पुुनर्जीवन पाएकी प्रज्ञा
विमान परिचारिका प्रज्ञा महर्जनको त्यो दिनको पाँचौं उडान थियो, त्यो। शनिबार, २०७४ जेठ १३ गते। उडान सकेर बेलुुकी घरमा खाना खाने सोच बनाएकी उनी लुुक्लातर्फ उडिन्। मौसम सामान्य थियो। गोमा एअरलाइन्सको नाइन एन एके वाई (याङ्की) जहाज अवतरण गर्ने तयारीमा थियो तर अचानक धावनमार्गभन्दा ५० मिटर तलको भीरमा जहाज ठोक्कियो।
दिउँसो १ बजे कार्गो लिएर उडेका क्याप्टेन पारसकुुमार राई र कोपाइलट सृजन मानन्धर त्यो दुुर्घटनामा बाँच्न सकेनन्। वेगमा अवतरण हुुँदा भाग्यवश जोगिएकी प्रज्ञाको अवस्था सामान्य थिएन। वर्ष दिनअघि दुुर्घटनाबाट पुुनर्जीवन पाएकी प्रज्ञा हाल एक महिनादेखि ओछ्यान छाडेर समान्य हिँडडुुल गर्नसक्ने भएकी छन्। दुुवै हात, दायाँ खुुट्टा र मेरुदण्ड भाँचिएर उपचारसँगै हाल थेरापी र व्यायाम गर्दै आराममा छिन् उनी। निहुुरिन हँुुदैन, सामान्य गह्रौं वस्तुु उचाल्न सक्दिनन्। बल गरेर दैनिक सय मिटरसम्म बैसाखी टेक्दै हिँडेर शरीरलाई पहिलेकै अवस्थामा ल्याउने प्रयासमा छिन् उनी।
दुुई वर्षअघि तालिम सकेर काम थालेकी प्रज्ञाको विमान परिचारिकाको पहिलो अनुुभव पनि लुुक्ला विमानस्थल नै थियो। लुुक्ला विमानस्थल अप्ठ्यारो मानिन्छ। तर, दैनिक पाँचपटकसम्म लुुक्ला अवतरण गर्ने हुुनाले त्यो विमानस्थल उनलाई सामान्य लाग्थ्यो। बैसाखीको साथ कहिले छुुट्ने हो, उनलाई थाहा छैन। तर उनले हरेश खाएकी छैनन्। भन्छिन्, ‘फेरि विमान परिचारिका नै भएर काममा फर्कने सोचमा छुु।’
स्पाइन सर्जरी डा. विनोद बिजुुक्छे र हात खुुट्टाको शल्यक्रिया डा. चक्रराज पाण्डेबाट भएर प्रज्ञा निरन्तर फलोअपमा छिन्। वर्ष दिनपछि प्रज्ञाले काम गर्न मिल्ने डा. पाण्डेले भनेका छन्। ‘समिट एअरलाइन्स (तत्कालीन गोमा)ले काम गर्ने मौका दिने भन्दै बोलाएको छ, म चाँडै नेपाली आकाशमा उड्छुु’, उनले भनिन्, ‘परिचारिका मात्र हैन, पाइलट बनेर जहाज उडाउने लक्ष्य छ।’
सँगैका दुुई सहयात्रीलाई सदाका लागि गुुमाउनुुको पीडाले अझै पनि उनलाई पिरोल्छ। तर, भविष्यमा काम गर्ने आँट कति पनि गुुमेको छैन। प्रज्ञा भन्छिन्, ‘परिचारिका बन्नुुअघि आपत्कालीन व्यवस्थापनको तालिम लिएँ तर दुुर्घटनामा कसैको केही लाग्दो रहेनछ।’
०००
दुुर्घटनाका दिन बेलुुका प्रज्ञाका आमाबुुवा दुुवै अफिसको विश्वकर्मा पूजा सकाएर कीर्तिपुुरस्थित घरमा भोज खाँदै थिए। अचानक छिमेकीले फोन गरेर टीभीमा दुुर्घटनाको समाचार हेरेको खबर गरे। खबरपछि बेहोश भएकी प्रज्ञाकी आमालाई सम्हाल्दै थिए उनका बा ईश्वरमान। तर, लगत्तै फोन बज्यो। प्रज्ञाको आवाज थियो, ‘बाबा म सन्चै छुु।’ उद्धारमा संलग्न टासी शेर्पाले मौसमी खराबीका कारण प्रज्ञालाई ल्याउन ढिला हुुने जानकारीसमेत दिए। परिवारले त्यो रात झिमिक्क नगरी कटायो। अर्को दिन हेलिकोप्टरबाट उनलाई ग्रान्डी अस्पतालमा ल्याएर भर्ना गरियो।
