा ढुुुुङ्गाको पहरोमाथि पानी जमिरहन्छ र यसलाई जाल्पादेवीको रुपमा पूजा गरिन्छ। सराङकोट र कास्कीकोटको बिचमा ठूलो मान्द्रो जत्रो चप्लेटि परेको ढुुुुङ्गा छ। यस ढुुुुङ्गालाई मान्द्रेढुुुुङ्गा भनिन्छ। यसरी पोखराका यी ढुुुुङ्गाहरूले प्रलयकालको इतिहास बताइरहेका छन्।
कालान्तरमा सेती नदी पातलिएर बग्न थालेपछि ठूला पोखरीको पानी होचो ठाउँमा थेग्रिएर पोखराका अनेक तालहरू बने। पोखराका तालहरूमा फेवाताल प्रसिद्ध छ। फेवाताललाई बैदामताल पनि भनिन्छ। फेवातालको बिचमा तालवाराहीको मन्दिर छ। यहाँका देवीलाई तालवाराही भने तापनि पोखरा, बाटुुुुलेचौरका गन्धर्वहरूको डाँफे र मुुुुरलीचरीको कर्खामा यसलाई सत्यजुुुुगी वराह भनेको छ। वराह र वाराहीको सम्बन्ध पानीसँग रहेको छ।
पोखरा फेवातालको तालवाराहीको सम्बन्ध तनहुुुुँको ढोरवाराहीसँग रहेको छ। फेवातालको तालवाराहीमा जति भोग चढ्यो, तनहूँको ढोरवाराहीमा त्यति नै लहरी चल्छ भन्ने विश्वास छ। यसैगरी तनहुुुुँ, ढोर, जसपुुुुरको तालबेसीसँग पनि फेवातालको सम्बन्ध रहेको छ। अघि जसपुुुुरको तालबेसीमा पनि ताल थियो। फेवातालको तालवाराही र जसपुुुुरको तालबेसीको वाराहीको बिचमा लडाईं हुुुुँदा फेवातलको तालवाराहीले जितेको हुुुुँदा जसपुुुुर तालबेसीको ताल फट्यो। त्यसकारण जसपुुुुरको तालबेसीको वराह पूज्दा रातो धजा चढ्दैन, सेतो धजा चढाउनुुुु पर्दछ। आजसम्म पनि जसपुुुुरका गुुुुरुङहरू फाप्दैन भनेर फेवातालको तालवाराहीको दर्शन गर्न जाँदैनन्।
अहिले कास्की, लमजुुुुङ र तनहुुुुँको सङ्गम लमजुुुुङको स्याम्घा, दुुुुई पिप्लेलाई नेपालको मध्यबिन्दुुुु मानिएको छ। यसरी लमजुुुुङको स्याम्घा दुुुुई पिप्लेलाई नेपालको भौगोलिक मध्यबिन्दुुुु मानिए तापनि नेपालको सांस्कृतिक केन्द्रबिन्दुुुु चाहिँ कास्की, पोखराको बिन्ध्यवासिनी हो, किनभने अखिल भारतवर्षको केन्द्रबिन्दुुुु बिन्ध्याचलको बिन्ध्यवासिनी हो। भारतको बिन्ध्याचल स्थित बिन्ध्यवासिनी र नेपालको कास्की, पोखरास्थित बिन्ध्यवासिनीको उत्तरी अक्षांश पनि लगभग एउटै–एउटै रेखामा पर्छ। त्यसकारण कास्की, पोखराको बिन्ध्यवासिनीलाई नेपालको सांस्कृतिक केन्द्रबिन्दुुुु मानिएको हो।
