उही आत्मा, भिन्न शरीर
सन् १९९७ मा पहिलोपटक प्रकाशित स्वैरकाल्पनिक उपन्यासमा आधारित ‘ह्यारी पोटर एन्ड फिलोसफर्स स्टोन’ नामक चलचित्रले पूरै विश्वमा तहल्का मच्चायो। फिल्म जेके रोलिङले लेखेको कृतिमा आधारित थियो। त्यसपछि ह्यारी पोटरको दोस्रो, तेस्रो गर्दै सातौं सिक्वेल ह्यारी पोटर एन्ड डेथली ह्यालोज सन् २००७ को जुुलाइ २१ मा प्रकाशित भयो। यी सातै शृंखला उत्तिकै लोकप्रिय भए। यी सबै कृतिको एकपछि अर्को सिनेमा पनि आए। ती सबै फिल्म उत्तिकै सफल पनि रहे।
एक कृति र कृतिमाथि बनेका सिनेमामध्ये जेके रोलिङको ह्यारी पोटरको चर्चा सधैं अग्रस्थानमा आउँछ। हुुन त साहित्य र सिनेमा दुुई अलग विधा हुुन्। साहित्यले पस्कने विषय र सिनेमामा दर्शाइने भाव हुुबहुु नमिल्न सक्छ। कतिपय अवस्थामा यस्ता चलचित्रहरूले अमर कृतिको आत्मा मर्ने गरेको आरोप पनि खेप्नुु परेको छ। यद्यपि साहित्यमाथि फिल्म बन्न छाडेका छैनन्।
सिनेमा कहिलेकाहीँ साहित्यको कथा बोकेर पर्दामा आउँछ, नयाँ अवतारमा। एकातिर पुुस्तकपे्रमीहरू भन्छन्, ‘नेभर जज् अ बुुक बाई दी मुुभी’। अर्कोतर्फ सिनेमाप्रेमीहरू भन्छन्, ‘कथालाई जीवन दिन सक्नुुपर्छ।’
एक सफल कृति सफल सिनेमा बन्न नसक्दा रचनाकारलाई लाग्ने घाटा त छँदैछ, साथै उक्त सिनेमाले दर्शकमा कृतिप्रतिकोे दृष्टिकोण नै परिवर्तन गराउन सक्छ। यद्यपि साहित्यमाथि सिनेमा बनाउने प्रयास रोकिएकोे छैन।
नेपालको सन्दर्भमा बालकृष्ण समको अमर कृतिमा आधारित चलचित्र ‘प्रेमपिण्ड’, गुुरुप्रसाद मैनालीको साहित्यिक कृतिमा बनेको ‘परालको आगो’, ध्रुुवचन्द्र गौतमको ‘कट्टेल सरको चोटपटक’ कृतिबाट निर्माण भएको ‘वासुुदेव’ र कृष्ण धरावासीको उपन्यासबाट बनेको ‘झोला’ चलचित्र सफल मानिन्छ। तर, वसन्ती, सेतो बाघ, मुुनामदन, बसाइँ, लोभीपापी, पल जस्ता कृतिमाथि बनेका दर्जनौं चलचित्र भने असफल भए।
आख्यानकार नयनराज पाण्डेको बुुझाइमा अचेल अर्गानिक सिनेमा बन्न सकेका छैनन्, यद्यपि विस्तारै परिवर्तन आएको छ। भन्छन,् ‘सिनेमा स्वतन्त्र विधा हो। यसले आफ्नै साहित्य लेख्न सक्छ।’ करिब दुुई वर्षअघि निर्माण भएको धरावासीको कथा ‘झोला’ सिनेमाको माध्यमबाट छुुट्टै साहित्य लेख्न सफल भयो। सिनेमामा तत्कालीन समाजको सतीप्रथाको उठान गरिएको छ। तत्कालीन पुुरुषप्रधान समाजमा श्रीमान्को मृत्युुपछि नारीले भोग्नुुपर्ने पीडा सिनेमामा दर्शाइएको छ।
साहित्यको उचाइ जुुन रूपमा पाठकको मनमस्तिष्कमा हुुन्छ, त्योभन्दा पनि माथि पुुर्याउनुुपर्ने बाध्यता चलचित्र निर्मातालाई हुुन्छ। इतिहास खोज्नुु, कलाकार छान्नुु र परिवेश निर्माण गर्नुु सबैभन्दा कठिन विषय हो।
यादव भट्टराईको निर्देशनमा बनेको ‘झोला’ले ओस्कर अवार्डसम्मको यात्रासमेत तय गर्यो। यही चलचित्रबाट अभिनेत्री गरिमा पन्तले दक्षिण एसियाली चलचित्र पुुरस्कार हात पारिन्। तर, कृतिका लेखक धराबासीको उचाइ र ‘झोला’ सिनेमाको पपुुलारिटी सधैं दुुई धारमा नै बगिरह्यो। निर्देशक भट्टराई साहित्यमाथि सिनेमा बनाउनुु सधैं चुुनौतीको विषय रहेको मान्छन्। भन्छन्, ‘साहित्यको उचाइ जुुन रूपमा पाठकको मनमस्तिष्कमा हुुन्छ, त्योभन्दा पनि माथि पुुर्याउनुुपर्ने बाध्यता निर्मातालाई हुुन्छ।’ इतिहास खोज्न, कलाकार छान्न र परिवेश निर्माण गर्नुु सबैभन्दा कठिन विषय भएको उनको बुुझाइ छ। आजसम्म साहित्यमाथि बनेका सिनेमाप्रति हामीले अन्तरक्रिया गर्ने वातावरण बनाउन सकेका छैनौं, जुुन आजको आवश्यकता भएको उनी ठान्छन्।