दुुर्घटनामा जहाज पूरै क्षतविक्षत भएको तस्बिर हेरेर उनी भक्कानिन्छिन्, ‘म कसरी पो बाँचे हुुँला ? ’ तर, प्रज्ञाले अझै पनि विमान परिचारिका पेसामै फर्कने अठोट लिइरहँदा उनका परिवारका सदस्यले आश्चर्य मान्ने गरेका छन्।
दुुर्घटनामा जहाज पूरै क्षतविक्षत भएको तस्बिर हेरेर उनी भक्कानिन्छिन्, ‘म कसरी पो बाँचे हुुँला ? ’ तर, प्रज्ञाले अझै पनि विमान परिचारिका पेसामै फर्कने अठोट लिइरहँदा उनका परिवारका सदस्यले आश्चर्य मान्ने गरेका छन्। अझ आमा गुुलाफको त सहमति नै छैन, यो पेसममा। गुुलाफले भनिन्, ‘मेरी एक्ली छोरी, मैले त पहिलेदेखि नै छोरीलाई यस्तो डरमर्दो काम नगर भन्दै आएकी छुु तर मान्दै मानिन।’ उता बुुवा ईश्वरमान हौसला बढाउँछन्, ‘छोराछोरीलाई उनीहरूको इच्छामा बाँच्न दिनुुपर्छ। मर्न नै लेखेको रहेछ भने त दलिनमै ठेस लागेर पनि मरिन्छ।’
भेस्नाजस्तै बन्ने अठोट
सन् १९७२ मा सर्वियाबाट चेकोस्लोभाकिया उडेको प्लेन दुुर्घटनामा परेको थियो। डोलास डीसी–९ मा रहेका सम्पूर्ण यात्रुुसहित चालकदलको निधन भयो तर भाग्यवश २१ वर्षकी परिचारिका भेस्ना भुुलोभिकका जीवित रहिन्। ३३ हजार फिट माथिबाट झरेर पनि बाँच्न सफल बनेकी भेस्नाले गिनिज बुुकमा नाम लेखाइन् र उनी पुुनः परिचारिका बनेर काममा फर्किएकी थिइन्। साहसी प्रज्ञाले पनि भेस्नाजस्तै बन्ने अठोट लिएकी छन्।
विसं २०५२ मा जन्मिएकी प्रज्ञाले कालीमाटीको बर्नहार्ट कलेजबाट प्लस टू गरेपछि तीनमहिने एभिएसन तालिम पूरा गरेकी थिइन्। हाल मंगल बहुुमुुखी क्याम्पस कीर्तिपुुरबाट स्नातक गर्दैछिन्।
प्रज्ञा सानैदेखि जिद्दीवाल थिइन्। त्यसैले आमाले नमान्दा पनि आफ्नो जिद्दी छाडेकी छैनन्। उनका विमानपरिचारिका साथी किकोस थापाले पनि जीवनलाई बुुझ्न र जिउन उत्साह दिँदै काम छाड्नुु हँुुदैन भनेर ढाडस दिइरहेका छन्।
जहाज दुुर्घटना भइरहन्छ, डर लाग्दैन ? धेरैले सोध्ने प्रश्न थियो प्रज्ञालाई। केही वर्षअघि मात्र कीर्तिपुुरनिवासी उनको साथीकी दिदी विमान परिचारिका मुुना महर्जनको नेपाल एअरलाइन्सको विमान दुुर्घटनामा मृत्युुभएको थियो। त्यसैले यो प्रश्न अझ बाक्लिएको थियो। लुुक्लामा उडान भर्नुुपर्ने भनेपछि उनी मात्र हैन, अन्य साथी पनि केही शंकालुु बन्ने गर्थे। तर, प्रत्येक दिन लुुक्ला जानुुको विकल्प थिएन। सबैभन्दा बढी जहाज दुुर्घटना पनि लुुक्लामै भएको तथ्यांक छ। लुुक्लामा हालसम्म नौपटक जहाज दुुर्घटना भएको छ।
दुुर्घटनापछि उद्धारमा खटिएका लुुक्लाका टासी शेर्पाले भने, ‘प्रज्ञाको भाग्य बलियो रहेछ। उनी दुुर्घटनामा परेको विमान सामान्य थिएन, दुुई सहयात्रीलाई गुुमाएर उनी मात्रै बाँच्नुु संयोग हो।’