कास्की, पोखराको बिन्ध्यवासिनी एउटा धार्मिक स्थल भएको हुुुुँदा यसको वरिपरि पराजुुुुली, रेग्मी, अधिकारी र पौडेल आदि प्राज्ञिक ब्राह्मणहरूको बस्ति रहेको छ। कास्की, पोखराको बाटुुुुलेचौर कस्केली राजाहरूको हिउँदे दरबार भएको हुुुुँदा त्यहाँ खड्का, थापा, केसी, भण्डारी र बस्नेत आदि खुुुुँडा हान्ने जातका क्षेत्रीहरूको बस्ति रहेको छ। यसरी मन्दिरको वरिपरि बाहुुुुनहरू र दरबारको वरिपरि क्षेत्रीहरूको बस्ति हुुुुनुुुु नेपालीहरूको बस्ति बसाईको विशेषता हो।
पोखरा, अर्घौं, झाँजरमारेका अन्न र वस्त्र त्यागेका जगन्निवास त्रिपाठीले अघि अठारौँ शताब्दीमा अग्निहोत्र जगाएका थिए। पोखरा, मिरुवाका राजीवलोचन पराजुुुुली पृथ्वीनारायण शाहको समय ताकाका कहलिएका ज्योतिषी पण्डित थिए। चामुुुु कोइरालाले जुुुुराएको साइतमा लडाईं गर्दा भोटको युुुुद्ध जितेको हुुुुँदा जङ्गबहादुुुुर राणाले चामुुुु कोइरालालाई पोखराको गैरापाटनमा १६ पाथि घैयाको बिउ जाने जग्गा बिर्ता दिएका थिए। पोखराको फेवाताल र नारायणस्थानमा भोजपुुुुर, दिङ्लाका आबाल ब्रह्मचारी षडानन्द अधिकारीले तपस्या गरेका थिए। भारतका स्वामि नारायण मुुुुक्तिनाथ जाने क्रममा पोखराको गाईघाटमा आएर बसेका थिए।
पोखराको भलाम र पस्र्याङमा पुुुुराणवाचक श्री १०८ स्वामि देवानन्द वेदान्तकेशरीको आ श्रम थियो। पोखराको चिसाखोला पूर्व मोहोडा परेको सिद्धभूमि हो। त्यस सिद्धभूमिमा अल्मोडाका प्रेम चैतन्य ब्रह्मचारीले ब्रह्मचारी आ श्रम स्थापना गरेका थिए। अहिले उहाँका शिष्य वयोवृद्ध ज्ञानवृद्ध केदारनाथ उपाध्यायले उक्त ब्रह्मचारी आ श्रम चलाई रहनुुुु भएको छ। यस सिद्धभूमिमा राष्ट्रगुुुुरू योगी नरहरिनाथले पनि साधना गर्नुुुुभएको थियो। यसबाट सिद्धभूमि चिसाखोला ब्रह्मचारी आ श्रमको गरिमा बढेको छ। पोखराको नारायणस्थानमा गणेश गिरी (वि.सं.१९०४) ले नारायणको मन्दिर बनाएका थिए। नारायणको मन्दिरसँगै धनकुुुुटाका ब्रह्मचारी बालकृष्ण सुुुुवेदी
(वि.सं.१९९९) ले ब्रह्मचारी आ श्रम स्थापना गरेका थिए। अहिले पोखराको गाईघाटमा स्वामि तपानन्दजी तपस्यारत हुुुुनुुुुहुुुुन्छ। यसरी कास्की, पोखरा विद्वान् एवम् सिद्ध साधकहरूको साधनास्थलको रुपमा प्रसिद्ध छ।
पोखराको पुुुुरानो नेवार बस्ति भीमसेनटोल नै हुुुुनुुुुपर्छ। पोखराको गणेशटोलको गणेश मन्दिरदेखि लामाचौतारा (हाल भैरवटोल) को लाटागणेशको मन्दिरसम्म पोखराको नेवार बस्ति बसेको देखिन्छ।
