च्याम्पियन्स लिग: लिभरपुल र रियल मड्रिडबीच उपाधि भिडन्त, को बलियो ?

च्याम्पियन्स लिग: लिभरपुल र रियल मड्रिडबीच उपाधि भिडन्त, को बलियो ?

किभ: युएफा च्याम्पियन्स लिगको फाइनल भिडडन्त नेपाली समयानुसार शनिबार मध्यराति रियाल मड्रिड र लिभरपुलबीच हुँदैछ । दुवै टिम ३७ वर्षपछि च्याम्पियन्स लिगको फाइनलमा भिड्न लागेका हु्न् । 

यी दुर्इ क्लबबीच पछिल्लो पटक सन् १९८१ मा फाइनल भिडन्त भएको थियो, जसमा लिभरपुलले १-० ले बाजी मारेको थियो । यो सिजनको च्याम्पियन्स लिगमा अहिलेसम्म १२४ खेल भइसकेका छन् । र, जम्मा ३९७ गोल पनि भइसकेका छन् । यो सिजन हरेक २८ मिनेटमा एक गोलको रेकर्ड बनेको छ । 

रोनाल्डो र मोहम्मद सलाहको भिडन्त 

यो फाइनल खेलमा सबैको नजर रियल मड्रिडका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका मोहम्मद सलाहमाथि पर्ने पक्का पक्की छ । 

रोनाल्डोले यस सिजनको च्याम्पियन्स लिगमा १५ र सलाहले १० गोल गरिसकेका छन् । इजिप्टका सलाहलार्इ यस सिजनमा इङ्लिस प्रिमियर लिग फुटबलर फ द र्इयरको अवार्ड पनि दिइएको छ । रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा रहँदा सन् २००७-२००८ को सिजनमा यो अवार्ड जितेका थिए । 

रोनाल्डो भर्सेज सलाह

खेलाडी     खेल     गोल     एसिस्ट     पासिङ्ग एक्यूरेसी     मैदानमा समय
रोनाल्डो १२   १५ २               ८८ प्रतिशत         १०८० मिनेट
सलाह १२ १० ७६ ८९९ मिनेट

 

रोनाल्डोलार्इ अर्को अवसर 

पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले अहिलेसम्म १५६ च्याम्पियन्स लिग खेल खेलिसकेका छन् । फाइनल म्याच खेलेपछि रोनाल्डोले बार्सिलोनाका स्पेनिस फुटबलर जाभी हर्नान्डेजको कीर्तिमानलार्इ पनि उनले बराबरी गर्नेछन् । जाभीले १५७ खेल खेलेका छन् । सबैभन्दा धेरै १७१ खेलको रेकर्ड रियल मड्रिडकै स्पेनिस गोलकिपर इकर क्यासिलासको नाममा छ ।

खेलाडी देश खेल
इकर क्यासिलास स्पेन १७१
जाभी हर्नान्डेज स्पेन १५७
क्रिस्टियानो रोनाल्डो पोर्चुगल १५६
रायन गिग्स वेल्स १४४
राउल गोन्जालेज स्पेन १४४

 

रियल मड्रिड उपाधिमा अगाडि

रियाल मड्रिड अहिलेसम्म १५ पटक च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफल भएको छ ।  जसमा १२ उपाधि जित्दै सर्वाधिक उपाधिको रेकर्ड रियलले बनाएको छ। दोस्रो नम्बरमा इटालियन क्लब एसी मिलान रहेको छ, जसले ११ पटक फाइनलमा पुगेर ७ पटक उपाधि उचालेको छ। 

क्लब फाइनल खेल उपाधि सक्सेस रेट
रियल मड्रिड १५ १२ ८० प्रतिशत
एसी मिलान १२ ६३.६३ प्रतिशत
लिभरपुल ७१.४२ प्रतिशत
बार्सिलोना ६२.५ प्रतिशत
बायर्न म्युनिखध १० ५० प्रतिशत

 

सबैभन्दा धेरै गोल ६१ देखि ७५ मिनेटको बीचमा

यो प्रतियोगितामा अहिलेसम्म सबैभन्दा धेरै ७१ गोल ६१ देखि ७५ मिनेटको बीचमा भएका छन्। त्यसपछि ७६ देखि ९० मिनेटको बीचमा ६८ गोल भएका छन् । सबैभन्दा कम ४ गोल ४५ मिनेटदेखि हाफ टाइमबीचको समयमा भएका छन् । 

जिदानको प्रशिक्षणमा अपराजित रियल 

रियाल मड्रिडले जिनेदिन जिदानको प्रशिक्षणमा कुनै फाइनल हारेको छैन । सन् २०१६ मा जिदान प्रशिक्षक बनेपछि रियालले दुर्इ पटक च्याम्पियन्स लिग, दुर्इ सुपर कप, दुर्इ फिफा क्लब विश्वकप जितिसकेको छ। उता लिभरपूल जुर्गेन क्लोपको प्रशिक्षणमा ६ मा ५ वटा फाइनलमा पराजित भएको चाखलाग्दो रेकर्ड छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.