गुुरु अफ ‘थ्योरी’
त्रिभुुवन विश्वविद्यालयमा आफ्नो ‘क्लास’ पढाएर अरुण गुुप्तो साथीहरूसँग गफ गरिरहेका थिए। सन् ९० को दशकको सुुरुतिर हो, शिक्षक भएर उनी ‘थ्योरी’ पढाउन यहाँ आएका थिए। आफूले बोकेको फोटोकपीरूपी किताब देखाउँदै प्रा. श्रीधर लोहनीले उनलाई भने, ‘यो नोम चोम्स्कीले डेरिडामाथि गरेको समालोचना हो। पढ्छौ ? ’ ‘डिकन्स्ट्रक्सन थ्योरी’मा चासो राख्ने गुुप्तोले पुुस्तक लिँदै भोलि फिर्ता गर्छुु भने। तर, अहिले २० मिनेटभित्र पढेर व्याख्या गर्नुु भन्दै लोहनीले गुुप्तोलाई एउटा क्लासमा थुुनिदिए। उनले एक घन्टा लगाएर समालोचना पढे। यसमा चोम्स्कीले डेरिडाको खरो आलोचना गरेका थिए। चोम्स्कीको आलोचनाले गुुप्तोलाई डेरिडाप्रति झनै आकर्षित गरायो।
त्यति बेला त्रिविमा ‘डिकन्स्ट्रक्सन थ्योरी’ पढाउँथे, गुुप्तो। डेरिडाको बारेमा कसैले आलोचना गर्यो भने सर्टको बाहुुला सुुर्किएर झगडै गर्न तम्सिन्थे। सोही प्रसंग सम्झिँदै अभि सुुवेदी सर बेलाबेलामा उनलाई अझै पनि जिस्क्याउँछन्। मान्छेहरूले नबुुझीकन डिकन्स्ट्रक्सन थ्योरीको बारेमा आलोचना गर्छन् जस्तो लाग्छ उनलाई। हिजोआज उनी डिकन्स्ट्रक्सन थ्योरीका आलोचकहरूलाई गाली गर्दैनन्, बरु मुुस्कुुराउँदै राम्रोसँग पढ्न सुुझाउँछन्।
वर्षौंदेखि विश्वविद्यालयमा सिद्धान्त पढाउँदै आएका र यसप्रति अत्यन्तै लगाव भएका उनी शिक्षक नहुुँदासम्म थ्योरीतिर खासै चासो दिँदैन थिए। ८० को दशकतिर उनले अंग्रेजी, फ्रेन्च साहित्यहरू खुुबै पढे। भन्छन्, ‘१९७७ मा कलकत्ता विश्वविद्यालयमा फ्रेन्च पढ्न गएपछि मैले धेरै पुुस्तक पढेँजस्तो लाग्छ।’ उनले आईए पनि भारतमै पढेका हुुन्। भारतकै सेन्ट एन्ड्र्युुस कलेजबाट ब्याचलर, गोरखपुुरबाट पोलिटिकल साइन्स र अंग्रेजीमा ब्याचलर सकेका हुुन्। त्यहाँ राजनीतिक सिद्धान्तका पुुस्तकहरू पढ्न पथ्र्याे। थ्योरी रमाइलो रहेछ भनेर त यति बेलै बुुझेका हुुन्। रुचि भने जागेको थिएन।
सेन्ट एन्ड्र्युुस कलेजमा ‘ब्याचलर’ सकाएर उनी एमएमा पोलिटिकल साइन्स पढ्न लखनउ विश्वविद्यालयमा भर्ना भए। त्यति बेला भारतमा इन्दिरा गान्धीको विरोधमा आन्दोलन चलिरहेको थियो। त्यसैले एमए नसकाई, एकदुुई महिनामै पढाइ छोडेर उनी घरतिर फर्किए। गुुप्तो भन्छन्, ‘त्यसपछि म बरालिएँ। एक वर्षसम्म गाउँमा फुुटबल खेलेरै बित्यो।’ उनका बाबुुले अर्ति दिन्थे, ‘खेलेर मात्रै हुुँदैन, पढ्नुुपर्छ। ठूलो मान्छे बन्नुुपर्छ।’