पोखरा उपत्यकाको बिच भागबाट सेतीगण्डकी बगेको छ। अघिको प्रशासनिक हिसाबले पोखरा उपत्यका सेतीगण्डकीदेखि पूर्व काहुुुुँ–कुुुुँडहर मौजा र सेतीगण्डकीदेखि पश्चिम सराङकोट मौजामा विभाजित थियो र पोखराको मुुुुख्य बजार सराङकोट मौजा अन्तरगत पथ्र्यो। अहिले पोखरा बजारमा सबै जातको बसोबास पाइन्छ तर अघि पोखराको बजारभागमा नेवारहरूको बस्ति, बजारदेखि भित्रपट्टि बाहुुुुन र क्षेत्रीको बस्ति र डाँडाकाँडामा गुुुुरुङ र मगरको बस्ति थियो। यसरी पोखरामा बजारिया संस्कृति, गाउँले संस्कृति र पहाडी संस्कृति गरी तीन किसिमको संस्कृति पाइन्छ। यसमा बजारिया संस्कृति नेवारको, गाउँले संस्कृति बाहुुुुन–क्षेत्रीको र पहाडी संस्कृति गुुुुरुङ–मगरका हुुुुन्।
पोखरामा अघि मगरहरूको बस्ति थियो भनिन्छ। मगरहरूको बस्तिलाई देशानले सखाप पारेपछि नेवारहरूले देशपूजा गरेर स्वस्ति शान्ति गरी पोखरामा बस्ति बसालेको भन्छन्। अहिले पनि पोखराका नेवारहरूले प्रत्येक वर्ष जेठ महिनामा आ–आफ्नो टोलमा देश–पूजा गर्छन्। पोखरामा नेवारहरूको बस्ति कहिलेदेखि बस्न थालेको हो भन्ने कुुुुरा यकिन गर्न सकिएको छैन। भक्तपुुुुरका राजा जगज्योति मल्लको समय (वि.सं.१६७१) ताका लेखिएको ‘नरपतिजयचर्या’ नामक पुुुुस्तकमा जयस्थिति मल्लका नाति यक्ष मल्ल (वि.सं.१४८५–वि.सं.१५३९) ले पश्चिमतिर गोरखा र पाल्पासम्म राज्य गरेको उल्लेख छ। त्यसकारण यक्ष मल्लको समयदेखि नै गोरखा, पोखरा र पाल्पामा नेवारहरूले बसोबास गर्न थालेको देखिन्छ। गोरखाका राजा रामशाह (वि.सं १६७७) ले ललितपुुुुरका राजा सिद्धिनरसिंह मल्लसँग मित्रता कायम गरेर गोरखाको आर्थिक एवम् सांस्कृतिक विकासका लागि गोरखामा नेवारहरूलाई ल्याएर बसोबास गराएपछि पश्चिमतिर नेवारहरूको बसाईं सराईको क्रम बढ्न थालेको देखिन्छ।
पृथ्वीनारायण शाहको समयसम्ममा पोखरामा नेवारहरूको बस्ति (हटिया) राम्ररी स्थापना भइसकेको देखिन्छ। गोरखाको ठूलो आँगनबाट पर्वत गएका महेश्वर नेवार (जोशी) ले पृथ्वीनारायण शाहका समकालिक पर्वतका राजा कीर्तिवम मल्ललाई रू.१०१।– ले सहयोग गरी कुुुुश्मामा घर जग्गा बिर्ता पाएका थिए। भक्तपुुुुरका अन्तिम राजा रणजीत मल्लका छोरा अवधूतसिंह मल्ललाई पनि कीर्तिवम मल्लले पर्वतमा घरबासको बन्दोवस्त गरिदिएका थिए। जुुुुनबेला महेश्वर नेवार (जोशी)ले कीर्तिवम मल्ललाई रू.१०१।– ले सहयोग गरेका थिए, त्यही बेला साविक पर्वत हाल कास्की घान्द्रुुुुकका पा गुुुुरुङ र वीरबल गुुुुरुङले कीर्तिवम मल्ललाई रू.५००।– ले सहयोग गरी घान्द्रुुुुकको आडिखेत १०० मुुुुरी बिर्ता र ६ वलक खान पाउने अख्तियार पाएका थिए।
