किमको अर्को कदम: दक्षिणका राष्ट्रपतिलार्इ फेरि भेटे, दुर्इ घण्टा वार्ता
सियोल: उत्तर कोरियाली नेता किम जोङ्ग उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच शनिवार दोस्रो पटक भेटवार्ता भएको छ ।
दुर्इ नेताबीच सीमास्थित असैन्य क्षेत्रमा भेटवार्ता भएको हो । दक्षिण कोरियाको राष्ट्रपति भवनका अनुसार दुवै नेताले सीमास्थित पन्मुन्जोम गाउँमा करिब २ घण्टासम्म वार्ता गरेका छन् ।
भेटका क्रममा आपसी सम्बन्ध बढाउने विषयमा सम्बाद भएको थियो । दुर्इ दिनअघि मात्रै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्र पठाएर १२ जुनमा किम जोङ्गसँ हुने शिखर बैठकलार्इ रद्द गरेका थिए । यस्तोमा किम र मुनबीच एक महिनाभित्र दोस्रो वार्तालार्इ अहम मानिएको छ।
दक्षिण कोरियाको तर्फबाट जारी गरिएको विज्ञप्तिमा भेटवार्ताको जानकारी दिइएको छ। यसमा दुवै नेताले आपसमा पन्मुन्जोम घोषणापत्रका लागि गरिएको घोषणालार्इ कार्यान्वयन गर्नेबारे वार्ता गरेका थिए ।
अघिल्लो महिना मात्रै यी दुर्इ नेताबीचको भेटवार्ताका क्रममा कोरिया प्रायद्वीपको एकता, परमाणु कार्यक्रम बन्द गर्ने र शान्तिका लागि सम्झौता भएको थियो । यसलार्इ नै पन्मुन्जोम घोषणापत्र नाम दिइएको छ।
राष्ट्रपति कार्यालयबाट जारी गरिएको सन्देशमा किम र मुनबीच उत्तर कोरिया र अमेरिकाबीच हुने भनिएको वार्ताबारे पनि कुराकानी भएको छ। तर यसबारेमा विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।
बिहीबार मात्रै ट्रम्पले किमसँग जुन १२ मा सिंगापुरमा हुने भनिएको शिखर बैठक रद्द गर्ने घोषणा गरेका थिए । उनको यस निर्णयप्रति उत्तर कोरियाले निराशा व्यक्त गरेको थियो । उत्तर कोरियाका विदेश मन्त्रीको तर्फबा६ जारी विज्ञप्तीमा जनाइए अनुसार किम कुनै पनि हालतमा ट्रम्पसँग वार्ताका लागि तयार थिए ।
बुधवार उत्तर कोरियाले एकमात्रै परमाणु परीक्षणस्थल बन्द गरेको जनाएको थियो । यसलार्इ देखाउनका लागि विश्वभरका धेरै वैज्ञानिक र पत्रकारलार्इ पनि बोलाइएको थियो ।
उत्तर कोरियाको यो कदमपछि ट्रम्पले शुक्रवार एक पटक फेरि किमसँग वार्ताको सम्भावना जीवितै रहेको बताएका थिए । उनले उत्तर कोरियालार्इ राम्रो व्यवहारका लागि प्रशंसा पनि गरेका थिए ।