त्यसो त नेपालबाट ओस्कर सम्मको यात्रा तय गर्ने साहित्य र कृतिमा आधारित सिनेमाहरू नै छन्। यद्यपि कुुनै महान् पुुरस्कारको भागीदार हुुन मात्र सिनेमा बनाइन्छ भने त्यो गलत सोच भएको फिल्म विश्लेषक अविनाश श्रेष्ठको धारणा छ। साहित्यमा आधारित चलचित्र ‘कुुमारी’ जब उनले पहिलोपल्ट हेरे, उनी विक्षिप्त भए। उपन्यास एकातिर र सिनेमा अर्कोतिर भएको उनले पाए। सरसर्ति हेर्दा सिनेमाले साहित्यलाई न्याय गरेको देखिएन। तर, जब ‘प्रेमपिण्ड’ बन्यो, त्यो साँच्चै प्रशंसा गर्नलायक थियो। उनी भन्छन्, ‘यस्ता सिनेमा बनाउन साहित्य चेत भएका निर्देशक हुुन आवश्यक छ। सिनेमा बनाउनुु ठूलो कुुरा होइन तर त्यसले के विचार पस्कन्छ, त्यो महŒवपूर्ण हो।’
‘हिम्मतले बनेका, लड्खडाउँदै बनेका र प्रसिद्धिका लागि बनेका त्यो पाला र यो पालामा हाम्रा साहित्य र सिनेमा खासै फरक छैन। तर, सुुरुका दिनहरूमा बनेका सिनेमा पपुुल्यारिटीमा बढी ध्यान दिन्थे, आज कथावस्तुुको गम्भीरता बुुझ्ने प्रयास गरिन्छ।’ उपन्यासकार धुु्रवचन्द्र गौतमले नेपाली साहित्य र सिनेमालाई यसरी नै बुुझेका छन्। ‘सायद त्यो समयमा इच्छाशक्ति भए पनि सिनेमा बनाउन उपयुुक्त वातावरण थिएन होला’, उनी भन्छन्। जब नीर शाहले उनको उपन्यास ‘कट्टेल सरको चोटपट’बाट ‘वासुुदेव’ सिनेमा बनाए, गौतम असन्तुुष्ट भएनन्। ‘सिनेमा बनेपछि अरूले दुुःखमनाउ गरे पनि मैले गरिनँ।’ उनलाई लाग्छ, ‘आफ्नो कृतिमाथि सोचेजस्तो सिनेमा बनेनन् भने पनि दुुःख मनाउने ठाउँ छैन। किनकि, जब साहित्यको आत्मा सिनेमाको शरीरमा प्रवेश गर्छ; उसको रूपरंग, चालढाल सबै परिवर्तन हुुन्छ। साहित्य र सिनेमा दुुवै अलग शरीर हुुन्।’
सुुरुआती समयमा साहित्यसँग सिनेमा निकै नजिक थियो। तर, ती हरेक सिनेमा सफल नै हुुन्थे भन्ने ग्यारेन्टी थिएन। यद्यपि सिनेमा बन्न छाडेनन्। दर्शकलाई सिनेमाप्रति चासो बढोस् भन्ने उद्देश्यले त्यति बेलाका सिनेमाहरू बन्थे। किनकि त्यो समय साहित्यप्रति आममानिसको राम्रै झुुकाव थियो।
साहित्यलाई सिनेमाको पर्दामा घुुसाउने आँट नेपालमा नीर शाहबाट नै भएको हो। वासुुदेव, राजमती, वसन्ती, मसान र प्रेमपिण्ड जस्ता नेपाली सिनेमाको पर्दामा आएसँगै अन्य निर्देशकमा साहित्य विधालाई छुुने रहर जागेको हुुनुुपर्छ।
प्रविधिको विकाससँगै किताबमा सीमित अक्षरहरू सिनेमाका पर्दामा देखाउन सम्भव भयो। तर, साहित्य पढिसकेपछि त्यसले हाम्रो मनमस्तिष्कमा छुुट्टै परिवेश जन्मन्छ र ती नितान्त एकल अनुुभूति हुुन्; जुुन सिनेमाको पर्दामा नदेखिन पनि सक्छन्। यसमा निर्देशक नवीन सुुब्बाको धारणा छ, ‘हरेक कुुरालाई ब्ल्याक एन्ड ह्वाइटमा हेर्न मिल्दैन। कुुन कुुरालाई कसरी ग्रहण गर्ने, त्यो महŒवपूर्ण हुुन्छ। साहित्य र सिनेमाको मनोवैज्ञानिक प्रभाव भिन्न हुुन्छ।’
सुुब्बाका अनुुसार नेपाल विकासको प्रारम्भिक चरणमा छ। राजनीतिक, आर्थिक, सामाजिक सबै पक्ष पछाडि पर्ने र सिनेमा जगत् मात्र अगाडि बढ्ने भन्ने हुुन्न। कुुनै ऐतिहासिक कृतिमा आधारित सिनेमा बनाउन खोज्दा ५० वर्ष अगाडिका इतिहास पाउन पनि हामीलाई मुुस्किल छ। प्रविधि र दक्ष जनशक्तिमा पनि तालमेल खासै मिलेको देखिँदैन। भन्छन्, ‘सक्षम कलाकारले कमसल निर्देशकबाट पनि राम्रो काम निकाल्न सक्छन्। यद्यपि नेपाली कलाकारले सोचेजस्तो उपलब्धि हासिल गर्न सकेका छैनन्।’