राजमाता राजेन्द्रलक्ष्मी शाहको नायवीकालमा पश्चिमतिर कालीगण्डकीको साँध लागेपछि वि.सं.१८४२ मा कीर्तिसिंह नेवारलाई मादी पश्चिम र कालीपूर्वको नेवारको चौधराईं दिइएको थियो। यी कीर्तिसिंह नेवार कहाँका थिए र यिनको थर के थियो ? त्यो कुुुुरा थाह पाउन सकिएको छैन। यिनको खान्कीमा कास्कीको भट्टखेत दरिएको थियो। कास्कीको भट्टखेत भन्नाले पुुुुराना कास्की मौजा अन्तरगत फेवातालको शिरानतिरको कुुुुनै खेत हुुुुनसक्छ। अतः कास्कीको भट्टखेत खान्कीमा खाएका यी कीर्तिसिंह नेवार कास्की, पोखरा कै वासिन्दा हुुुुन सक्छ।
आफ्नो बस्तिमा गणेश र भीमसेन स्थापना गर्नुुुु नेवार बस्तिको विशेषता हो। अतः पोखराको पुुुुरानो नेवार बस्ति भीमसेनटोल नै हुुुुनुुुुपर्छ। पोखराको गणेशटोलको गणेश मन्दिरदेखि लामाचौतारा (हाल भैरवटोल) को लाटागणेशको मन्दिरसम्म पोखराको नेवार बस्ति बसेको देखिन्छ। नालामुुुुखबाट तेर्सापट्टिको बाटो खुुुुलेपछि साँधुुुुमुुुुखको हल्लने ढुुुुङ्गासम्म नेवारको बस्ति फैलिएको बुुुुझिन्छ। हल्लने ढुुुुङ्गानेर पनि एउटा गणेश मन्दिर अवस्थित छ। अतः गणेशटोलको गणेश मन्दिर, लामाचौतारा (हाल भैरवटोल) को गणेश मन्दिर र हल्लने ढुुुुङ्गानेरको गणेश मन्दिर यी तीनवटा गणेशले स्थान गणेशको भूमिका निर्वाह गरेर पोखराको नेवार बस्तिको सीमा रेखा निर्धारण गरेको पाइन्छ। यस सीमारेखा भित्र नेवारहरूले २६ घर कुुुुरिया बसालेका रहेछन्, जसलाई पछिसम्म पनि पोखरा २६ कुुुुरिया भनिन्थ्यो।
त्यसपछि वि.सं.१८४९ ताका सुुुुब्बा जिताराम पोखराका नेवारहरूको चौधरी भएको बुुुुझिन्छ। अहिले पोखरामा सुुुुब्बा जितारामका शाखा सन्तान कोही भेटिँदैनन्। त्यसबेला लडाईं भिडाईं धेरै हुुुुने हुुुुनाले जनताहरू झारा टन्टामा लाग्नुुुुपर्ने हुुुुन्थ्यो। झारा टन्टा खप्न नसकेर जनताहरू भागेर अन्तै बस्न जान्थे। त्यसकारण नेवारहरूलाई व्यवस्थित गराएर पोखराको बजार आवाद गुुुुल्जार गराउनका लागि वि.सं.१८६५ मा पोखराका नेवारहरूलाई हुुुुलाकको बाहेक अरु भारी नबोक्नू भनेर थिति गरिदिएको थियो।
पोखरामा भीमसेनको सानो मन्दिर पहिले नै बनेको थियो भनिन्छ। त्यसपछि नेवारका चौधरी सुुुुब्बा जितारामले वि.सं. १८४९ मा पोखरामा भीमसेनको वर्तमान मन्दिर बनाएको बुुुुझिन्छ। कास्की, पोखरा, बाटुुुुलेचौरका गन्धर्वहरूको डाँफे र मुुुुरलीचरीको कर्खामा पोखराको भीमसेनलाई बाघ भीमसेन भनिएको छ। सुुुुब्बा जितारामका कास्की, मौजा, लामडाँडाका जमदार खाँगे गुुुुरुङ मित थिए। जमदार खाँगे गुुुुरुङले आफ्ना मित सुुुुब्बा जितारामले बनाएको भीमसेनको मन्दिरमा सुुुुनको गजूर चढाएका थिए।
