प्रदेश स्तरीय खुल्ला लोक दोहोरी गित प्रतियोगिता सुरु

प्रदेश स्तरीय खुल्ला लोक दोहोरी गित प्रतियोगिता सुरु

 सन्धिखर्क ः अर्घाखाँचीको सन्धिखर्कमा पाँच नम्वर प्रदेश स्तरीय खुल्ला लोक दोहोरी गित प्रतियोगिता सुरु भएको छ। अर्घाखाँची कलाकार समाज काठमाण्डौको आयोजनामा आजबाट सुरु भएको प्रदेश स्तरीय खुल्ला दोहोरी गित प्रतियोगितामा प्रतियोगितामा ५ नम्बर प्रदेशका विभिन्न जिल्लाका १२ टिमको सहभागिता रहेको छ ।  प्रतियोगिता आइतबार सम्म सञ्चालन हुने छ  ।


अर्घाखाँचीमा रहेका लोक तथा सास्कृतिक विशेषतालाई देश तथा विदेशमा चिनाउन र जिल्लामा रहेका कला र गलाको सम्मान गर्न लोक दोहोरी गित प्रतियोगिताको आयोजना गरिएको आयोजक अर्घाखाँची कलाकार समाज काठमाण्डौका अध्यक्ष मधुसुदन बन्जाडेले बताए।

प्रतियोगिताको उद्घाटन गर्दै पुर्व उपप्रधानमन्त्री  टोपबहादुर रायमाझीले कलासंस्कती समाजको महत्वपुर्ण अंग भएकोले यसको संरक्षणको लागि ध्यान दिनुपर्ने बताए । इतिहासको जगमा टेकेर लोकसंस्कृतिको विकास गर्नु आजको आवश्यकता भएको बताउदै सांसद रायमाझीले देशको विकास र समृद्धिको लागि सबै एकजुट हुनुपर्ने बताए।

प्रदेश सांसद चेतनारायण आचार्यले कलासंस्कृतीको माध्यमबाट जिल्लालाई चिनाउन यसप्रकारको कार्यले महत्वपुर्ण भूमिका खेल्ने बताए ।  ।  प्रदेश सांसद रामजी घिमिरेले लोकसंस्कृतीको नाममा विकृति फैलाउन नहुने कुरामा जोड दिए।
कार्यक्रममा प्रदेश सांसद निर्मला क्षेत्री, जिल्ला समन्वय समितिका प्रमुख पिताम्बर भुसाल, सन्धिखर्क नगरप्रमुख कमलप्रसाद भुसाल लगायतले मनतब्य राख्दै कला संस्कृतिको माध्यमबाट जिल्लालाई देशविदेशमा चिनाउन सहयोग पुग्ने भन्दै यसको विकासमा लाग्नुपर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.