त्यसपछि उनी कलकत्तातिर हिँडे, पढाइका लागि। कलकत्ता विश्वविद्यालयमा उनका मावलीपट्टिका हजुुरबुुवा सुुकुुमार सेन इतिहासका प्रोफसर थिए। आफ्नै हजुुरबुुवालाई लामो समयपछि भेटेका थिए उनले। हजुुरबुुवाले उनीसँग कपिलवस्तुु, गौतम बुुद्ध, ‘बुुद्धिजम’का बारेमा सोध्थे। गुुप्तो चुुप हुुन्थे। भन्छन्, ‘केही थाहा भए पो बोल्नुु।’ हजुुरबुुवा आश्चर्य मान्थे, ‘नेपालको भएर पनि बुुद्धिजमबारे थाहा छैन ? ’ त्यसपछि गुुप्तोलाई लाग्यो, ‘मलाई त केही आउँदो रहेनछ। खत्तम विद्यार्थी रहेछुु।’ त्यसपछि उनले धर्म, इतिहासका पुुस्तकहरू खोजीखोजी पढ्न थाले। फुुटबलप्रेमी गुुप्तोको ध्यान खेलकुुदबाट पुुस्तकतिर मोडिएको समय थियो यो। केही कुुरा थाहा भएन भने ‘मलाई किन थाहा छैन’ भन्ने कुुराले उनलाई चिमोट्थ्यो र भेटेसम्मका पुुस्तक पढ्थे। हजुुरबुुवाको सल्लाहबमोजिम उनी कलकत्ता विश्वविद्यालयमा फ्रेन्च साहित्यमा भर्ना भए। भिक्टर ह्युुगो, अल्फ्रेद भिनीका कवितादेखि नाम कहलिएका लेखकका उपन्याससम्म पढ्न थाले। साहित्यमात्र हैन; इतिहास, धर्मका पुुस्तकहरू पनि चाख दिएर पढे। उनी भन्छन्, ‘म कुुनै पनि कुुरामा अनभिज्ञ हुुन चाहन्नथेँ।’
तीन वर्षपछि कलकत्ता पढाइ सकेर उनी नेपाल फर्किए। चार महिनाजति कपिलवस्तुुस्थित घरमै बसे। अनि, उक्लिए काठमाडौं केही सपना बोकेर। यहाँ उनले ‘टुुर एन्ड ट्राभल एजेन्सी’मा काम गरे। ट्राभल एजेन्सीमा काम गर्नुु परेपछि गाइडहरूलाई नेपालको बारेमा बुुझाउनै भए पनि धेरै पढ्नुुपर्ने भयो। ‘त्यति बेला आर्ट र इतिहास धेरै नै पढेँ। नेपालका राजाहरूले गरेका कामदेखि भोगविलासी चरित्रलाई कापीमा लेखेर पढ्थेँ’, गुुप्तो ती दिन रिमाइन्ड गर्छन्, ‘साथीहरू मलाई जिस्क्याएर ‘सेक्सपियर’ भन्थे।’
काम गर्दागर्दै साथी सुुनिल श्रेष्ठले उनलाई आफूसँगै त्रिविमा अंग्रेजी साहित्यमा भर्ना हुुन आग्रह गरे। पढाइ भनेपछि गुुप्तो मक्ख। हिँडे, त्रिवि केन्द्रीय क्याम्पसतिर। फ्रेन्च पढेको मान्छे अंग्रेजीमा कमजोर छ भनेर प्रोफेसर वाईपी शर्माले भर्नै लिन मानेन्। तर, मोहन लोहनीको सिफारिसमा उनले अंग्रेजी साहित्यमा भर्ना हुुने अवसर पाए। त्यसपछि सुुरु भयो उनको सिद्धान्तको यात्रा।
एफआर लिविस, टीएस इलिएटजस्ता लेखकले गुुप्तोलाई आकर्षित गर्न थाले। कोर्समा नयाँनयाँ नाम आउँथे। उनी रिफ्रेन्स खोजीखोजी पढ्थे। दुुईवर्षे एमए सकियो, ‘रोमान्टिसिजम’का हिरो जोन किट्समाथि उनले थेसिस गर्ने विचार गरे। अभि सुुवेदीले ‘स्ट्रक्चरालिजम’माथि लेख्न आग्रह गरे। उनले पहिलोपटक सुुने, स्ट्रक्चरालिजम। ‘ह्वाट डज इट मिन ?’, जिन्दगीमै नसुुनेको विषयमाथि थेसिस लेख्नुुपर्ने कुुराले गुुप्तोलाई झस्कायो। उनको दिमाग रिँगायो। अब भाग्ने कुुरा थिएन, स्ट्रक्चरालिजममाथि लेखिएको र पाएसम्मका किताब पढे। सहयोग गर्ने अभि सर छँदै थिए। यसरी सिद्धान्तमा उनको प्रवेश नै स्ट्रक्चरालिजमबाट भयो।