खाँगे गुुुुरुङ अरिदमन कम्पनिका जमदार र किल्ला काँगडाको युुुुद्धका लडाका थिए। उनले कास्कीको मौजा, लामडाँडामा छाप बिर्ता पाएका थिए। सुुुुब्बा जिताराम र जमदार खाँगे गुुुुरुङको मितेरी साइनोको प्रतीक पोखराको भीमसेन मन्दिर र सूनको गजूर अहिले पनि पोखरामा जस्ताको तस्तै छ। यो कुुुुरा केवल सुुुुब्बा जिताराम र जमदार खाँगे गुुुुरुङको मात्र नभएर केवल नेवार र गुुुुरुङको मात्र नभएर यस मितेरी साइनोको प्रतीकले सात गोत्र एक मित्र भन्ने नेपाली उखान र मित्रस्याऽहं चक्षुुुुषा सर्वानि भूतानि समीक्षे। मित्रस्य चक्षुुुुषा समीक्षामहे।। यो वैदिक आदर्श र आर्य मर्यादालाई दर्शाइरहेको छ।
पोखराको भीमसेन मन्दिरमा साँझ–बिहान बाजा बजाउने हिर्या दमाई, भक्त्या दमाई, नुुुुर्या दमाई र मन्या दमाईलाई वि.सं.१८६८ मा झारा टन्टा माफ गरेर लालमोहर गरिदिएको थियो। पोखराको लामाचौतारा (हाल भैरवटोल) मा यी दमाईहरूको बस्ति छ। त्यहाँ केवल दमाईहरूको बस्ति मात्र नभएर दमाईलाई तालुुुुकी पनि दिएका रहेछन्। लालुुुु दमाई त्यहाँका अन्तिम मुुुुखिया हुुुुन्। जि.मुुुु. लालुुुु दमाई झुुुुत्ता जिम्माको भनेर लेखिएको कागज अझै पनि भेटिन्छन्। नेपालमा तालुुुुकीप्रथा खारेज नभएसम्म जि.मुुुु. लालुुुु दमाईको झुुुुत्ता जिम्मामा बसेका बाहुुुुन, क्षेत्री र नेवारहरूले बडादशैँको टीकामा उनलाई मुुुुखिया मान्न जाने चलन थियो।
पोखराको कुुुुँडहरमा मुुुुसलमानहरूको बस्ति छ। यी मुुुुसलमानहरू आततायीका रुपमा नेपाल आएका होइनन्। अघिका बाइसे र चौबीसे राजाहरूले आफ्ना रानी र छोरी, बुुुुहारीहरूको शौभाग्य र सिङ्गारका सामग्रीहरू आपूर्ति गर्न घर, जग्गा र तालुुुुकी समेत दिई बन्दोबस्त गरी बस्ति बसालेर राखेका हुुुुन्। पोखराको कुुुुँडहरमा मुुुुसलमानका तीन तालुुुुक रहेछन्। लोककवि अलिमियाँका पिता त्यस तीन तालुुुुकमध्ये एक तालुुुुकका मुुुुखिया थिए। दशैँ हिन्दूहरूको चाड हो तर मुुुुसलमान तालुुुुकदार मुुुुखियाको झुुुुत्ता जिम्मामा घर जग्गा भएका बाहुुुुन, क्षेत्री र नेवारहरू बडादशैँको टीकाका दिन ती मुुुुसलमान मुुुुखियालाई मान्न जाने प्रचलन थियो।
