कविता : घाम
सेन्डो र लुुुुंगीमा खुुुुम्चिन्छ समय,
एउटा लमतन्न परेको फराकिलो एकांकीमा
सुुुुस्ताउँछ दिन,
मिराजले छुुुुट्याएको सडकमा
ऊ बयल कुुुुदाउँछ।
उसको घाम,
उखुुुुबारीमा उदाउँछ
उखुुुुबारीमै अस्ताउँछ।
एक निमेशमा क्षितिज भेट्छ।
छेक्न न डाँडा आउँछ,
न पहाड आउँछ,
सातुुुुको धुुुुलोमा घोलिन्छ दिन,
ऊ दिनको रापमा पसिना सुुुुकाउँछ।
भाग्यको भारी बोकेर
उस्लाई छिटीले हाट पुुुुर्याउँछ।
न डोको आउँछ,
न डालो आउँछ,
बचेकुुुुचेका सपना कुुुुल्चिँदै,
उस्लाई छिटीले नै घर पुुुुर्याउँछ।
उसको घाम
उखुुुुबारीमा उदाउँछ।
उखुुुुबारीमै अस्ताउँछ।
ऊ कहिले नारा गाउँदैन
न भाषण सुुुुनाउँछ।
घण्टी नभएको साइकलसँग
मौन संवाद गरिरहन्छ,
न विरोधमा बोल्छ
न समर्थनमा हात हल्लाउँछ।
उसको घाम,
उखुुुुबारीमा उदाउँछ,
उखुुुुबारीमै अस्ताउँछ।।