मास्टर्स सकिएपछि केही समय उनले अस्कल क्याम्पस पढाए। त्यसपछि उनलाई त्रिविमा पढाउन बोलाइयो। यहाँ उनले स्ट्रक्चरालिजम नै पढाउनुुपर्ने भयो। सिद्धान्त पढाउने दुुईजना शिक्षक थिए— सञ्जीव उप्रेती र गुुप्तो। उप्रेती ‘साइकोएनालाइसिस’ र ‘रिडर रेस्पोन्स’ पढाउँथे। नेपालमा भर्खरै आएको थियो, लिट्रेरी थ्योरी। तयारी गर्न किताबको अभाव थियो। केही बुुझिएन भने दौडिएर दुुवैजना श्रीधर सरकहाँ पुुग्थे। गुुप्तो सम्झन्छन्, ‘तयारी गर्न जम्मा तीनवटा किताब थियो। जति पढे पनि नबुुझिने।’
त्रिविमा ‘डिकन्स्ट्रक्सन थ्योरी’ पढाउने गुुप्तो कसैले डेरिडाको आलोचना गर्यो भने सर्टको बाहुुला सुुर्किएर झगडै गर्न तम्सिन्थे।
थ्योरीहरूको एकअर्काेसँग कनेक्सन हुुने भएपछि उनले अरूअरू थ्योरी पनि सिक्नुुपर्ने भयो। स्ट्रक्चरालिजम पढाउँदै गर्दा उनले डिकन्स्ट्रक्सन पनि पढ्न थाले। साइकोएनालाइसिस पनि बुुझ्ने कोसिस गर्दै थिए। फेमिनिजम पनि चाख दिएर पढ्न थाले। जुुलिया क्रिस्टिभा, हेलेन सिक्ससजस्ता फ्रेन्च फेमिनिस्टहरूलाई खुुबै पढे। गुुप्तो भन्छन्, ‘फ्रेन्च फेमिनिस्टहरू त एक प्रकारले डिकन्स्ट्रक्सनिस्ट नै हुुन्।’
उनको पढ्ने तरिका पनि गजबको थियो। ठूलो चार्ट पेपर लिन्थे र कोरेर पढ्थे। त्यति बेला पढेका सामग्रीहरू सुुरक्षित छन् उनीसँग। अहिले पनि कहिलेकाहीँ पल्टाउँछन् र सिद्धान्तको पहिलो पाइलालाई राम्ररी नियाल्छन्।
उनी दिउँसोभरि पनि विश्वविद्यालयको पुुस्तकालयमै हुुन्थे। पुुस्तकालयमा दिनभरि सिद्धान्तकै पुुस्तक पढेर बस्थे। विश्वविद्यालयको वातावरणले नै पढ्नका लागि आफूलाई जागरुक गराएको बताउँछन्, उनी। उनलाई पनि धेरै कुुरा जान्नुुपर्छ भन्ने लागेको थियो। ‘पढेको छुु भनेर शान देखाउन भए पनि पढ्नुुपथ्र्याे’, गुुप्तोले भने। त्यति बेला ७÷१० फिटको चार्ट बनाएर विश्वको थोरबहुुत इतिहास नै उतारेका थिए, उप्रेती र गुुप्तोले।
२८ वर्षसम्म उनले त्रिविमा निर्बाध रूपले पढाए। पढाउँदा पढाउँदै बीचमा फेरि एमए गर्न अमेरिका पनि पुुगेका थिए तर नपढी फर्किए। ‘होमसिक’ले गर्दा उनी अमेरिकामा बस्नै सकेनन्। नेपाल फर्किएर उनले श्रीधर सरमार्फत पेन्टिङ र डिकन्स्ट्रक्सनलाई जोडेर पीएचडी गरे। त्यति बेला अभि सर र गुुप्तो सँगै बस्थे, एउटै घरमा। पहिलापहिला गुुप्तो पेन्टिङलाई वास्ता गर्दैनथे। एक दिन अभि सरले उनलाई साल्भादुुर दालीको पेन्टिङ देखाउँदै भने, ‘हेर त क्या आकर्षक।’ उनले पनि ‘ए हो र ! ठिकै छ’ भन्दै टेबलमा राखिदिएर हिँडे। गुुप्तो नोस्टाल्जिक बन्छन्, ‘पेन्टिङमै पीएचडी गर्ने भएपछि अभि सरले जिस्क्याउँदै भने, मैले पहिले कति राम्रा पेन्टिङ देखाउँथे, तिमी वास्तै गर्दैन थियौ। अहिले यसैमा आइपुुग्यौ।’