अघि कास्कीका राजा शिव शाह (वि.सं. १७०४–१४२४? ) को पालामा वार्चोकको चिदराम गुुुुरुङ कास्की गई ‘कास्कीको पुुुुरानो सीमाना रुदि हो, मलाई पलम्राङको खेत बिर्ता देऊ, म रुदिको साँध लगाइदिन्छुुुु’ भनेछन्। त्यसकारण कास्कीले लमजुुुुङमाथि आक्रमण गर्यो तर लमजुुुुङको पाख्रिकोट नाघेर रुदिसम्म पुुुुग्न सकेन। पाख्रिकोटका मुुुुखिया होलसिंह कोछैँ म्हिगि लामा गुुुुरुङले डटेर त्यस आक्रमणको सामना गरेछन्।
अतः कास्कीले लमजुुुुङको भाचोक र पाख्रिकोट बिचको वार्दिसम्म मात्र दख्खल गर्न सक्यो। त्यसपछि साविक लमजुुुुङ ६ गाउँ याङ्जाकोटका मीर उमरा वीरसिंह क्ह्रोँगि लामा गुुुुरुङको नेतृत्वमा लमजुुुुङले कास्की माथि आक्रमण गर्यो। कास्कीको माझठाना माथिको ओखलेगौँडामा ठूलो लडाईं भयो। लमजुुुुङेहरू गौँडा उक्लेर माथि पुुुुगे। अर्घौं, अर्चलेको लडाईंमा पसगाउँ उपल्लो गाउँका अतिबल नल्गुुुु म्हिगि लामा गुुुुरुङले वीरगति प्राप्त गरे। लमजुुुुङले कास्कीको अर्घौं, देउमाडि र ठूलाकोट जितेर विजयपुुुुर खोलाको साँध लगायो।
त्यसपछि कास्कीको मालमूलमा यस क्षेत्रका बाह्र राजाको भेट भयो। बाह्र राजाको त्यस भेलाले कास्की र लमजुुुुङको मुुुुद्दा मिलाएर साँध सीमाना कायम गरिदिए। यसका अतिरिक्त बाह्र राजाको उक्त भेलाले अब उप्रान्त राजाहरू आ–आफ्नो साँध सीमाना र किल्लामा बस्ने, लडाईँ भिडाईँ नगर्ने भनेर शान्ति र सहअस्तित्वको लागि सम्झौता गरेर त्यसको चिनारीको लागि त्यहाँ एउटा चौतारो चिने, जुुुुन चौतारो अहिले राजाको चौतारो नामले प्रसिद्ध छ। उक्त राजाको चौतारा कुुुुनै सामन्ती राजाको चिनो नभई शान्ति र सहअस्तित्वको स्मारक हो।
अहिले शान्ति र सहअस्तित्व एवम् साझा विकास निर्माणका लागि दक्षिण एशियाली सहयोग संगठन, संयुुुुक्त राष्ट्र संघ एवम् कमन वेल्थ आदि संघ संस्थाहरू क्रियाशील छन् तर यस प्रकारको शान्ति, सहअस्तित्व एवम् साझा विकासको अवधारणाको विकासचाहिँ कास्की, पोखराको मालमूल, राजाको चौताराबाट भएको थियो। अतः कास्की, पोखराको मालमूल, राजाको चौतारा शान्ति, सहअस्तित्व र साझा विकास निर्माणको प्रतीक हो।
यसरी सामाजिक सद्भाव, धार्मिक सहिष्णुुुुता, सांस्कृतिक समन्वय एवम् शान्ति, सहअस्तित्व र साझा विकास निर्माण तथा ज्ञान–विज्ञानको गौरवमय इतिहास भएको कास्की, पोखरा साँच्चैको पुुुुण्यभूमि पोखरा हो। अतः यस पुुुुण्यभूमि पोखराको मूत्र्त–अमूत्र्त सांस्कृतिक सम्पदाको संरक्षण र संवद्र्धन गरी जनमानसिकतालाई एकीकृत गरेर राष्ट्र निर्माणका लागि एक भई अघि बढ्नुुुु आजको हाम्रो परम आवश्यकता र दायित्व हो।