पीएचडी सकिएपछि उनको ध्यान ‘कल्चर थ्योरी’तिर जान थाल्यो। थ्योरीका पुुस्तकहरू किन्न प्रायः उनी जमलस्थित ‘मण्डला बुुक हाउस’, ‘एडुुकेसनल बुुक हाउस’ पुुग्थे। पढाएर कमाएको अलिअलि पैसाले किताब किन्न पुुगिहाल्थ्यो। पुुस्तकमा जम्मै पैसा खर्च गरेको भनेर कहिलेकाहीँ श्रीमती सोमा रिसाएजस्तो गर्थिन् तर उनी किनिरहन्थे। पुुस्तक किनेर आउँदा डराई डराई कोठा छिरेको अहिले पनि याद छ उनलाई। उनले एउटा जुुक्ति पनि निकालेका थिए। किताब किनेर ‘गिफ्टेड बाई अरुण गुुप्तो, सोमा’ भनेर लेखिदिन्थे। अब गाली गर्ने कुुरै भएन, किताब पनि आफ्नै। त्यति बेला उनले किनेका अधिकांश किताबमा ‘गिफ्ट टुु सोमा’ लेखिएको छ।
थ्योरीको बारेमा जानकारी हुुन थालेपछि उनले साहित्यका पुुस्तकहरू पनि पढ्न थाले। साहित्यमाथि थ्योरीको प्रयोग गर्न थाले। थ्योरीले कवितालगायत साहित्यका अन्य विधाको सुुन्दरतालाई बिगार्यो भनेर बेलाबेलामा आलोचना हुुने गर्छ। यो कुुरा गुुप्तोलाई पटक्कै मन पर्दैन। ‘हरेक विषयलाई व्याख्या गर्ने बाटो देखाइदिन्छ थ्योरीले’, उनले भने, ‘थ्योरी भनेको विचार हो। तपाईंले विचार नपढेर हुुन्छ ? ‘न्यारो माइन्ड’ भएकाहरूले मात्रै भन्ने हो थ्योरीले साहित्यक विधा बिगार्यो भनेर।’ कविता बुुझ्न सिद्धान्तको महŒवपूर्ण भुुमिका रहने उनको ठम्याइ छ। उनको तर्क छ, ‘जब कविता पढाउन कक्षामा गइन्छ। कविता अहा क्या राम्रो छ भनेर मात्र हुुन्छ ? ‘सिमिली’ र ‘मेटाफर’ मात्र बुुझ्ने ? यसको व्याख्याचाहिँ कसले गरिदिन्छ ? त्यसका विभिन्न पाटाका बारेमा बुुझ्नुु परेन ? सीमिततामा कविता बुुझिँदैन। कवितालाई बन्धनमा राख्नुु ठीक हैन।’ थ्योरीको विरोध गर्नुु भनेको युुनिभर्सिटीकै विरोध भएको ठान्छन् उनी।
युुनिभर्सिटीमा पहिलेको तुुलनामा अहिले थ्योरीप्रति रुचि राख्नेहरू बढेको देख्छन्, गुुप्तो। रुचि भए पनि ‘ओरिजिनल टेस्ट’ पढ्नेको संख्या भने खस्किएजस्तो देख्छन्। अहिलेका पाठकहरूको मुुख्य कमजोरी पनि यही देख्छन् उनी। भन्छन्, ‘अहिले ‘फेसनेबल इन्ट्रेस्ट’ बढेको छ।’ थ्योरी पढ्दा÷पढाउँदा परम्परागत रूपबाट आउनुुपर्छ भन्ने उनको बुुझाइ हो। ‘लिंग्विस्टिकदेखि आउनुुपर्छ। अहिले आधार थाहा नभएका शिक्षक पढाइरहेका छन्’, उनले भने, ‘अनलाइनदेखि गुुगलले बिगारिदियो। एन्थोलोजी पढेर मात्र हुुँदैन, बरु लेखकको वास्तविक किताब नै पढ्नुुपर्छ।’
सिद्धान्तमा विद्यार्थीको रुचि बढे पनि विश्वविद्यालयहरू अनुुसन्धानमा कमजोर रहेको उनको तर्क छ। एकातिर रिसर्च हुुँदैन, अर्कातिर सिद्धान्तका किताबहरू लेखिँदैनन्। केही समयअघि सञ्जीव उप्रेतीले ‘सिद्धान्तको कुुरा’ बजारमा ल्याए। यसैगरी थ्योरीमा प्रशस्त काम भयो भने मात्रै विश्वविद्यालयहरू पनि बलियो हुुने बताउँछन्। अहिले उनी ‘साउथ एसिया स्टडी’मा लागेका छन्, जसले विभिन्न विषयमा अध्ययन अनुुसन्धान र पुुस्तक प्रकाशनको काम गरिरहेको छ। साउथ एसिया स्टडीकै लागि भनेर गायत्री चक्रवर्ती स्पिभाक सन् २०११ मा नेपाल आएकी थिइन्, उनै गुुप्तोको प्रस्तावमा। त्यसयता उनी पटकपटक गुुप्तोकै अनुुरोधमा ‘आयसर’ कलेज आइपुुगेकी छन्।
सन् २०११ तिर गुुप्तो लगायतले एसियाको सैद्धान्तिक पक्षलाई हेर्दै थिए। एक दिन श्रीधर सरले गुुप्तोलाई सुुझाव दिए, ‘स्पिभाकालाई बोलाएर एसिया अध्ययन÷अनुुसन्धानमाथि कार्यक्रम गर।’
स्पिभाक जस्तो ‘थ्योरिस्ट’ले आफ्नो ईमेल पढ्लिन् भनेर गुुप्तोलाई पटक्कै विश्वास थिएन। उनले ईमेल लेख्नुुभन्दा पहिले स्पिभाकले लेखेको ‘मुुभिङ देवी’ लाई खुुबै पढे। त्यति बेला नेपालमा पशुुपतिको मूल भट्टलाई लिएर विवाद चलिरहेको थियो। रातिको झन्डै १२ बजेको हुुँदो हो। गुुप्तोले मुुभिङ देवीलाई जोडेर केही कुुरा लेखे र ईमेल पठाए स्पिभाकलाई। ईमेल पठाएर पढ्नमै व्यस्त भए उनी। एकछिनपछि स्पिभाकको ईमेल रिप्लाई आउँदा खुुसीले उफ्रिए। भन्छन्, ‘म त मध्यरातमा झन्डै चिच्याएको थिएँ।’ त्यसपछि लगातार ईमेल हुुन थाल्यो, दुुई जनाको। एक दिन उनले आफूहरूले गर्न लागेको कार्यक्रमका बारेमा जानकारी दिँदै नेपाल आइदिन आग्रह गरे। स्पिभाकले पनि ‘ओके’ भन्दै रिप्लाई गरिन्। गुुप्तो मक्ख। ‘युुनिभर्सिटी प्रोफेसर’सँग संवाद हुुँदाको त्यो पल गुुप्तो वर्णनै गर्न सक्दैनन्। स्पिभाक कोलम्बिया युुनिभर्सिटीकी ‘युुनिभर्सिटी प्रोफेसर’ हुुन्। उनले डेरिडाको थ्योरीलाई अनुुवाद गर्नुुका साथै ‘पोस्टकोलोनियल लिट्रेचर’मा काम गरिरहेकी छन्।
गुुप्तो अहिले साउथ एसियामाथि सिद्धान्तको पुुस्तकमै काम गरिरहेका छन्। २०१८ मा प्रकाशित गर्ने सोच बनाएका छन्। अध्ययन अनुुसन्धानमा प्रशस्तै काम हुुनुुपर्छ भन्ने उनको विचार हो। त्यसैले बारम्बार विश्वविद्यालयको चरित्रलाई लिएर प्रश्नसमेत उठाउँछन् उनी। विश्वविद्यालयले नै अनुुसन्धानमा चाख नदिएको बताउँछन्।
विश्वविद्यालय आउनेहरूलाई पनि उनको सुुझाव छ। ‘युुनिभर्सिटी भनेको पढ्नेलेख्ने ठाउँ हो। त्यहाँ विचार पढिन्छ अर्थात् सिद्धान्त पढिन्छ’, उनले भने, ‘तपाईंलाई विचार नै मन पर्दैन भने युुनिभर्सिटी किन आउनुुहुुन्छ ? विचार भनेको डेरिडा, फुुको मात्र हैन।’